• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राज्यसत्ता


  •   मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    ईसापूर्व चार हजार वर्षपहिले दासव्यवस्था भएको समयमा राज्यसत्ता सुरु भएको थियो । दासलाई कजाउने, दासविद्रोह दबाउने र दास भगाउनेलाई कारबाही गर्ने तीनओटा उद्देश्यसहित राज्यसत्ताको पहिलो रूप गठन भएको थियो । आदिम साम्यवादी व्यवस्थाको साढे नौ लाख वर्षसम्म राज्यसत्ताको नामनिसाना केही थिएन, किनभने मान्छेले मान्छेलाई गर्ने शोषणको आधार व्यक्तिगत सम्पत्तिको सुरु भएको थिएन ।
    पशुपालन र खेतिपाती सुरु भएपछि त्यसको लागि धेरै मानवश्रम आवश्यक र उपयोगी भयो । मानव समाजमा आफ्नो इलाकारक्षाका लागि लडाइँ पहिले पनि हुने गर्दथ्यो तर लडाइँ हार्नेका हतियार र अन्य सामग्री, आफ्ना बनाएर उनीहरू सबैलाई मार्ने गरिन्थ्यो । श्रमको आवश्यकता भएपछि हरुवालाई मार्नेको सट्टा आफ्ना दास बनाउने चलन सुरु भयो । त्यसो गर्दा दोहोरो फाइदा महसुस भयो । जित्नेहरूले खेती गर्ने र पशुपालन गर्ने काममा हरुवाहरूलाई निर्ममतापूर्वक काम गराउन पाइयो । बढी उत्पादन भएर आफ्ना आवश्यकता पूरा गर्न पाइयो । दास बन्नेका लागि आफू बाँच्न पाउने भएपछि आफ्नो लागि बरदान भएको महसुस भयो । त्यसरी दास र दासका मालिकको सम्बन्ध स्थापित भएको थियो ।

    समय बित्दै जाँदा वर्गको स्पष्ट रेखा कोरियो । दासमालिकको वर्ग एउटा, दासको वर्ग एउटा र स्वतन्त्र किसानको वर्ग एउटा हुन गयो । स्वतन्त्र किसानको कित्तालाई छाडेर मालिकले दासलाई कजाउन छुट्टै बलिया र हतियारसहितका मान्छे नियुक्त गरेर दासका कामकारबाही निगरानी गर्ने चलन सुरु भयो । दासलाई थुन्ने, मार्ने, कायम पार्ने र त्यो शक्तिलाई सशक्त बनाउँदै लगियो । सेवासुविधा तोक्ने र जिम्मेवारीको मूल्याङ्कन गरेर जिम्मेवारी थपघट गराउने गरियो । मालिकको इच्छा, चाहना र आवश्यकता पूरा गर्ने राज्यसत्ताको रूप भयो ।

    दासप्रति निर्मम दमन बढ्दै गएपछि ईसापूर्व पहिलो शताब्दीमा स्पार्टाकसको नेतृत्वमा एक लाखभन्दा बढी दासहरू मालिक विरुद्धको विद्रोहमा निस्किएपछि दासव्यवस्था चल्न सक्ने अवस्थामा रहेन । दासव्यवस्था समाप्त भयो । राज्यसत्तामा रूपान्तरण भएर सामन्ती राज्यसत्तामा परिणत भयो । त्यसपछि मान्छेको मालिक मान्छे हुने र बनाउने कामको सट्टा मालिक जग्गाजमिनका हुने भए । आफ्नो स्वामित्वमा रहेको जग्गामा उत्पादन गर्न किसान परिवार राख्ने चलन सुरु भयो । राज्यसत्ताले जग्गाका मालिक सामन्तको सेवामा किसानलाई कजाउने काम गर्न थाल्यो । किसानबाट बेठबेगारको तिरो जिन्सी सामानको तिरो र नगद तिरो लिएर काम सञ्चालन भयो । सामन्तले ठाँटबाँठ, धाकरबाफको जीवन बिताउदै सुन्दरीसँग प्रेम गर्ने र विरोधीसँग लडाइँ लड्ने काम भयो । राज्यसत्ताका अङ्ग भाइभारदार, सेना, प्रहरी, कर्मचारी सबैको नेतृत्वलाई जग्गा दिएर किसानलाई शोषण गर्दै गए ।

