• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साम्प्रदायिक द्वन्द्वबाट सार्वभौमिकतामाथि आँच पुग्ने तीन किसान सङ्गठनको ठहर


  •   शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । तीन किसान सङ्गठनले सुनसरी घटनाको सन्दर्भमा साम्प्रदायिक द्वन्द्वबाट देशको सार्वभौमिकतामाथि आँच पुग्ने धारणा व्यक्त गरेका छन् । २०८३ साउन १५ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले सो धारणा व्यक्त गरेका हुन् ।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष रामदुलार महतोको हस्ताक्षर रहेको उक्त वक्तव्यमा साम्प्रदायिक द्वन्द्व, उन्माद र उत्तेजना फैलाउने देशीविदेशी तत्त्वको षड्यन्त्रप्रति गम्भीर हुन अपिल गरिएको छ ।

    मृतकलाई यथेष्ठ क्षतिपूर्ति, घाइतेको नि:शुल्क उपचार र दोषीमाथि कारबाहीको माग गरिएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “सुनसरी देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा मेहता परिवारका दुई जना युवा ओमप्रकाश मेहता र जयप्रकाश मेहता, सिरहाको गोलबजारमा अर्का एक युवा गणेश यादवसमेत तीन जनाको हत्या भएको दुखद खबरले हामी तीन जिम्मेवार किसान सङ्गठनलाई गम्भीर र चिन्तित तुल्याएको छ ।

    सरकारले समयमै स्थिति सम्हाल्न र शान्त तुल्याउन नसक्दा स्थितिले विकराल रूप लिएको देखिन्छ । राजधानीमा गरिएको सर्वदलीय बैठकबाट प्रकाशित अमूर्त र अस्पष्ट संयुक्त वक्तव्यले समस्याको मर्मलाई छुन सकेको पनि देखिएन । यसरी जनताको जिउधनको सुरक्षा नहुने र दिनप्रतिदिन स्थिति अराजक बनाउँदै लगेर विदेशी हस्तक्षेप निम्त्याउने खतरा बढ्न थालेको प्रतीत हुँदैछ । धार्मिक तथा साम्प्रदायिक द्वन्द्व, उन्माद र उत्तेजना भड्काएर विभिन्न समुदायका नेपाली जनतालाई परस्पर लडाउने र घृणा फैलाएर एकअर्कामाथि आक्रमण गराउने जुन अवाञ्छित परिस्थिति सिर्जना गरिदैछ, यसले देशको अखण्डता, राष्ट्रिय स्वाधीनता र सार्वभौमितामाथिकै गम्भीर खतरा उत्पन्न गर्न थालेको छ । त्यसैले देश र जनताप्रति जिम्मेवार जनसमुदायका बिच परस्पर शान्ति र सद्भाव चाहने राजनीतिक दल, नागरिक समाज तथा बिद्वत् समुदायलगायत देशका मेरुदण्ड र जीवनदायिनी शक्ति सम्पूर्ण किसानहरू सडकमा उत्रिएर सबै धर्म, संस्कृतिका नेपाली जनतालाई शान्तिसुव्यवस्था कायम गर्न, उत्तेजना र आवेशमा नआउन जोडदार अपिल गर्नु अत्यावश्यक र तत्कालैको ज्वलन्त कदम बन्न गएको हामी औल्याउँछौँ, अन्यथा साम्प्रदायिक महामारीको कुत्सित डढेलो सल्काएर नेपाली समाजमा ताण्डव मच्चाउने र विदेशी हस्तक्षेप बढाउने, देश नै विघटन गराउनेजस्ता आत्मघाती खतरा सङ्घारमै पुगिसकेको गम्भीर स्थिति सिर्जना भएर अवाञ्छित तत्त्वकै स्वार्थसिद्धि हुने कुरा निश्चितप्राय: छ ।

    अत: हामी देशका जिम्मेवार किसान सङ्गठनहरू एकै स्वरले यो अवाञ्छित साम्प्रदायिक हत्याहिंसा रोक्न, फैलिन र दोहोरिन नदिन जोडदार आग्रह गर्दै हत्याकाण्डको चपेटामा परेका मृतक परिवारलाई यथेष्ठ क्षतिपूर्ति, भरणपोषण र रोजगारीका व्यवस्था सरकारले तत्कालै गरोस् र गोली लागेका सम्पूर्ण घाइतेको नि:शुल्क र पूर्ण उपचार गरोस् तथा दोषीलाई कडाभन्दा कडा कारबाही गरोस् । यस्ता दुखदायी घटना दोहोरिन र फैलिन नदोओस् तथा नेपालमा बसेर र पसेर यस्ता षड्यन्त्र मच्चाउने तत्त्वमाथि कडा निगरानी राखोस् र अपराधीमाथि अधिकतम कडा कारबाही गरोस् भन्नेसमेत जोडदार माग गर्दछौँ । किसान दाजुभाइका परिवारले अनाकहमा आफ्ना सन्तान गुमाउनुपरेको दुखद घडीमा मृतकप्रति दु:खका साथ हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त सबै किसान परिवारमा गहिरो समवेदना प्रकट गर्दछौँ ।”

    शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.