• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ६. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ९. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • १०. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)


  •   बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
  • प्रेमबहादुर ठाडामगर, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी

    Advertisement

    0 राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलमा भाग लिन सुर्खेतबाट आउनुभएका प्रेमबहादुर ठाडामगरलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ । आरामै हुनुहुन्छ ?

    – आरामै छु ।

    0 प्रशिक्षणमा गत १४ दिनदेखि बसिराख्नु भएको छ । यहाँ के कस्ता कुरा सिक्नुभयो ?

    – यो प्रशिक्षणमा हामीले धेरै कुरा सिक्यौँ । म पहिलोपटक प्रशिक्षणमा आएको हुँ । यहाँ नेपाल कम्युनिस्ट पार्टी (मसाल) का धेरै नीतिनिर्देशन र नियम बुझ्यौँ । ती कुरा बुझेर हामी अहिले एकदमै उत्साहित भएका छौँ ।

    0 गत १४ दिनमा मुख्य रूपमा कुन विषयमा यहाँको प्रशिक्षण केन्द्रित रह्यो ?

    – धेरै विषयमा भयो तर मुख्य गरी माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराको प्रशिक्षण पायौँ । त्यस विषयमा मलाई धेरै जानकारी भयो । यसअघि म प्रशिक्षणमा बसेको थिइनँ । यसपालि बसेपछि ती विषयमा धेरै स्पष्ट हुने मौका पाएँ । अब हामी यहाँबाट फर्केलगत्तै आफ्नो गाउँघर र जिल्लामा सङ्गठन विस्तार गर्दै यिनै विषयमा कक्षा (प्रशिक्षण) सञ्चालन गर्ने जमर्को छौँ ।

    0 कहिलेकाहीँ प्रशिक्षण असाध्यै जटिल वा विज्ञस्तरको हुने र परीक्षार्थीले नबुझ्ने समस्या पनि हुन्छ । त्यस्तो केही भयो कि भएन ?

    – केही विषय अलि अप्ठ्यारा लागे तर ती कुरा हामी सिक्दै जानेछौँ । फेरि प्रशिक्षकज्यूसँग सम्पर्क गरिरहनेछौँ । पछि फेरि प्रशिक्षणमा आउने मौका मिल्यो भने आउने सोच बनाएका छौँ ।

    0 यसपालिको प्रशिक्षणमा एउटा व्यावहारिक प्रशिक्षण भन्दै फरक प्रकारको अभ्यास राखिएको थियो । यो कस्तो खालको थियो ? व्यावहारिक प्रशिक्षणमा भाग लिँदा तपाईंलाई कस्तो महसुस भयो ?

    – व्यावहारिक पक्ष भनेको गाउँ, टोल र समाजमा हुने अन्याय, अत्याचार र सामाजिक रूपमा विद्यमान जातीय भेदभावका विषय हुन् । त्यस विषयमा पनि हामीले प्रशिक्षण पायौँ । जातभातको भेदभाव राख्नुहुँदैन । त्यो अत्याचार हो भन्ने कुरा बुझ्यौँ र यसमा अलि प्रस्ट भयौँ ।

    0 व्यावहारिक प्रशिक्षणमा राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताले सङ्गठन र सङ्घर्षमा प्रभावकारी भूमिका खेल्न नसक्नुको कारणबारे पनि छलफल भयो कि भएन ?

    – हजुर, त्यो विषयमा पनि छलफल भयो । अहिले देशको परिस्थिति अलि जटिल छ । विभिन्न राजनीतिक दलले नेपाली जनतालाई भुलभुलैयामा पारेका छन् । गरिब किसानलाई दु:खकष्ट, अन्याय र अत्याचारमा पारेका छन् । यी कुराहरू गरिब किसानले सजिलै बुझ्दैनन् । त्यसैले अहिले घन्टी पार्टी (रास्वपा) लाई भोट हाल्ने गरिबलाई पनि देशको व्यवस्था परिवर्तन गर्न आवश्यक छ भन्ने कुरा बुझाउन सकिएको छैन । नेपाली कङ्ग्रेसका समर्थकमा पनि गरिब किसान नै छन्, जो दु:खकष्ट र अन्यायमा छन् तर उनीहरूले यो कुरा बुझ्दैनन् र नेताहरूकै पछि लागेर वा प्रलोभनमा परेर मतदान गर्छन् । यो विषयमा हामीलाई अत्यन्तै दु:ख लाग्छ ।

