• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

आफ्नै पार्टीका नेतालाई स्वास्थ्यमन्त्रीको शुभकामनाः सरकारविरुद्ध गीत गाउनेको मति सप्रियोस्


  •   मङ्गलबार, साउन २७, २०७७ मा प्रकाशित
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारविरुद्ध बदलि बदलि गीत गाउनेहरुको मति सप्रियोस् भन्दै शुभकामना दिनुभएको छ । उहाँले पार्टी भित्र र बाहिरबाट मति विग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस भन्ने शुभकामना दिनुभएको हो ।

    Advertisement

    मंगलबार थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति विग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरुद्ध लड्न मति सप्रियोस भन्दै शुभकामना दिनुभएको हो ।

    उहाँले भन्नुभयो ‘आजको यो कृष्णअष्टमीको दिन मति विग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लडनका निमित्त मति सुध्रियोग भन्ने शुभकामना दिन चाहन्छु । चाहे ति मेरा घरभित्र बसेका हुन् चाहे ति मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन् । सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेको योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पु-याउन सक्दैन् ।’

    उहाँले महामारीबाट बाँचियो भने सत्ताको लडाई फेरिपनि खेल्न सकिने भन्दै सकारलाई सघाउन नेताहरुलाई आग्रह गर्नुभयो । सरकारलाई जनताले पाँच वर्षको म्याण्डेट दिएकाले पाँच वर्ष पछि नै सत्ताको खेलमा लाग्न समेत आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो ‘बाँचियो भने सत्ता प्राप्ती गर्ने लडाई फेरीपनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लडने यो नै अन्तिम युद्ध होइन् । पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन् । म्याण्डेटपछि त्यो खेलमा लाग्दाखेरीपनि केही विग्रिदैन । स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिंडने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेला अनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले त्यहि ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन् । जनताको नजरमा हामी परीक्षामा नै छौं । सबैले जनताबाटै उत्तिर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाईलाई सहजतापूर्वक समाधान गर्न सक्छौं ।’

    उहाँले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताउनुभयो । कुनैबेल पीपीइ भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरु अहिले चुप लागेको बताउनुभयो । त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको बताउनुभयो । अहिले सम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने बताउनुभयो । जस्तोसुकै गीत आएपनि त्यसको जवाफ सरकारले शिद्धान्तबाट नभई व्यवहारबाट दिने प्रष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो ‘गीतहरु बदलिबदलि आउने छन् । एक जमना थियो पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो । अव त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन, त्यसपछि पीसीआर परीक्षणको गीत आयो । अब औषधिको आउने छ र भेन्टीलेटरको गीतहरु आउनेछन् । ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा शिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ ।’

    मन्त्री ढकालले नेपालमा अहिलेपनि कोरोना संक्रमणको स्थिति नियन्त्रण भित्रै रहेको बताउनुभएको छ । संक्रमणको अवस्था समुदाय स्तरमा देखिएपनि नियन्त्रण्को स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने बताउनुभयो । अन्य मूलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका गरिएका कार्यहरु प्रभावकारी भएको बताउनुभयो ।

    महामारीको अप्ठेरोको यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गर्नुभयो ।

    मङ्गलबार, साउन २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.