• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ३०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

ऊ एक्लै छ

सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ८. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

  • ९. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • १०. नयाँ पार्टीकी सांसद, पुरानै सामन्ती शैली !

नयाँ सरकारले जनताको पक्षमा काम गर्छ भन्ने मलाई विश्वास लाग्दैन : विक (भिडियोसहित)


  •   मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
  • चन्द्रदेव विक, डडेलधुराबाट राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलमा सहभागी

    Advertisement

    ःः राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलमा भाग लिन आउनुभएका राजमो डडेलधुराका अध्यक्ष चन्द्रदेव विकज्यूलाई युगदर्शन मिडियाबाट स्वागत गर्न चाहन्छौँ ।

    ० आराम हुनुहुन्छ?

    ःः ठिक छु । युगदर्शन मिडियालाई पनि डडेलधुरा जिल्ला समितिको तर्फबाट र स्वयम् मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु ।

    ० यति टाढा डडेलधुराबाट पार्टीको प्रशिक्षण भाग लिन आउनुभयो । के के सिक्नुभयो यहाँ ? के सिकाइ भइरहेछ ?

    ःः मैले अहिले हाम्रो यो स्कुल चलिराखेको छ, त्यसबाट धेरै कुरा सिकेँ ।

    पहिलो संविधानसभा चुनावका बेला म बैतडी क्षेत्र नम्बर २ बाट उम्मेदवार थिएँ । राष्ट्रिय जनमोर्चाको नारा थियो– नेपालमा सङ्घीयता हुनुहुँदैन । सङ्घीयता धोका हो, षड्यन्त्रको पोका हो । त्यति बेला सङ्घीयता नेपालको लागि धोका हो भन्ने कुरा त बुझेँ तर सङ्घीयताको खासै अर्थ बुझेको थिइनँ । सङ्घीयताले के के दुष्परिणाम निम्त्याउँदो रहेछ भन्ने कुरा मैले बुझ्या’थेँ । त्यो भएको कारण अहिले आएर क्लासमा प्रशिक्षण लिँदै गर्दा, जनताको माझमा जाँदै गर्दा धेरै कुरा बुझ्न सकियो । क्लासबाट पनि राम्रा कुरा सिकियो । अब राष्ट्र र राष्ट्रियताको निमित्त हामीले जुन तल्लोस्तरमा अथवा जिल्ला, नगर, वडावडामा जाँदा जनताका समस्या बुझ्दाखेरि जुन समस्या देखेका थियौँ, यी सबै कुरा अनुभव गरेँ यो क्लासमा आउँदाखेरि ।

    ० अहिलेसम्म कुन कुन विषयमा क्लास लिनुभयो ?

    ःः क्लास धेरै विषयमा लियौँ । अन्तर्राष्ट्रिय विषय, नेपालप्रति भारतीय साम्राज्यवाद, अमेरिकी साम्राज्यवादलगायतले हेर्ने दृष्टिकोण पनि बुझ्यौँ । अर्को कुरा हामीले जनताको माझमा के विषय लगेर जाने हो ? जनतालाई हामीले कसरी बुझाउने हो र हाम्रा दस्तावेज के के लगेर जानुपर्ने हो भन्ने कुरामा पनि अनुभव गर्‍यौँ अनि पर्यावरण, वातावरणसम्बन्धी पनि सिकाइ भयो । त्यसबारेमा पनि के के हामीले बुझ्न सक्यौँ ? अन्य धेरै कुरामा हामीले जुन क्लास पायौँ, ती कुरा सबै बुझ्न सकियो भन्न त सकिन्न, तीमध्ये सयमा पच्चिससम्म हामीले बुझ्न सक्यौँ होला भन्ने लाग्छ मलाई ।

    ० कुन कुन सरहरूले प्रशिक्षण दिनुभयो ?

