काठमाडौं । रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।
Advertisement
पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो।
त्यहाँ केही मान्छेहरू फसेका बताइएको छ ।
उनले भने, ‘ठाउँ ठाउँमा राजमार्गसम्म पानीको सतह आइसकेको छ । राजमार्गको यात्रा ज्यादै जोखिमपूर्ण रहेको छ । पानीको बहाव धादिङ क्षेत्रमा बढीरहेको छ ।’

