• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

भ्याली पब्लिक फुटसल आजदेखि

बुधबार, आजका लागि कृषिउपजको थोक मूल्य

शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी


  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ, साउन १३ । अखिल (छैठौँ) का केन्द्रीय अध्यक्ष सुवास जिसीले शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । शिक्षा क्षेत्रमा लगातार देखिएका विवाद, नीतिगत अस्थिरता तथा परीक्षा व्यवस्थापनमा भएका कमजोरीको नैतिक जिम्मेवारी शिक्षामन्त्रीले लिनुपर्ने उनको भनाइ छ ।

    Advertisement

    एक भिडियो मन्तव्य सार्वजनिक गर्दै जिसीले शिक्षामन्त्री पोखरेलको कार्यकालमा एसईई र कक्षा १२ को नतिजा प्रकाशनका क्रममा गम्भीर त्रुटि भएको, प्रश्नपत्र चुहावटसम्बन्धी विवाद सिर्जना भएको तथा शिक्षा प्रशासनमा अव्यवस्था बढेको आरोप लगाए । उनले यस्तो अवस्थाले विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको बताए।

    उनका अनुसार सुशासन, पारदर्शिता र प्रणालीगत सुधारको प्रतिबद्धता जनाएको सरकारले शिक्षा क्षेत्रमा भने अपेक्षित सुधार गर्न सकेको छैन ।

    जिसीले विश्वविद्यालय सुधारका नाममा विद्यार्थी संगठनमाथि प्रहार गर्न खोजिएको आरोप लगाउँदै लोकतान्त्रिक समाजमा विद्यार्थी संगठनहरू शिक्षा क्षेत्रका विकृति र विसंगतिविरुद्ध आवाज उठाउने महत्वपूर्ण माध्यम भएको बताए । विद्यार्थी संगठनलाई कमजोर बनाउने प्रयास लोकतान्त्रिक अभ्यासविपरीत रहेको उनको भनाइ छ ।

    उनले भारतमा प्रवेश परीक्षा (NEET) सम्बन्धी प्रश्नपत्र चुहावट विवादपछि विद्यार्थी आन्दोलन चर्किएको र त्यसको नैतिक जिम्मेवारी वहन गर्न त्यहाँका शिक्षामन्त्रीले पद छाड्नुपरेको उदाहरण दिँदै नेपालमा पनि शिक्षा क्षेत्रमा देखिएका विवादको जिम्मेवारी शिक्षामन्त्रीले लिनुपर्ने बताए ।

    त्यसैगरी, शिक्षामन्त्रीमाथि आफन्त नियुक्ति, प्रश्नपत्र चुहावटसम्बन्धी विवाद, शिक्षा नीतिमा पटक–पटक निर्णय गरेर फिर्ता लिने प्रवृत्ति तथा निजी शैक्षिक संस्थाको दबाबमा सरकारी निर्णय परिवर्तन गरेको आरोप पनि जिसीले लगाए।

    विदेश अध्ययनका लागि विद्यार्थी पठाउने शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थालाई नियमन गर्ने कानुन निर्माणदेखि निजी विद्यालयसँग सम्बन्धित समता शुल्कको निर्णयसम्म सरकार दबाबमा पछि हटेको भन्दै उनले यसले सरकारको निर्णय क्षमता र विश्वसनीयतामाथि प्रश्न उठाएको बताए ।

    लोकसेवा आयोगको पदसंख्या व्यवस्थापनसम्बन्धी निर्णयप्रति पनि असन्तुष्टि व्यक्त गर्दै उनले वर्षौँदेखि तयारी गरिरहेका हजारौँ विद्यार्थीलाई असर पर्ने गरी सरकारले पर्याप्त तयारीबिनै निर्णय गरेको आरोप लगाए ।

    शिक्षा क्षेत्रमा देखिएका पछिल्ला घटनाक्रमले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्दै जिसीले शिक्षामन्त्री सस्मित पोखरेल अब नैतिक रूपमा पदमा बसिरहन नमिल्ने दाबी गरे । उनले तत्काल राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न सरकारसँग माग गरेका छन् ।

    बुधबार, साउन १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित
    भ्याली पब्लिक फुटसल आजदेखि
    बुधबार, आजका लागि कृषिउपजको थोक मूल्य
    मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ
    सुनसरी घटनाको सन्दर्भमा
    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

    • २.
      भ्याली पब्लिक फुटसल आजदेखि

    • ३.
      बुधबार, आजका लागि कृषिउपजको थोक मूल्य

    • ४.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ५.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • ६.
      सुनसरी घटनाको सन्दर्भमा

    • ७.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ८.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.