    सामन्तको नाइके राजतन्त्र र भाइभारदार भई सञ्चालन भएको राज्यसत्ता करिब पन्ध्र सय वर्षसम्म सञ्चालन भयो । व्यापार, व्यवसायको वृद्धि र विस्तार पनि हुँदै गयो । पुँजीपति वर्गको विकास र उद्योगधन्दाको स्थापना र सञ्चालन बढ्दै गयो । वर्गीय स्वार्थ विभाजन भयो । व्यापार व्यवसाय उद्योगधन्दा आफ्नो भएको पुँजीपति वर्ग र जग्गाजमिन तथा परम्परागत धर्मसंस्कृतिसहितको सामन्ती राजतन्त्र परस्पर विरोधी शक्ति हुन गए । सहरमा मजदुरको साथ र सहयोगसहितको पुँजीपति वर्ग रहन गयो । गाउँमा जग्गाजमिन र परम्परागत धर्मसंस्कृतिसहितको सामन्ती शासन हुँदासम्म पनि पुँजीपति शासक बन्न पाएन । शासित भएर नै काम गर्नुपर्ने अवस्था पुँजीपति वर्गको हुन गयो । पुँजीपति वर्ग प्रगतिशील शक्ति भएकाले आफ्ना उदार पुँजीवादी योजना र कार्यक्रम घोषणा गर्दै गयो । आफ्नो शक्तिविस्तार गर्दै गयो । पुँजीपति वर्ग नेता र मजदुर वर्ग कार्यकर्ता भई सशस्त्र सङ्घघर्ष सञ्चालन गरेर राज्यसत्ता कब्जा पनि गर्दैै गयो । आवधिक चुनाव, नाफा कमाउन छुट, पार्टी खोल्न छुट, बहुमत हुने पार्टीको सत्ता, अल्पमतको प्रतिपक्ष, न्यायको शासन आदि सबै उसका उदार नारा भए ।

    सम्पत्तिमा मालिकको तेस्रो राज्यसत्ता भए पनि विधान, घोषणापत्रसहितको पुँजीवादी राज्यसत्ता पहिलो राज्यसत्ता हो । जनताले मतदान गरेर विजयी हुने पार्टीले राज्यसत्ता सञ्चालन गर्ने र नियमकानुन सबैलाई समान रूपले लागु हुन्छ । व्यक्तिगत सम्पत्ति थप्न र नाफा कमाउन सबैलाई छुट हुने नियम भयो । सामन्तको गर्भमा जन्मेर हुर्केको पुँजीपति वर्ग सजिलै शासक हुन पाएको होइन, अनेक अनेक दु:खकष्ट झेल्दै, धेरै हार ब्यहोर्दै राज्यसत्ताको बागडोर सम्हाल्न पुगेको हो ।

