• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अखिल नेपाल जनजाति सम्मेलन चितवनको अध्यक्षमा लालबहादुर थापा निर्वाचित


  •   आइतबार, साउन २४, २०८३ मा प्रकाशित
  • नारायणगढ,

    Advertisement

    चितवन, साउन २४ । अखिल नेपाल जनजाति सम्मेलनले चितवनमा आफ्नो दोस्रो जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न गरेको छ। मिति २०८३/०४/२४ गते सम्पन्न सम्मेलन सूर्य थापाको सञ्चालन तथा लालबहादुर थापाको अध्यक्षतामा अघि बढेको थियो।

    कार्यक्रमको सुरुआत मिनबहादुर राना मगर र पुष्पा राना मगरको सम्झनामा एक मिनेट मौनधारणबाट गरिएको थियो। त्यसपछि खगी थापा मगरले उपस्थित जनसमुदायलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो।

    सम्मेलनका प्रमुख अतिथि अखिल नेपाल जनजाति सम्मेलनका नेता जितबहादुर थापा रहनुभएको थियो। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डमर पुरी, राजेन्द्र ढुंगाना, देवी शर्मा, राष्ट्रिय जनमोर्चा चितवनका जिल्ला अध्यक्ष अमरबहादुर क्षेत्री, नेकपा मसालका जिल्ला प्रवक्ता भविवर शर्मा, रक्तिम अभियानका केन्द्रीय उपाध्यक्ष मोहराज चालिसे, रक्तिम अभियान चितवनका जिल्ला अध्यक्ष कृष्ण के.सी., अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य डमर के.सी., समता समाज नवलपुरका नेता गोविन्द विक, बुद्धिजीवी संघ चितवनका सदस्य यादव विलास पन्थ, उद्योग संघ चितवनका गंगा शर्मा, विष्णु पौडेल र अखिल नेपाल महिला संघकी जिल्ला सदस्य पुष्पा थापालगायतको उपस्थिति रहेको थियो।

    सम्मेलनले लालबहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति तथा २ जना वैकल्पिक सदस्यसहित ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ। नवगठित समितिमा अध्यक्ष लालबहादुर थापा, उपाध्यक्ष हिरा थापा, सचिव पदमबहादुर थापा, कोषाध्यक्ष सूर्यबहादुर थापा, सदस्यहरूमा जंगबहादुर थापा र जितबहादुर थापा रहेका छन्। दुई जना वैकल्पिक सदस्यको स्थान भने रिक्त रहेको जनाइएको छ।

    कार्यक्रमका बीच–बीचमा रक्तिम अभियानका कलाकारहरूले जनवादी गीत प्रस्तुत गरेका थिए। गीत तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

    सम्मेलनबाट निर्वाचित सम्पूर्ण कार्यसमितिलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डमर पुरीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। अन्त्यमा नवनिर्वाचित अध्यक्ष लालबहादुर थापाले सम्पूर्ण कार्यसमितिलाई सपथ ग्रहण गराउँदै कार्यक्रमको समापन गर्नुभएको थियो।

    आइतबार, साउन २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.