• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

देवीघाट, त्रिशूली बजार र बेत्रावतीमा तीन बेलिब्रिज जडान गरिँदै


  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सडक विभागले नुवाकोटका देवीघाट, त्रिशूली बजार र बेत्रावती गरी तीन स्थानमा तत्काल बेलिब्रिज जडान गर्न लागेको छ ।

    Advertisement

    गत भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङका ३५ ओटा पुल बगाएपछि तत्काल यी स्थानमा बेलिब्रिज जडान गर्न लागिएको हो ।

    महाशाखाका प्रमुख ललिजन खनालका अनुसार यी तीनोटै स्थानमा करिब ४८ मिटर लम्बाइका पुल आवश्यक पर्ने देखिएको छ ।

    ‘यी तीनोटै स्थानमा ५० मिटरभन्दा साना, करिब ४८ मिटरका पुल चाहिएका छन्’ उनले भने– ‘यी ठाउँमा तत्कालै काम अघि बढाउँछौँ । शिवपुर डिभिजन र हेटौँडाबाट सामान ट्रान्सपोर्ट हुन्छ, जहाँबाट नजिक पर्छ, त्यहीँबाट सामान ढुवानी गर्दै बनाउँदै जान्छौँ ।’

    यी पुलका लागि आवश्यक सामग्री शिवपुर तथा हेटौँडा डिभिजनबाट ढुवानी सुरु भइसकेको छ । साथै नजिक पर्ने डिभिजनबाट अन्य सामान ओसारेर छिटोभन्दा छिटो जडान सम्पन्न गरिने खनालले जानकारी दिए ।

    महाशाखाका प्रमुख खनालका अनुसार बाटोमा विस्तारै पहुँच बढेअनुसार क्रमश: बेलिब्रिज लगाइनेछ ।

    उनले भने– ‘हामीसँग ५० मिटरसम्म लम्बाइका १० ओटाजति बेलिब्रिज छन् । त्यसलाई प्राथमिकताका आधारमा प्रयोग गर्छौँ । ५० मिटरभन्दा ठुलो पुल चाहिने ठाउँमा नेपाली सेनासँग ७३ मिटरका तीनोटा बेलिब्रिज छन् भन्ने जानकारी प्राप्त भएको छ । अहिले नभई नहुने ठाउँमा मात्र तत्काल बेलिब्रिज चलाउँछौँ ।’

    विभाग र सेनासँग १३ बेलिब्रिज स्टक

    हाल सडक विभागसँग ५० मिटरसम्म लम्बाइ भएका १० ओटा बेलिब्रिज मौज्दात छन् । ५० मिटरभन्दा लामो पुल आवश्यक पर्ने स्थानका लागि भने नेपाली सेनासँग समन्वय गरिएको छ । सेनासँग ७३ मिटर लम्बाइका तीनोटा बेलिब्रिज उपलब्ध रहेको जानकारी प्राप्त भएको खनालले जानकारी दिए ।

    दरभाउ मागेर तत्काल काम

    आपत्कालीन परिस्थिति भएकाले नियमित लामो ठेक्का प्रक्रियामा नगई परियोजना कार्यालयमार्फत सार्वजनिक रूपमा दरभाउ (रेट) माग गरिएको छ । प्राप्त प्रस्तावको मूल्याङ्कन गरी उपयुक्त पक्षलाई तुरुन्त जडानको जिम्मा दिइनेछ ।

    प्रमुख खनालले भने– ‘अहिले नियमित ठेक्का प्रक्रियामा जाने समय छैन । हाम्रो प्रोजेक्ट अफिसले सार्वजनिक रूपमै रेट मागेको छ । रेट हेरेर उपयुक्त हुनेलाई जिम्मेवारी दिइनेछ । यसका लागि लाग्ने बजेट तत्काललाई सडक विभागकै आन्तरिक स्रोतबाट मिलाउँछौँ । बाँकी क्षतिग्रस्त पुलको दीर्घकालीन पुनर्निर्माणका लागि भने मन्त्रिपरिषद्को आकस्मिक बजेटसम्बन्धी निर्णयपछि प्रक्रिया अघि बढ्छ ।’

    अन्य क्षतिग्रस्त पुलको दीर्घकालीन पुनर्निर्माण तथा प्रतिस्थापनका लागि भने मन्त्रिपरिषद्को आकस्मिक बजेटसम्बन्धी निर्णयपछि थप प्रक्रिया अघि बढाइने खनालले बताए ।

    बगेका अन्य ३२ पुल कुन कुन हुन् ?