    0 प्रशिक्षणका क्रममा धेरै विषय पढाइयो होला, त्यसमध्ये तपाईंलाई सबैभन्दा बढी छर्लङ्ग र प्रस्ट भएको विषय कुन लाग्यो ?

    – मलाई माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराको विषय अलि बढी प्रस्ट भयो । आउँदा दिनमा पनि यसैमा बढी ध्यान दिने सोच बनाएको छु ।

    0 यहाँ लिएको प्रशिक्षणलाई सहयोग पुग्ने गरी स्वअध्ययन वा सामूहिक छलफल गर्नुपर्ने आवश्यकता महसुस गर्नुभएको छ ?

    – हो, त्यसको धेरै आवश्यकता छ । हामीले पत्रपत्रिका र पुस्तक पनि पाएका छौँ । फर्केपछि तिनको अध्ययन गर्छौँ । यहाँ जे जे पढाउनुभयो, ती विषयलाई पुन : दोहोर्‍याएर, मनन गरेर अध्ययन गर्नेछौँ र आफ्नो जिल्लामा गएर व्यवहारमा लागु गर्नेछौँ ।

    0 नेपालका राजनीतिक दलको कुरा गर्दा कङ्ग्रेसले ‘कम्युनिस्टहरू धेरै पढ्छन्, त्यसमा पनि राष्ट्रिय जनमोर्चा वा नेकपा (मसाल) का मान्छे झन् बढी पढ्छन्’ भन्छन् तर बढी अध्ययन गरे पनि तपाईंहरूको सङ्गठन कमजोर छ र चाहेअनुसार सङ्घर्ष हुन सकेको छैन । त्यो दिशामा यो प्रशिक्षणले मदत गर्छ कि गर्दैन ?

    – हो, हाम्रो सङ्गठन तुलनात्मक रूपमा कमजोर नै छ । हामीले सबै गरिब, किसान र जनतालाई देशको स्थिति, महँगी र गरिबीका विषयमा स्पष्टसँग बुझाउन सकेका छैनौँ । बुझाउन नसकेकै कारण हाम्रो सङ्गठन अहिले अलि कमजोर रहेको म स्वीकार गर्छु ।

    0 जनतालाई बुझाउन नसक्नुमा खास समस्या के देख्नुहुन्छ ? तपाईंहरू जनताको माझमा नपुगेर हो कि, पुगेर आफ्ना कुरा राख्दा पनि जनताले नबुझेका हुन् ?

    – जनतासमक्ष जाँदा उहाँहरूले कुरा त राम्रै गर्नुहुन्छ– ‘तपाईंहरूले भनेको कुरा ठिक हो, तपाईंहरू भ्रष्टाचार वा अन्याय गर्नुहुन्न’ भन्नुहुन्छ तर पछि ठुला दलका धनी मान्छेहरू आएर चियानास्ता खुवाउने वा प्रलोभन देखाउनेबित्तिकै भोट उता खसालिदिन्छन् । हाम्रो नेपालको स्थिति यस्तो छ ।

    0 भनेपछि तपाईंहरू सिद्धान्तका कुरा गर्नुहुन्छ तर आम जनताले सिद्धान्तभन्दा व्यावहारिक फाइदा हेर्छन् ।

    – हो, उहाँहरूले व्यावहारिक फाइदा हेर्नुहुन्छ र सैद्धान्तिक कुरा बुझ्नुहुन्न ।

    0 अनि यो स्थितिलाई कसरी चिर्न सकिन्छ तर तपाईंहरूले हप्ताँै लगाएर सिद्धान्तमा जोड दिने तर जनताले त्यो स्पिरिट नबुझ्ने । अब कसरी जनतालाई सम्झाउनुहुन्छ ?

