काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ८ हजार ७३० जनाको उद्धार गरिएको छ भने अझै २ हजार ५०२ जना सम्पर्कविहीन छन् ।
Advertisement
फेला परेका शवमध्ये रसुवा १३, नुवाकोट ५२, धादिङ ५०, गोरखा ५८, नवलपरासी पूर्व १८४, नवलपरासी पश्चिम १००, तनहुँ ३६ र चितवन २५९ जना रहेका छन् ।
