• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औँ विश्व आदिवासी दिवस मनाइँदै


  •   आइतबार, साउन २४, २०८३ मा प्रकाशित
  • धनबहादुर मगर/कमल राना

    Advertisement

    काठमाडौँ, अगस्ट ९ । ३२औँ विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा “प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणको हाम्रो साझा प्रतिबद्धता” भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

    मूल समारोह आयोजक समितिले राजधानीमा साउन २१ गते पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्तिमार्फत विश्व आदिवासी दिवसका कार्यक्रमबारे जानकारी गराएको हो।

    नेपाल आदिवासी जनजाति महासंघले संयुक्त राष्ट्रसंघको घोषणाअनुसार प्रत्येक वर्ष अगस्ट ९ का दिन विश्व आदिवासी दिवस मनाउँदै आएको छ। यस अवसरमा नेपालमा पनि देशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने महासंघले जनाएको छ।

    मूल समारोह समितिका अनुसार बिहान १०ः३० बजे भृकुटीमण्डपमा भेला भई जुलुससहित टुँडिखेलको खुला मैदानमा पुगेर सभा गरिनेछ। ‘विश्व आदिवासी दिवस मूल समारोह–२०८३’ अन्तर्गत आयोजना हुने उक्त जुलुसमा आदिवासी जनजातिको पहिचान झल्काउने विभिन्न झाँकी तथा सांस्कृतिक प्रदर्शन गरिने जनाइएको छ।

    जुलुसमा हजारौँको सहभागिता रहने आयोजकले जनाएको छ। आदिवासी जनजातिका विभिन्न समुदायको पहिचान, संस्कृति र परम्परा झल्काउने झाँकीसहित प्रदर्शन गरिनेछ।

    उक्त कार्यक्रममा नेपालसहित ६० भन्दा बढी देशका सञ्चारकर्मीसमेत सहभागी हुने मूल समारोह समितिले जनाएको छ।

    विश्व आदिवासी दिवस विश्वभरका आदिवासी जनजातिले आफ्नो समुदायको इतिहास, सभ्यता, भाषा, संस्कृति, परम्परागत ज्ञान, जीवनदर्शन तथा मानव सभ्यताको विकासमा उनीहरूले पुर्‍याएको ऐतिहासिक योगदानको सम्मान गर्ने महत्वपूर्ण दिवसका रूपमा लिइन्छ।

    संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९४ अगस्ट ९ लाई अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेपछि विश्वभरका विभिन्न मुलुकमा बसोबास गर्ने आदिवासी समुदायले यस दिवसलाई आफ्नो अस्तित्व, पहिचान, अधिकार र सम्मानको साझा अभियानका रूपमा निरन्तर मनाउँदै आएका छन्।

    आइतबार, साउन २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.