• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

१८ महिनामा १५ सय ३४ महिलाले गराए गर्भपतन


  •   सोमबार, साउन २६, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल।
    नेपाल परिवार नियोजन संघ रुपन्देही शाखा बुटवलबाट १८ महिनाको अवधीमा १५ सय ३४ जना महिलाले गर्भपतन गराएका छन् । सरकारबाट मान्यता प्राप्त परिवार नियोजन शाखाबाट इच्छुक महिलाहरुले निःशुल्क सुरक्षित गर्भपतन गराउने गरेका छन् ।

    Advertisement

    गत आर्थिक वर्ष २०७६/०७७ को १२ महिनामा १०३७ जना र २०२० को ६ महिनाको अबधीमा ४९७ जना महिलाले सुरक्षित गर्भपतन गराएको नेपाल परिवार नियोजन संघ बुटवल शाखाको तथ्यांकले देखाएको छ ।

    २०७६/०७७ को १२ महिनामा ७६२ जना महिलाले औषधीको प्रयोगबाट र २७५ जना महिलाले औजारको प्रयोगबाट गर्भपतन गराएका छन् ।

    त्यस्तै २०२० को ६ महिनाको अवधीमा औषधीको प्रयोगबाट ३९९ र औजारको प्रयोगबाट ९८ जान महिलाले सुरक्षित गर्भपतन गराएका छन् ।

    लकडाउनको बन्दाबन्दीको समयमा पनि १८० जना महिलाले निः शुल्क रुपमा सुरक्षित गर्भपतन गराएको नेपाल परिवार नियोजन शाखा बुटवलका प्रवन्धक मोहन बस्यालले जानकारी गराउनुभयो । प्रबन्धक बस्यालका अनुसार बुटवलको परिवार नियोजन शाखाबाट बढी मात्रमा ३० देखि ४० वर्ष उमेर समूहका महिलाले गर्भपतन गराउने गरेका छन् ।

    कानुनी मान्याता आधारमा ८० प्रतिशत महिलाले औषधीको प्रयोगबाट गर्भपतन गराउने गरेका छन् । सुरक्षित गर्भपतन गराउनेमा अविवाहित महिलाको संख्या बुटवलस्थित परिवार नियोजन संघमा न्यून छ ।

    आफ्नो ठेगानासहित पोल खुल्ने डरले अविवाहित महिलाहरु नीजि मेडिकलहरुमा जाने गरेको बताउनुहुन्छ परिवार नियोजन शाखा बुटवलका प्रबन्धक मोहन बस्याल ।

    सरकारले दिएको कानुनी मान्यात अनुसार परिवार नियोजन संघमा निःशुल्क सुरक्षित गर्भपतन गराउंदा रेकर्ड राखिने भएकाले गोपनियताको डरले धेरै महिला नीजि मेडिकलहरुमा जाने गरेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउ छन् ।

    सूचना सार्वजनिक हुने डरले सरकारले मान्यता नदिएका नीजि क्षेत्रका मेडिकलबाट असुरक्षित गर्भपतन गराउने महिलाहरुको कूनै तथ्यांक छैन ।

    बुटवलका नीजि मेडिकलहरुले ठूलो धनराशी असुल गरेर अबैधानिक र असुरक्षित गर्भपतन गराउने गरेको जानकारहरुको भनाइ छ ।

    असुरक्षित गर्भपतनले महिलाको ज्यानसमेत जानसक्ने र स्वास्थ्यमा जोखिम हुने हुंदा सरकारी कानूनी मान्यता अनुसार आधिकारिक स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनु पर्ने बताउनु हुन्छ डाक्टर दिपेश माली ।

    डाक्टर दिपेश मालीका अनुसार गर्भपतन गराउनु भन्दा परिवार नियोजनका साधनको प्रयोग गर्नु स्वास्थ्यका लागि उचित हो । अहिले परिवार नियोजनका साधन अविवाहितका लागि पनि अस्पतालमा निःशुल्क पाइन्छ ।

    अविवाहितले पटक पटक गर्भपतन गराउंदा पछि बच्चा नहुन सक्ने स्वास्थ्य विज्ञहरुको भनाइ छ । महिलाको इच्छा अनुसार १२ हप्तासम्मको गर्भपतनका लागि कानुनले छुट दिएको छ ।

    त्यस्तै बलात्कार, हाडनाता करणीका कारण गर्भवती महिलाको ज्यान नै खतरामा पर्ने प्रमाणित भएमा १२ हप्तादेखि १८ हप्तासम्मको गर्भपतन गरिने नेपालमा कानूनी मान्यता छ ।

    सोमबार, साउन २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.