रुपन्देही । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति रक्तिम सांस्कृतिक अभियान, जिल्ला समिति रुपन्देहीले दुःख व्यक्त गरेको छ । अभियानले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
Advertisement
अभियानले विपद्को अवस्थालाई मध्यनजर गर्दै रुपन्देहीमा आयोजना हुन लागेको ‘प्रगतिशील तीज नृत्य प्रतियोगिता–२०८३’ स्थगित गरेको जनाएको छ । साथै, विपद् प्रभावितका लागि रु. ५ हजार राहत सहयोग गर्ने निर्णय गरेको छ ।
अभियानले विपद्को यस घडीमा सरकार तथा पीडित नागरिकसँग ऐक्यबद्धता जनाउँदै सहयोग र सहकार्यमा जोड दिएको छ ।