    मानव इतिहासमा पुँजीपति वर्गले धेरै प्रगतिशील काम गरेको छ । गाउँगाउँमा छरिएर रहेका जनतालाई ठुलाठुला सहरतर्फ केन्द्रित गरेको छ । एक्लाएक्लै काम गरेका किसान–मजदुरलाई हजारौँको सङ्ख्यामा एकत्रित गरेर सँगसँगै काम गर्ने गरी केन्द्रीकृत गरेको छ । समाजमा प्रतिष्ठासहित काम गर्ने प्रावधिक, डक्टर, इन्जिनियर, वैज्ञानिक, पुरोहित, प्राध्यापक, शिक्षक, बैद्य, पण्डित आदि सबैलाई आफ्ना वेतनभोगी कर्मचारीमा रूपान्तरण गरेको छ । त्यसका साथसाथै आवादीका सबै क्षेत्रबाट आफ्नो चिहान खन्ने सर्वहारा वर्गको व्यक्तिलाई पनि उत्पादन गरिरहेको छ । सर्वहारा वर्ग यस्तो आधुनिक मजदुर वर्ग हो, जसको व्यक्तिगत सम्पत्तिको स्वामित्व सबै गुमाइसकेको छ । उसैले सम्पत्तिलाई सामूहिक स्वामित्वमा रूपान्तरण गरेर आफूसहित समाजका सबै श्रमजिवी वर्गलाई मुक्त गर्नेछ । अहिलेसम्मको मानव समाजमा तीनोटै राज्यसत्तामा व्यक्तिगत सम्पत्तिका मालिकको नेतृत्वमा सञ्चालन भएका समाज हुन् ।

    मान्छेको मालिक मान्छे भएको दाससमाज हो । जग्गाको मालिक मान्छे भएको र जीविका सञ्चालनको लागि खेती गर्ने जग्गा मुख्य वस्तु भएको सामन्ती व्यवस्था हो । सामन्ती व्यवस्था भएको सामन्ती समाज हो । वर्तमान पुँजीवादी समाजमा जग्गाजमिन, उद्योगधन्दा, व्यापारव्यवसाय, सुनचाँदी, वस्तुभाउ, नगद, बैङ्क सबै व्यक्तिगत सम्पत्ति धेरै भएको पुँजीपति वर्ग मालिक र उसका ज्यालादारी मजदुर/मालिकले नाफा कमाउने पुँजीवादी व्यवस्था हो । तीनोटै व्यवस्था मालिकको सेवाका लागि काम गर्ने राज्यसत्ता हुन् तर चौथो समाजवादी राज्यसत्ता सर्वहारा वर्गको सेवा गर्ने राज्यसत्ता हो ।

    राज्यसत्ता दमनको औजार हो । आफ्ना विरोधी वर्गलाई बाध्यतासहित काम गराउने र गराइरहने साधन हो । अहिलेसम्मका राज्यसत्ताको काम आफ्ना धनसम्पत्तिका मालिकको सेवासुविधामा कत्ति पनि फरक नपारीकन उत्पादक वर्गलाई काममा खटाउने उद्देश्यसहितका राज्यसत्ता हुन् । यी व्यवस्थाको अन्तिम रूप पुँजीवादको एकाधिकारी साम्राज्यवादी व्यवस्था हो । व्यक्तिगत स्वामित्वका मालिकका लागि यहाँभन्दा उच्च अवस्थाका अरू व्यवस्था हुन सक्दैनन् । यो व्यवस्था पनि व्यापारिक पुँजीवाद र प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवादलाई पार गरेर आफ्नो अन्तिम र मरणासन्न एकाधिकारी साम्राज्यवादी पुँजीवादको रूपमा अस्तित्व बचाएको छ । यो व्यवस्था न त यस्तै रहन सक्छ, न रूपान्तरण भएर अगाडि जाने ठाउँ छ । यसको स्वाभाविक परिणाम अब हुने समाजवादी समाज हो । त्यस व्यवस्थाको नेतृत्व सर्वहारा वर्गको हुने र मजदुर किसानको राज्यसत्ता हुने निश्चित छ । अबको समयमा राज्यसत्तालाई बलियो र सुदृढ बनाएर होइन, यसलाई कामविहीन बनाएर आफै बैलाउँदै समाप्त पार्ने हो । त्यसका लागि उत्पादक वर्गको सङ्गठन निर्माण र विस्तार गरेर राज्यसत्तामा आमूल परिवर्तन गराउने हो । यो राजनीतिक काम हो । यसको राजनीतिक दस्तावेज सन् १८४८ मा प्रकाशित कम्युनिस्ट पार्टीको घोषणापत्र हो । त्यो घोषणापत्र प्रकाशित हुनुभन्दा पहिले संसारका मान्छे सबै भाइभाइ हौँ भन्दै मजदुरहरू पुँजीपति वर्गको नेतृत्वमा गोलबन्द भई सामन्ती राज्यसत्ताका विरुद्ध युद्ध गरेर पुँजीपति वर्गलाई सत्तासिन बनाउँदै थिए । त्यो घोषणापत्रले संसारका सबै मान्छे भाइभाइ होइनौँ, मजदुरलाई शोषण गर्ने र आफ्नो सेवासुविधा बढाउने पुँजीपति वर्गका मान्छे शत्रु हुन् । मजदुरको मुक्ति मजदुरबाहेक अरू कसैले गर्दैन । त्यसकारण संसारका मजदुर एक होऔँ भन्ने शीर्षवाक्यसहित सर्वसाधारण मजदुरको नेतृत्वमा सङ्गठित भई राजनीतिक आन्दोलन उठाएर राज्यसत्तामा आमूल परिवर्तन गर्नुपर्छ । राज्यसत्तालाई उन्मूलन गर्न आह्वान गर्दै आदर्श नागरिकको समाज बनाउनुपर्दछ ।