    ःः दुर्गा खरेज, मनोज भट्ट, रामप्रकाश पुरी, मोहनविक्रम सिंह, दुर्गा पौडेललगायतका गुरुहरूले प्रशिक्षण दिनुभयो ।

    ० भनेपछि यो राजनीतिक पार्टीका नेतादेखि लिएर विज्ञसम्मले प्रशिक्षण दिनुभयो । अहिलेको प्रशिक्षणमा व्यावहारिक क्लास पनि छ भन्ने हामी जानकारी पाएका छौँ । यो व्यावहारिक क्लास भन्नाले के हुन्छ यसमा ?

    ःः अब व्यावहारिक क्लासले हामीलाई जनताका माझमा जान सजिलो बनाउने देखियो । हामीले यो क्लासमा सिकेर व्यवहारमा लागु गर्नुपर्छ भन्ने कुरामा स्पष्ट भयौँ । हामीले यसलाई व्यावहारिक किसिमले जनतामाझ लैजान सक्नुपर्छ भन्ने कुरामा स्पष्ट भयौँ ।

    ० आज साउन २१ गते । एघार दिनजति तपाईंले प्रशिक्षण लिनुभयो । यो एघार दिनको प्रशिक्षणमा तपाईंले सबैभन्दा बढी छर्लङ्गमा बुझेको विषय के हो ? त्यस्तो कुन विषयमा बढी बुझ्नुभयो ?

    ःः जति पनि कार्यकर्ता यहाँ आएका छौँ, आआफ्ना बुझाइ छन् हामी सबैका तर सबैभन्दा बढी हामीले यो क्लासबाट लिएको शिक्षा, बुझेको कुरा जनताको माझमा घुलमिल हुनुपर्छ र जनतालाई हामीले सम्भव भएसाँ समेट्नुपर्छ भन्ने हो । सत्य कुरा भनेको संसारका मजदुर एक हो भन्ने कम्युनिस्ट नीति अपनाएको राष्ट्रिय जनमोर्चा मात्रै हो । राष्ट्रिय जनमोर्चाले अरू पार्टीले जस्तो कसैलाई ब्यानर बनाएर, कसैलाई पशु बनाएर, कसैलाई बलपूर्वक गाडीमा जोतेको देखेका छैनौँ । यो पार्टीका जुन नेतृत्व हुनुहुन्छ अथवा चित्रबहादुर केसी, मोहनविक्रम सिंहलगायतले अहिलेसम्म त्यस्तो बदनाम हुने किसिमको काम कसैले पनि गरेका छैनन् । निस्वार्थ किसिमले पार्टीको तर्फबाट काम गरिरहनु भएको छ । यो निस्वार्थ भावना लिएर जनतामाझ जानुपर्छ भन्ने जुन कुरा भयो, त्यो कुरालाई मैले बढी अध्ययन गरेँ ।

    ० तपाईं डडेलधुराजस्तो एकदम दुर्गम जिल्लाबाट आउनुभयो । डडेलधुरा भनेको सम्भवतः पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला पनि हो । त्यहाँको विकास निर्माणको अवस्था के छ ?

    ःः डडेलधुरा शेरबहादुर देउवाको जिल्ला पनि हो । देउवाको जिल्लाबाट जितेपछि पाँच चोटी प्रधानमन्त्री बने । यो कुरा सबैलाई अवगत छ । पाँच चोटी प्रधानमन्त्री भएको मान्छेको जिल्लामा विकास केही छैन । अहिलेसम्म के मात्र हामीले देख्यौँ भने प्रधानमन्त्रीले एउटा घर बनायो, घर बनाइसकेपछि पैसा राख्ने अलग्गै ठाउँ बनायो । त्यो ठाउँमा आफ्नो सम्पत्ति सबै लगेर थन्क्यायो । अहिलेको युवा पुस्ताले त्यो पत्ता लगाएर त्यसमा आगो लगाएको बाहेक अरू हामीले देखेका छैनौँ । अर्को कुरा, विकासका कुरामा भन्नुहुन्छ भने स्वयम् डडेलधुरामा शेरबहादुर देउवाको गाउँमा जाने बाटो अझै कालोपत्रे भएको छैन । धेरै ठाउँमा अब शाखाबाटो सम्पन्न हुन सकेका छैनन् । खानेपानीको समस्या छ । त्यहाँ रङगानदी छ । रङ्गा नदीको आसपासमा बस्तीहरू बस्छन् । अब त्यो नदी नियन्त्रण भएको छैन । यत्रा पाँचपटकका पञ्चवर्षीय वृहत योजना बनाएको भनिए पनि भुँडी भर्ने काम भएको छ तर त्यो काम अधुरै छ । त्यहाँका बस्ती बाढीपहिरोले विस्थापित भइरहेका छन् । यहाँनिर के विकास भएको मान्ने हो हामीले ? त्यस्ता कुरा धेरै छन् । सबै कुराहरू साथीहरूलाई थाहा छ । अब मैले भनेका कुराहरू, जो जनतामाझ पनि जालान् । यो सबै उनीहरूलाई थाहा भएको कुरा हो । धेरै कुरा किन गर्नुपर्छ र ? त्यही हो ।

    ० डडेलधुरामा राष्ट्रिय जनमोर्चाको गतिविधि के कस्तो छ ?

    ःः राष्ट्रिय जनमोर्चाको गतिविधिको कुरा गर्दा यहाँ हिजोको भन्दा न्यून छ । हिजोका दिनमा राम्रै थियो । बिचमा के भइदियो भन्नुहुन्छ भने केही खोटग्रस्तहरू निस्किए । नामै भन्नुपर्ने हुन्छ, हाम्रा नेता राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लालबहादुर जाग्री हुनुहुन्थ्यो । उहाँले पार्टीभित्र अनेकौँ षड्यन्त्र गर्ने काम गर्नुभयो । उहाँले त्यो काम गर्दाखेरि साथीहरूमा निराशा पनि उत्पन्न भयो । केही साथीहरू उनले लगेर गए तर लगेका साथीहरू फेरि फिर्ता भए । त्यहाँ गएर फर्केका साथीहरूलाई लागिरहेको छ, हामीले राष्ट्रिय जनमोर्चा छाडेर त गल्ती गरेका रहेछौँ, हामीबाट भुल भएको रहेछ । हामी अब राष्ट्रिय जनमोर्चामा जोडिने हो । ती राम्रा विचारलाई छाडेर जुन साथीहरू बाहिर निस्किए, हामीले कमजोरी गरेका रहेछौँ भन्ने किसिमले सोचिरहेका छन् साथीहरू । यसरी के साथीहरू अवसरवादी रहेछन् भन्ने देखियो । यी अवसरवादी साथीहरूका कारण केही समस्या भयो । अहिलेको हकमा हाम्रो जिल्ला समिति छ तर यो समिति खासै सञ्चालित हुन सकेको छैन ।

    ० देशमा नयाँ सरकार आएको छ । सय दिन पनि पूरा भइसकेको छ । नयाँ सरकार आएपछि केही फरकै हुन्छ भन्ने त्यस्तो सङ्केत पाउनुभएको छ कि छैन ?

    ःः नयाँ सरकार आएपछि राम्रो काम गर्ला भन्ने मलाई विश्वास थिएन, किनकि उनीहरू अमेरिकाबाट सञ्चालित थिए । रवि लामिछानेले अमेरिकाको नागरिकता लिएर आए पनि नेपालमा संसद्को टिकट पायो । उनलाई टिकट दियो यहाँको निर्वाचन आयोगले । त्यति बेलैबाट हाम्रो पार्टीले विरोध गरेको थियो । जुनसुकै विषयमा पनि नियम हुन्छ, कानुन हुन्छ, त्यसको पालना गर्नुपर्ने हुन्छ । त्यो मान्छे जन्मेको नेपालमा हो, त्यो कुरालाई हामी मान्छौँ । नेपालको नागरिकता त्यागेपछि विदेशी नागरिक हो त्यो त । त्यस्तो मान्छेलाई निर्वाचन आयोगले संसद्को टिकट नदिनुपर्ने भन्ने हाम्रो मान्यता हो ।

