काठमाडौं । गृह मन्त्रालयले अन्तरजिल्ला जाने सवारी साधनको पास वितरण रोकेको छ । जिल्ला प्रशासन कार्यालयहरुले दिँदै आएको सवारी पास गृह मन्त्रालयले रोकेको हो ।
Advertisement
बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरी गृहले भोलि (२९ साउन) देखि नै लागू हुने गरी सवारी पास वितरण रोक्न निर्देशन दिएको हो।
गृहले जारी गरेको परिपत्रमा ‘कोभिड–१९’ को उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म मिति २०७७।४।२९ गतेदेखि लागू हुनेगरी वितरण नगर्नुनगराउनु भनिएको छ।