    – यसका लागि हामी जनतासित अझ बढी घुलमिल हुनुपर्छ । जनतालाई सचेत र शिक्षित बनाउन सारा कार्यकर्ता जुट्नुपर्छ भन्ने महसुस भएको छ । अब हामी त्यसरी नै जुट्नेछौँ ।

    0 प्रशिक्षणमा ‘व्यवहारबारे’ भन्ने विषय पनि अध्ययन गर्नुभयो । त्यो विषय र अहिलेको साङ्गठनिक कमजोरीका बिचमा केही छलफल भयो ?

    – अ, छलफल भयो । सिकाउँदा–सिकाउँदै पनि सबै कुरा एकैचोटी मनमा राख्न नसकिने रहेछ । त्यसैले पत्रपत्रिका र पुस्तक लगेर दोहोर्‍याई तेहेर्‍याइ अध्ययन गर्नेछौँ ।

    0 दुई हप्ताको प्रशिक्षणपछि घर फर्किंदा जिल्लाको सङ्गठन र सङ्घर्षलाई व्यवस्थित बनाउन के कस्ता विकल्प वा सोच बनाउनुभएको छ ?

    – केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार हामी अगाडि बढ्छौँ । गाउँ र जिल्लाका विभिन्न ठाउँमा गएर किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ । नेपालको स्थिति यस्तो छ, हामी दु:खकष्टमा छौँ, यो विषय तपाईंहरूले पनि बुझ्नुपर्छ भनेर नीतिको प्रचार गर्ने र जनतासँग अझ बढी घुलमिल हुने सोच बनाएको छु ।

    0 तपाईंको जिल्ला सुर्खेत कर्णाली प्रदेशको राजधानी हो । कर्णाली र मधेस प्रदेश मानव विकास सूचकाङ्कमा अलि पछाडि छ । त्यस्तो ठाउँमा सिद्धान्त वा प्रशिक्षणमा जोड दिने यो तरिकाले काम गर्ला ।

    – कर्णाली प्रदेशका धेरै ठाउँ विकट छन् । पहिलेको तुलनामा अलि सुधार भए पनि अझै धेरै क्षेत्र पछाडि छन् । हामी विकट ठाउँमा पनि जाने प्रयास गरिरहेका छौँ ।

    0 त्यहाँका जनतालाई सचेत बनाउन अलि वैकल्पिक वा फरक तरिका अपनाउनुपर्छ जस्तो लाग्छ कि लाग्दैन ?

    – लाग्छ तर कहिलेकाहीँ गरिब किसान राजनीतिक कुरा बुझ्नै चाहँदैनन्– ‘हामीलाई त गाईवस्तु चराउने, घाँसपात र खेतीकिसानी गर्ने मात्र आउँछ, अरू आउँदैन’ भन्छन् । त्यसो भने पनि उनीहरूको माझमा जाने, कमिटी गठन गर्ने र प्रशिक्षण चलाउने प्रयासमा छौँ ।

    0 अन्त्यमा युगदर्शनमार्फत जोड दिएर भन्नुपर्ने केही कुरा बाँकी छन् ?

    – युगदर्शनमार्फत हाम्रा कुरा राम्रोसँग प्रसार गरिदिनुहुनेछ भन्ने आशा छ । यस सञ्चारमाध्यमलाई धेरैधेरै शुभकामना दिँदै मेरा कुरा यही अन्त्य गर्न चाहन्छु ।

    बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोतीराम भट्टको एक सय एकसट्ठिऔँ जन्मजयन्ती मनाइँदै
    बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन
    उपत्यकामा सबै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन
    विशेष सम्पादकीय
    जेनजी स्मृति कार्यक्रममा युवतीले गरिन् आत्मदाह प्रयास
    आँखा स्वास्थ्य सेवामा नेपाललाई ऐतिहासिक उपलब्धि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.