• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी


  •   शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको अड्चालिसौँ स्मृतिदिवसका अवसरमा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका’ विषयक विचारगोष्ठी सम्पन्न भएको छ ।

    २०८३ साउन ८ गते शुक्रबार पुष्पलाल मित्रता केन्द्रको आयोजनामा नयाँबानेश्वरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा लिखित मन्तव्य राख्दै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारलाई अमेरिकी साम्राज्यवादको ‘कठपुतली’ सरकार भएको संज्ञा दिनुभयो ।

    नेपाल शक्तिराष्ट्रको युद्धभूमि बन्ने खतरा रहेको स्पष्ट पार्दै उहाँले एमसिसीमार्फत अमेरिकाले नेपालको भूमि प्रयोग गरी तिब्बतमा हस्तक्षेप गर्ने रणनीति बनाएको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो– ‘यसले नेपालको सार्वभौमसत्तामाथि चुनौती सिर्जना गरेको छ ।’

    सिंहले वामपन्थी आन्दोलनभित्र बढ्दो सम्झौतापरस्त प्रवृत्ति र पुराना दलको कुशासनका कारण जनतामा निराशा बढेको तथा त्यसले पश्चगामी शक्तिलाई बल पुगेको विश्लेषण अगाडि सार्नुभयो ।

    वर्तमान सङ्कट समाधानका लागि वामपन्थीले माक्र्सवादी सिद्धान्तअनुसार आफूलाई रूपान्तरण गर्दै लोकतान्त्रिक शक्तिसँग कार्यगत एकता गर्नुपर्नेमा उहाँको जोड थियो ।

    गणतन्त्र, धर्मनिरपेक्षतालगायतका उपलब्धिको रक्षा अहिलेको मुख्य कार्यभार भएको उल्लेख गर्दै दीर्घकालीन रूपमा नयाँ जनवादी क्रान्तिमार्फत समाजवादतर्फ अघि बढ्नु वाम आन्दोलनको रणनीतिक लक्ष्य हुनुपर्ने उहाँको भनाइ थियो ।

    नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनतामाथि बाह्य दबाब र हस्तक्षेप बढ्दै गएको तथा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउन थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

    उहाँले मुलुकमा देखिएको सङ्कटको सामना गर्न सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिबिच साझा विमर्श र सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

    दाहालले पछिल्लो समय कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा आफ्नै पक्षका कमजोरी रहेको स्वीकार गर्दै वैचारिक स्कुलिङलाई बेवास्ता गरिएको, दीर्घकालीन रणनीतिभन्दा सरकार गठन र सत्ता समीकरणमा बढी केन्द्रित भएको तथा रणनीति र कार्यनीतिबिचको भिन्नता बिर्सिएको बताउनुभयो ।

    परिवर्तनविरोधी शक्तिले दीर्घकालीन रणनीतिका साथ कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन प्रयास गरिरहेको दाबी गर्दै त्यसप्रति सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

    नेकपाका नेता माधवकुमार नेपालले पुष्पलालको शालिक तोडफोड भएको घटनालाई निन्दनीय र अपराधपूर्ण कार्यको संज्ञा दिँदै दोषीमाथि तत्काल छानबिन गरी कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

    उहाँले देशको राष्ट्रियता, स्वाभिमान र भौगोलिक अखण्डतामाथि विभिन्न चुनौती देखा परेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

    पुष्पलालले अघि सारेका राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका मूल आदर्शलाई केन्द्रमा राखेर वाम आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

    नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मुलुकले विगत सात दशकमा हासिल गरेका राजनीतिक उपलब्धि सङ्कटमा परेको भन्दै वर्तमान परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभयो ।

    उहाँले गत वर्ष भदौ २३ र २४ का घटनालाई लोकतान्त्रिक उपलब्धि समाप्त पार्ने योजनाबद्ध पश्चगमनको प्रयासको संज्ञा दिँदै त्यसका विरुद्ध सबै लोकतान्त्रिक शक्तिहरू सचेत हुनुपर्ने बताउनुभयो ।

    ज्ञवालीले वर्तमान सरकार र प्रधानमन्त्रीप्रति असन्तुष्टि व्यक्त गर्दै संविधान संशोधनका नाममा जनअधिकार कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीले नेपालको वर्तमान राजनीतिक उपलब्धि अत्यन्त संवेदनशील अवस्थामा पुगेको दाबी गर्दै देश नयाँ उपनिवेशवादी अवस्थातर्फ धकेलिएको बताउनुभयो ।

    उहाँले अमेरिकी साम्राज्यवादले नेपाली सेनामाथि प्रभाव विस्तार गरेको तथा विभिन्न राजनीतिक शक्तिलाई प्रयोग गरेर ‘सफ्ट कू’ सञ्चालन गरेको आरोपसमेत लगाउनुभयो ।

    जगन्नाथ खतिवडाको सभापतित्व तथा जयन्ती राईको स्वागत मन्तव्यसँगै अघि बढेको सो कार्यक्रममा प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्य, विभिन्न कम्युनिस्ट पार्टीका केन्द्रीय नेता, प्रतिष्ठानका अध्यक्ष, बुद्धिजीवी तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    सो अवसरमा उपस्थित अतिथि तथा सहभागीले पुष्पलालको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो भने नेकपाका नेता चिरन पुनले साङ्गीतिक कोसेली प्रस्तुत गर्नुभएको थियो ।

    शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.