दाङ । दाङको राप्ती गाउँपालिकामा लुम्बिनी पुस्तकालय तथा अध्ययन केन्द्र स्थापना हुने भएको छ । उन्नाइसौँ राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर २०८३ भदौ १५ गते सोमबार सम्पन्न भेलाले सो निर्णय गरेको हो ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न सो भेलामा गणेशप्रसाद आचार्यले विषयप्रवेश गराउनुभएको थियोे भने केशवराज आचार्य मस्यौदा विधान प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रमको सञ्चालन रामकृष्ण पौडेलले गर्नुभएको थियोे ।
भेलामा सहभागी सामाजिक तथा बौद्धिक अगुवाको व्यापक छलफलपछि गणेशप्रसाद आचार्य अध्यक्ष रही दुई जना सदस्य पछि थप गर्ने गरी १९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा प्रकाश शाही, महासचिवमा जगतप्रसाद पोख्रेल, सचिवमा विक्रान्त ज्ञवाली र कोषाध्यक्षमा डिलाराम पौडेल चयन हुनुभएको छ ।
त्यस्तै सदस्यमा तुला गिरी, डिल्लीराम सुवेदी, विष्णु बेलबासे, किरण भण्डारी, कृष्ण पोख्रेल, केशवराज आचार्य, विष्णु प्रसाद पोख्रेल, रामकृष्ण पौडेल, जीवराज शर्मा, ओमप्रकाश गुप्ता, कृष्णबहादुर बुढामगर, चन्द्रप्रकाश ओली र बसन्त पुनमगर रहनुभएको छ । समितिमा सहसचिव र एक सदस्य भने पछि थप गरिने जनाइएको छ ।
भेलाले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई केन्द्रको संरक्षक चयन गरेको छ । युवराज भण्डारी, रमेशमान गुरुङ, कृष्ण गिरी र रामप्रसाद चौधरीलाई सल्लाहकार चयन गरिएको छ ।