    कम्युनिस्ट घोषणापत्र मजदुरको वर्गीय मुक्तिको बौद्धिक हतियार हो । त्यो प्रकाशित हुनुभन्दा पहिले मजदुरहरू आफ्नो शत्रु पुँजीपति वर्गको नेतृत्वमा सङ्गठित भई युद्ध जिते र पुँजीपति वर्गलाई सत्तासिन बनाए । कम्युनिस्ट घोषणापत्र प्रकाशित भएपछि पुँजीपति वर्गले पहिले अध्ययन गरेर उसको शत्रु सामन्तसँग गठबन्धन गर्न पुगे । त्यसकारण अबको आन्दोलन राजनैतिक आन्दोलन हुनुपर्ने र राज्यसत्ता सर्वहारा वर्गको नेतृत्वमा कब्जा गर्नुपर्ने जिम्मेवारी मजदुरको काँधमा थपिएको छ ।

    पुँजीपति वर्गलाई जन्माउने, हुर्काउने, बढाउने र उसको अस्तित्व बचाउने सबै काम मजदुरले गरेका हुन्, अहिले पनि गरिरहेका छन्, जबकि आवश्यकता मजदुरहरू आपसमा सङ्गठित भएर शक्तिनिर्माण गर्ने र पुँजीपति वर्गका विरुद्ध सङ्घर्ष गरेर उसलाई समेत सर्वहारा वर्गको नेतृत्वमा काम गराउने अवस्थासम्म पुग्ने हो ।

    संसारका मान्छे सबैलाई भाइभाइ हुन नदिने व्यक्तिगत स्वामित्वको सम्पत्ति हो । त्यसले सम्पन्नताको र विपन्नताको दुरी फराकिलो बनाइरहेको छ । सम्पत्ति सामूहिक स्वामित्वमा लैजाने र सर्वहारा वर्गको नेतृत्वमा सबैले काम गर्ने र योग्यताअनुसार काम गर्ने हुन पर्दछ । त्यसपछि मात्र शत्रुता सधैँका लागि समाप्त हुनेछ । राज्यसत्ताको औचित्य र काम पनि सधैँका लागि समाप्त हुनेछ । पुँजीपति वर्ग बन्न नसक्ने र सर्वहाराको आफ्नो वर्गीय अस्तित्व पनि समाप्त हुनेछ । समाजवादी राज्यसत्ता त्यही काम गर्ने र त्यही उद्देश्य पूरा गर्नका लागि हो । राज्यसत्तामा भएका मान्छेहरू पनि जनता सँगसँगै काम गर्दै जानेछन् । पुँजीपति वर्गको मान्छे पनि जनताभन्दा छुट्टै र उच्च सुविधासहितको हुन सक्ने छैन । छुट्टै हुन नपाउने गरी एउटा नागरिकको जिम्मा पूरा गर्नु हुनेछ । त्यसपछि राज्यसत्ताको अस्तित्व पनि मेटिने हो । त्यस्तो अवस्थामा नपुग्दासम्म राज्यसत्ताको आवश्यकता पर्दछ ।