    सडक विभागअनुसार रसुवा, नुवाकोट र धादिङका गरी ३२ ओटा पक्की तथा बेलिब्रिज बाढीले बगाएको छ ।

    रसुवाका १३ ओटा पुल तथा बेलिब्रिज बगेका छन् । रसुवाको मितेरी पुल (रसुवागढी), टिमुरे बेलिब्रिज–१ र टिमुरे बेलिब्रिज–२, चिलिमेस्थित भोटेकोशी पुल (पक्की), चिलिमे खोला पुल (पक्की), स्याफ्रुबेसी हाइड्रोपावर बेलिब्रिज र स्याफ्रुबेसी पक्की पुल, हाकु–१ र हाकु–२ बेलिब्रिज (त्रिशूली), माथिल्लो त्रिशूली हाइड्रोपावर बेलिब्रिज, मैलुङ बजारस्थित मैलुङ बेलिब्रिज, त्रिशूली ३–ए ड्याम नजिकका त्रिशूली नदी पुल १ र २ गरी १३ ओटा पुल तथा बेलिब्रिज बगेका छन् ।

    नुवाकोटमा १५ ओटा पुल बगाएको छ । त्यसमा भोक्टेकोशी/खल्टे पुल, बेत्रावती पुरानो पुल (७० मि) र बेत्रावती नयाँ पुल (७० मि), तुप्चेस्थित त्रिशूली नदी पुल (१०० मि), त्रिशूली बजार पुरानो पुल (६० मि) र नयाँ पुल (६० मि), सिमचौरस्थित त्रिशूली नदी पुल (१०० मि), देवीघाट जलस्रोत तथा सिँचाइ डिभिजन नजिकको झोलुङ्गे पुल, मध्यपहाडी लोकमार्गअन्तर्गत देवीघाट नजिकको त्रिशूली नदी पुल, तादी खोला पुल–देवीघाट पुरानो (५५ मि) र नयाँ (५५ मि), खड्गभञ्ज्याङ–श्रीखली सडकको त्रिशूली नदी पुल (१८० मि), बुद्धसिंहघाट त्रिशूली नदी पुल (१८० मि), रातमाटे त्रिशूली नदी पुल (१५० मि) र केउरिनी–फोस्रेटार त्रिशूली नदीका पुल छन् ।

    धादिङमा चारोटा पुल बगेका छन् । त्यसमा बैरेनी–स्यालटार सडक पुल (१५० मि), जरेबगैँचा त्रिशूली नदी पुल (१२० मि), घाटबेँसी त्रिशूली नदी पुल (२०० मि) र फुर्केखोला त्रिशूली नदी पुल, मलेखु (१२० मि) पूर्ण रूपमा बगेका छन् ।

    त्यस्तै बाढीले पूर्ण रूपमा नबगाए पनि आवागमन अवरुद्ध हुने गरी धादिङका तीनोटा पुल क्षतिग्रस्त भएका छन् । त्यसमा मस्टार त्रिशूली नदी पुल (१४० मि), कोल्पु खोला पुरानो पुल (४० मि) र कोल्पुखोला नयाँ पुल (४० मि) क्षतिग्रस्त छन् ।

    बाढीका बाबजुद त्रिशूलीका छओटा मुख्य पुल जोगिएका छन् । भीमढुङ्गा–लामिडाँडा सडक पुल (गल्छी नजिक, धादिङ – १५० मि), बेनीघाट त्रिशूली नदी पुल (धादिङ), फिस्लिङ त्रिशूली नदी पुल (धादिङ – १४५ मि), चुम्लिङटार हाइड्रोपावर बेलिब्रिज (चितवन), मुग्लिङ आर्च ब्रिज (चितवन) र मुग्लिन पुरानो झोलुङ्गे पुल (चितवन) जोगिएका छन् ।

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.