• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पोखरामा ग्यासको अभाव, उपभोक्ताको सञ्चित गर्ने प्रवृत्तिले समस्या


  •   बुधबार, साउन २७, २०८३ मा प्रकाशित
  • कास्की । विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुनसकेको छैन ।

    Advertisement

    ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाइमा छन् भने कतिपयले लाइनमा बस्दासमेत नपाएको गुनासो गरिरहेका छन् । अर्कातर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षकोे परिमाणमभन्दा बढी ग्यास आपूर्ति भइरहेको दाबी गरेका छन् ।

    ती कम्पनीले उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गरेकाले बजारमा अभाव देखिएको जनाएका छन् । गृहलक्ष्मी ग्यास कम्पनीले गत आवको साउनमा कास्कीमा ३७ हजार सिलिन्डर बिक्री गरेकामा यस वर्ष साउन २५ गतेसम्म ४७ हजार सिलिन्डर पोखरा पठाइसकेको जनाएको छ ।

    विगतको तुलनामा बढी ग्यास बजारमा पठाइए पनि उपभोक्ताको लाइन भने घटेको छैन । गृहलक्ष्मी ग्यास कम्पनीका महाप्रबन्धक भीम लामिछानेले साउन ग्यासको खपत कम हुने समय भए पनि यस वर्ष गत वर्षको तुलनामा बढी सिलिन्डर बजारमा पठाउँदा पनि अभाव देखिनुको मुख्य कारण उपभोक्ताले ग्यास भण्डारण गर्नु रहेको बताउनुभयो ।

    “साउनमा ग्यासको खपत सामान्यतया कम हुन्छ । तर यस वर्ष गत वर्षभन्दा बढी सिलिन्डर बजारमा गए पनि अभाव हटेको छैन । चाडपर्व नजिकिँदै गर्दा पछि अभाव हुन्छ कि भन्ने चिन्ताले उपभोक्ताले खाली सिलिन्डरसमेत भरेर राख्दा अहिले समस्या देखिएको हो”, उहाँले भन्नुभयो ।

    सरकारले मध्यपूर्वको तनावपछि ग्यास आपूर्तिलाई व्यवस्थापन गर्न करिब चार महिनासम्म बजारमा आधा सिलिन्डर ग्यास पठाउने निर्णय गरेको थियो । आधा सिलिन्डर बिक्री हुँदा बजारमा सहज अवस्था रहे पनि पूरा सिलिन्डर बिक्री सुरु भएपछि माग एक्कासी बढेको लामिछानेले बताउनुभयो ।

    “आधा सिलिन्डर आउँदा अभाव थिएन । उपभोक्तालाई चाहिएको समयमा ग्यास पाइन्छ भन्ने विश्वास भएकाले धेरै मौज्दात पनि गर्नुभएको थिएन । तर पूरा सिलिन्डर आउन थालेपछि उपभोक्ताले ग्यास भण्डारण गर्न थाले”, उहाँले भन्नुभयो । पोखरामा गृहलक्ष्मीसहित, शक्ति, बाबा, जानकीलगायतका ग्यास कम्पनीका सिलिन्डर बिक्री हुँदै आएको छ ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले १४.२ केजीको पूरा सिलिन्डर वितरण सुरु भएपछि देशभर ग्यासको माग एकैपटक बढ्दा बजारमा केही असहजता सृजना भएको बताउनुभयो ।

    बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न आपूर्ति तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न आग्रह गर्नुभयो ।

    प्रशासनले ग्यास आपूर्ति सहज बनाउन र उपभोक्ताको सास्ती कम गर्न पछिल्लो समय किराना पसलबाट समेत ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

    “ग्यास आइरहेको छ । आज पनि पोखरामा जानकीले तीन हजार ५०० सिलिन्डर पठाउँदैछ । बजारमा त्यस्तो अभाव हुनुपर्ने अवस्था होइन ।

    मौज्दातका कारण समस्या देखिएको हो”, बरालले भन्नुभयो । प्रशासनले जिल्लामा पर्याप्त एलपी ग्यास आपूर्ति सुनिश्चित गर्न जिल्लाभित्र र बाहिर रहेका ग्यास उद्योग तथा नेपाल आयल निगमसँग समन्वय गरिरहेको जनाएको छ ।

    बुधबार, साउन २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.