    वर्तमान राज्यसत्ताले मान्छेमान्छेमा विभाजन ल्याएर सेवासुविधाको खाडल फराकिलो पारेको छ । राज्यसत्ताले मान्छेमान्छेबिच शत्रुता बढाउँदै लैजाने काम गरेको छ । जनताको पसिनाबाट जम्मा भएको रकम पुँजीपति वर्गमा जम्मा गराएको छ ।

    राज्यसत्ता बलप्रयोगको लागि गठन गरिएको थियो । व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन रहँदासम्म निरन्तर बलप्रयोग गरिरहनु पर्दछ । पुँजीवादी राज्यसत्ता रहँदासम्म जनताबिच सामूहिक स्वार्थको कुरा व्यावहारिक रूपमा लागु हुन सक्दैन । राज्यसत्तामा संलग्न व्यक्तिहरू समाजका अरू व्यक्तिभन्दा माथि भएर जनतालाई शासन गर्न बाध्य पारिएका हुन्छन् । जबसम्म तिनीहरूलाई पनि अरू श्रमजीवी जनतालाई सरह योग्यताअनुसार काम गराउन सकिन्न । तिनीहरू जनतासँग एकाकार हुन सक्दैनन् । जनतालाई सबैभन्दा अप्ठेरोमा पार्ने रोजगारीको समस्याले हो । राज्यसत्ताका मान्छे सबै रोजगार छन् । उनीहरूलाई थप सुविधास्वरूप भ्रष्टाचार उनीहरूको हातमा छ ।

    राज्यसत्ता दुइटा महत्त्वपूर्ण अधिकारसहित छ । एउटा दमन गर्ने तालिम प्राप्त सशस्त्र सेनासहित छ । यिनै कारणले गर्दा राज्यसत्ता सर्वसाधारण जनताभन्दा अलग माथि र शासकको रूपमा कायम छ । अर्को कुरा राज्यसत्तामा निर्णय गर्ने र त्यसलाई कार्यान्वयन गर्ने निकाय एउटै छैन । ती दुवै काम अलगअलग संस्थाले गर्दछन् । निर्णय गर्ने संस्थाले राम्रो निर्णय गरे पनि कार्यान्वयन गर्ने संस्थाले आफ्नो हिसाबले, आफ्नो स्वार्थलाई ख्याल गरेर आफ्नो पक्षमा हुने गरी कार्यान्वयन गर्छ । फेरि निर्णय गर्ने संस्थालाई वा निर्णयकर्तालाई कार्यान्वयनको पक्षको जानकारी पनि हुन्न । दुवै पक्षले जनतामिाथ उत्पीडन थप्ने काम गर्छन् ।

    खुलाबजार अर्थतन्त्रअन्तर्गत जीवनका आवश्यकता सबै क्षेत्रमा नाफा कमाउन छुट हुन्छ । एकातिर रोजगारी छैन, अर्कोतिर शिक्षा, स्वास्थ्य र आवश्यकता अरू सबै क्षेत्रमा नाफा कमाउन भएको छुटले समाजमा शोषणको रस्साकस्सी चल्दछ । व्यक्तिगत स्वामित्वको कुरा नउठाईकन खुरुखुरु काम गर्ने इमानदार नोकर उत्पादन गर्ने काम भइरहन्छ । शोषितहरू सङ्गठित भएर आफ्नो शक्ति प्रदर्शन गर्ने प्रयत्न आवश्यकता पनि हो । वर्तमान राज्यसत्ता परम्परागत धर्मसहित हुन्छ र जनतालाई शोषण सहेर सम्झौता गर्न र सङ्गठित शक्तिसहित आन्दोलन गर्न प्रोत्साहन गरिरहन्छ । निर्मम भ्रष्टाचार भइरहन्छ ।

