काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोसी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःनिर्माणका लागि १३ करोड रुपैयाँ सहयोग गरेका छन्।
Advertisement
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
मन्त्री श्रेष्ठले विपद्का बेला ऊर्जा उद्यमीहरूले गरेको सहयोग प्रशंसनीय रहेको भन्दै जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिमलाई ध्यानमा राखेर जलवायु अनुकूल संरचना निर्माणमा जोड दिनुपर्ने बताए।
अध्यक्ष डाँगीले भोटेकोसी बाढीपहिरोबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएको जानकारी दिँदै पीडितलाई राहत पुर्याउन सहयोग गरिएको बताए। इप्पानले प्रभावित आयोजनाको उद्धारका लागि प्राविधिक सहयोगसमेत गर्दै आएको जनाएको छ।
