काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र इजाजतपत्र (लाइसेन्स) का लागि आवेदन दिन आग्रह गरेको छ।
विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै मालपोत ऐन, २०३४ तथा मालपोत नियमावली, २०३६ बमोजिम तोकिएको व्यवस्थाअनुसार सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र DOLMA पोर्टल मार्फत अनलाइन निवेदन पेस गर्नुपर्ने जनाएको छ।
नेपाल सरकारको २०८२ असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई उक्त व्यवस्था लागू हुने कार्यक्षेत्रका रूपमा घोषणा गरिएको विभागले जनाएको छ।
तपसिल
१. मालपोत नियमावली, २०३६ (आठौँ संशोधन २०८२ ) को अनुसूची ८ मा उल्लिखित कागजात एवम् प्रमाण स्क्यान गरी सोही अनुसूची बमोजिमको ढाँचामा निवेदन पेस गर्नुपर्नेछ। इजाजत पत्र लिनको लागि मालपोत नियमावली, २०३६ को नियम २३८. बमोजिम देहाय अनुसारको दस्तुर बुझाउनु पर्नेछ।
क) एकपटकमा पाँच करोड रुपैयाँसम्म कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा पाँच लाख रुपैयाँ,
ख) एकपटकमा पाँच करोड रुपैयाँभन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्ति (फर्म,कम्पनी वा संस्था) को हकमा दश लाख रुपैयाँ।
३. विभागबाट २०८२/०७/२८ को सूचनाबमोजिम अनलाइन निवेदन पेस गरी २०८३ अषाढ मसान्त सम्म इजाजतपत्र नलिइएका फर्म, संस्था वा कम्पनीहरूले इजाजत पत्र लिन इच्छुक भएमा यो सूचना पुन: अनलाइन मार्फत निवेदन पेस गर्नुपर्नेछ।
४. अनलाइनमार्फत निवेदन सहित पेस गरेका कागजातहरूको १/१ प्रति प्रिन्ट गरी विभागमा पेस गर्नुपर्नेछ।
५. विभागमा निवेदन पेस गरेपश्चात् उक्त कम्पनी/फर्म वा संस्थाका सञ्चालक सदस्यहरूको हकमा नेपाल प्रहरीमा रहेको केन्द्रीय अपराध सूचना अभिलेखालयमा रहेको अभिलेखका आधारमा अपराधिक क्रिायाकलापमा संलग्न नरहेको बेहोराको पत्र स्वयंले पेस गर्नुपर्नेछ।
६. थप जानकारी आवश्यक भएमा विभागमा सम्पर्क गर्नुहुन

