• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बाढीपछि त्रिशूलीको बहाव परिवर्तन


  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । रसुवा बाढीपछि त्रिशूली नदीले बहाव परिवर्तन गरेको छ । नेपाल भौगर्भिक समाज (एनजिएस) ले गरेको अध्ययनमा सो अवस्था देखा परेको हो ।

    Advertisement

    २०८३ भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोसीमा आएको बाढीपछि संस्थाका अध्यक्ष भाष्कर खतिवडासहितको प्राविधिक टोलीले नुवाकोटको देविघाटदेखि धादिङको कृष्णभिरसम्मको बाढी प्रभावित क्षेत्रमा अध्ययन गरेको थियो ।

    टोलीको प्रारम्भिक प्राविधिक अध्ययनमा त्रिशूली नदीले आफ्नो बाढीको बगरभित्र बहावको दिशा उल्लेख्य रूपमा परिवर्तन गरेको पाइएको जनाएको छ ।

    बाढीअघि रहेको नदीको भौगोलिक तथा भूआकृतिक संरचना कतिपय स्थानमा स्पष्ट रूपमा पहिचान गर्न नसकिने अवस्थामा पुगेको र नयाँ ठाउँमा गेग्रान तथा माटो थुप्रिएको टोलीको निष्कर्ष छ ।

    देविघाट क्षेत्रका केही स्थानमा १० मिटरभन्दा बढी गेग्रान थुप्रिएको छ भने महादेव फाँटभन्दा माथिका कृषि जमिनसमेत ठुलो मात्रामा बाढीले ल्याएको गेग्रानले पुरिएको पाइएको छ ।

    बाढीपछि नदीको बहाव परिवर्तन हुनुका साथै नयाँ गेग्रान थुप्रिएकाले त्रिशूली नदी करिडोर आसपासका क्षेत्र अझै जोखिममा रहेको एनजिएसले जनाएको छ । विशेषगरी तल्लो तटीय क्षेत्रमा रहेका राजमार्ग तथा कृषि जमिनमा जोखिम कायम रहेको प्रारम्भिक अध्ययनले देखाएको हो ।

    प्राविधिक टोलीले नदीको किनार तथा पिँधतर्फ थप कटान हुन सक्ने सम्भावनासमेत औँल्याएको छ । नदीले किनारको तल्लो भाग काट्दै जाँदा थप भूक्षय र अन्य जोखिम निम्तिन सक्ने भएकाले आगामी दिनमा निरन्तर निगरानी आवश्यक रहेको समाजले जनाएको छ।

    खतिवडाका अनुसार नदीको परिवर्तन भएको बहाव, थुप्रिएको गेग्रान र कटानको अवस्थाबारे विस्तृत प्राविधिक अध्ययन आवश्यक छ ।

    स्थलगत अध्ययनबाट प्राप्त विवरणलाई समेटेर सम्बन्धित सरकारी निकायलाई शीघ्र प्राविधिक प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

    बाढीपछि उद्धार, जोखिम न्यूनीकरण तथा पुन:स्थापनाका लागि आवश्यक निर्णय लिन प्रतिवेदन सहयोगी हुने एनजिएसले अपेक्षा गरेको छ ।

    नेपाल भौगर्भिक समाजले बिपद्को यस कठिन अवस्थामा सम्बन्धित निकायलाई आवश्यक भौगर्भिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ ।

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.