    उनले सांसद, मन्त्री भएपछि देशभित्रका गरेका क्रियाकलाप हामीले भोगेका छौँ । सहकारीदेखि अनेक क्रियाकलाप देखेका छौँ । त्यसैले उनीहरूप्रति हाम्रो विश्वासै रहेन । अर्कोतिर बालेन्द्र शाहको के कुरा गरौँ ? उनले देशको विकास गर्लान् । जनताको स्तर माथि उठाउलान् भन्ने हामीलाई लाग्दैन ।

    ० प्रशिषण सक्याएर जिल्ला फर्केपछि त्यहाँ मैले यो यो काम गर्छु भन्ने केही योजना बनाउनुभएको छ ?

    ः एकदम राम्रो प्रश्न ल्याउनुभयो । धन्यवाद हजुरलाई ।

    सुदूरपश्चिम डडेलधुराको बारेमा हजुरलाई जानकारी दिऊँ । त्यहाँ साह्रै समस्या छ । म पार्टीमा आबद्ध भएको सन् १९८२ देखि तत्कालीन अखिल भारत नेपाली एकता समाजबाट हो । त्यति बेलादेखि अहिलेसम्म काम गर्दैछु । साथीहरूमाझ, जनतामाझ गइराखेको छ, नगएको भन्ने होइन तर कुरा के हो भन्नुहुन्छ भने जनतामाझ गएर साथीहरूलाई सदस्यता दिएर उहाँहरूलाई हाम्रा विचार दिइसकेपछि अब साथीहरूको मनस्थिति कस्तो रह्यो त ? ठुला भनिएका दलहरूले जनताको मनस्थिति कस्तो बनाए भने आज हाम्रो कार्यक्रम छ, तपाईं आउनुहोला । महिला दिदीबहिनी, बुढापाकाहरू आउनुहोला भनेर खबर गर्‍यो भने भत्ता कति दिनुहुन्छ त ? भन्नुहुन्छ । पाँच सय भत्ता हो कि, हजार भत्ता हो कि, मासुरक्सी छ कि छैन भन्ने किसिमको सोच हुन्छ । त्यसपछि छ भयो भने त्यसमा आउँछन् । होइन भने त्यसमा पनि जाँदैनन् । त्यसै किसिमले हामीले दिएका प्रशिक्षण, हामीले दिएका विचार, हामीले दिएका सदस्यता काम लाग्दैनन् । त्यो लोभ देखाउने अथवा स्वार्थको कुरा गर्नेहरूले उनीहरूलाई रक्सी खुवाउँछ कि, मासु खुवाउँछ कि, के पैसा दिएर आउँछ कि भन्ने किसिमले फर्काएर राखेका छन् । जनताले राजनीति नबुझेको वा बुझेका छैनन् भन्न मिल्छ कि मिल्दैन ? बुझेका छन् साथीहरूले तर बुझीबुझी मुखमा बुझो लगाएर अथवा स्वार्थमा जाने गर्छन् त्यतातिर पनि ।

    ० अन्तमा युगदर्शन मिडियामार्फत भन्नुपर्ने केही छन् कि यस्तो ?

    ःः युगदर्शन मिडिया पार्टीको प्रसारप्रसारमा खटिएछ छ । तर जतिसम्म व्यापक रूपमा जानुपर्ने हो, त्यहाँसम्म गएको छैन भन्ने मलाई लाग्छ । युगदर्शनलाई मेरो तर्फबाट र डडेलधुरा जिल्लाको तर्फबाट धन्यवाद दिँदै बिदा हुन्छु ।

    मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली
    अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली
    सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ
    महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली
    महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली
    संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

    • २.
      अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

    • ३.
      ऊ एक्लै छ

    • ४.
      सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

    • ५.
      महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

    • ६.
      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    • ७.
      महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

    • ८.
      संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.