राष्ट्रिय सभाबाट रसुवा बाढीसम्बन्धी विशेष प्रस्ताव पारित
राष्ट्रिय सभाबाट रसुवा बाढीसम्बन्धी विशेष प्रस्ताव पारित
तपाईको प्रतिक्रिया
काठमाडौं, भदौ १६ । राष्ट्रिय सभाले रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको प्रस्तावमा मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावितको उद्धार, राहत र घाइतेको निःशुल्क उपचारलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराइएको छ।
प्रस्तावमा शव व्यवस्थापन, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा तहगत सरकारबीच समन्वय तथा विपद् प्रभावितलाई सहयोग गर्न स्थानीय समुदाय, नागरिक समाज र विकास साझेदारलाई अपिल गरिएको छ। साथै, भविष्यमा यस्ता विपद् रोकथाम तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ।