प्युठान । केही दिन पहिले प्युठानको झिमरुक गाउँपालिका–३, बेवरेमा राष्ट्रिय जनमोर्चा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका भनिएका कुनैपनि कार्यकर्ता आफ्नै पार्टी राष्ट्रिय जनमोर्चामा नै रहेको स्पष्ट भएको छ ।
कांग्रेस प्रवेश गरेको भनिएका नेता कार्यकर्तासमेतको उपस्थितिमा राष्ट्रिय जनमोर्चा समलधारा वेवरे टोल समितिको सोमबार भेला सम्पन्न भएको छ । कांग्रेसको टोल समितिमा बसेको भनिएका कार्यकर्ताहरुसमेत भेलामा उपस्थिति भएर आफूहरु राजमोमै रहेको स्पष्ट पारेका थिए ।
भेलाले नरेन्द्र प्रसाद पोख्रेलको अध्यक्षतमा २१ सदस्यीय टोल समितिको निर्माण गरेको छ ।
जसको उपाध्यक्षमा विष्णु प्रसाद पोख्रेल, सचिव योगराज पोख्रेल, सहसचिव जितेन्द्र पोख्रेल, कोषाध्यक्ष प्रेम नारायण पोख्रेल र सदस्यहरुमा लोक बहादुर सुनार, मोहन बहादुर विक, तोर बहादुर खत्री, निर्मला केसी, राम प्रसाद पोख्रेल, कमल पोख्रेल, विजय केसी, पवित्रा पोख्रेल, देवा पोख्रेल, ज्ञान बहादुर जिसी, गिता सुनार, बलाराम पोख्रेल, गंगा परियार, वसन्त जिसी, हिरा बहादुर विक र सरिता विक रहनु भएको छ ।
साथै सल्लाहकारहरुमा टेक प्रसाद पोख्रेल, डुकमान जैसी र कृष्ण विक रहनुभएको छ ।

कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसि र ३ न वडा अध्यक्ष तथा किसान नेता मीन बहादुर केसीको विशेष उपस्थिति रहेको थियो ।
राजमोका पुराना नेता नरेन्द्र प्रसाद पोख्रेलको अध्यक्षता र बिनोद कुमार विकको सञ्चालनमा अघि वढेको थियो भेलामा राजमो गाउँपालिका सचिव केसरजंग एमसी, राजमो ३ न वडा अध्यक्ष तेज बहादुर खड्का, उपाध्यक्ष रेकम बहादुर महत, वडा सदस्य नवराज केसीको पनि उपस्थिति थियो ।
केही दिन पहिले कांग्रेसका केही नेताहरुको उपस्थितिमा विभिन्न बहानामा मानिसहरुको भेला गरि टोल समितिको निर्माण गरेका थिए ।