बाँके । बाँके जिल्ला, नेपालगञ्ज उपमहानगरपालिका १८ निवासी राष्ट्रिय जनमोर्चाका सदस्य तेजबहादुर खत्री को २०८३ भदौ ४ गते राति करिब ११ बजे दुःखद निधन भएको छ ।
Advertisement
दिवंगत तेजबहादुर खत्री राष्ट्रिय जनमोर्चा बाँकेकी सल्लाहकार कमरेड माला केसीका श्रीमान हुनुहुन्थ्यो ।
उहाँको पुर्ख्यौली घर सल्यान जिल्ला रहेको र रोजगारीको सिलसिलामा लामो समय भारतमा रहँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा रहेर प्रवासी नेपालीहरूका बिच सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।
उहाँ पञ्जाबमा तेजपाल केसी नामले समेत परिचित हुनुहुन्थ्यो ।