    कम्युनिस्ट पार्टीले पूर्णकालीन कार्यकर्ता बनाउने र सर्वहाराकरण गर्ने दुइटै कामलाई प्राथमिकताका साथ अघि बढाउँछ । त्यसबाट पार्टीले जनताप्रति समर्पित कार्यकर्ता उत्पादन गर्ने उद्देश्य रहन्छ । त्यसका लागि अध्ययन, प्रशिक्षण, सङ्गठन, सङ्घर्ष र निरन्तरता आवश्यकता पर्दछ ।

    सर्वसाधारण जनताले कम्युनिस्ट पार्टीको सदस्यता लिएर कायम राख्न सक्दैन । त्यसका दुईओटा कारण छन्– एउटा समाजमा आमूल परिवर्तन गर्ने विचारभन्दा पहिले धर्म र परम्पराले दिमागमा बलियो आसन जमाएको हुन्छ । त्यसलाई हटाएर आमूल परिवर्तनको विचारले विस्थापन गर्न सक्दैनन् । दोस्रो– दैनिक समस्या आपूर्तिको समस्याले दायाबाया चाइचुइँ गर्नै पाउन्नन् । त्यसकारण अलि सचेत र चेतनास्तर उच्च भएकाले मात्रैले कम्युनिस्ट पार्टीको सदस्यता लिन र कायम राख्न सक्नेछन् । तिनीहरूमध्ये केही छानिएका व्यक्ति मात्रै पूर्णकालीन सदस्य हुन सक्छन् । सर्वहाराकरणको समस्या झन् उच्चस्तरको समस्या हो ।

    जनताको राजनैतिक चेतना निम्न भएका कारण राजनैतिक कार्यकर्ताको लामो सम्पर्कपछि मात्र उनीहरू पार्टीप्रति आकर्षित हुने हुन् । कम्युनिस्ट पार्टी जनताको पक्षमा काम गर्ने पार्टी हो । जनता आपसमा सङ्गठित भएर आफ्ना समस्या आपसी सल्लाहबाट समाधान गर्न नसकेको अवस्थासम्म राज्यसत्ता शक्तिशाली रहिरहने हो ।

    राज्यसत्ता परिजीवी संस्था हो । जनताको शोषणमा टिकेको हुन्छ, सम्पन्न वर्गको हुन्छ र प्रतिक्रियावादी चरित्रको हुन्छ । जनतालाई सचेत पार्ने काम गर्न पार्टीले चारोटा काम गर्नुपर्छ– १) पार्टीका प्रकाशन (पुस्तक, पत्रपत्रिका) पढाउने; २) आफ्नो नेताको भाषण सुनाउने; (३) आफ्ना प्रशिक्षकबाट प्रशिक्षण गराउने र ४) आफ्ना सांस्कृतिक कलाकर्मीबाट सांस्कृतिक कार्यक्रम प्रदर्शन गराउने । यी कुनै पनि काम एक्लै गर्न सकिन्न, सङ्गठन चाहिन्छ । जनताको आन्दोलन विजयी भएर प्रतिक्रियावादी राज्यसत्ता विस्थापन हुने हो । आफ्नो वर्गको राज्यसत्तामा जनतालाई सङ्गठित बनाउन सजिलो हुन्छ । मजदुर, किसानको राजनैतिक चेतनास्तर उच्च बनाउन बुद्धिजीवीको पनि महत्त्वपूर्ण योगदान हुन सक्छ ।

    मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.