काठमाडौँ । राष्ट्रिय जनमोर्चा रुपन्देहीले नौ फरक फरक विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
२०८३ साउन ७ गते बिहीबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापन बुझाइएको हो ।
ज्ञापनपत्र बुझाउन राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम, राजमो केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष इन्दिरा ज्ञवाली, जिल्ला समितिका सचिव केपी पोखरेल, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ र राजमो रुपन्देहीका विष्ण्ॉ श्रीनेतको सहभागिता रहेको थियो ।
ज्ञापनपत्रमा राष्ट्रियता, स्वाधीनता र वैदेशिक हस्तक्षेप, सीमाक्षेत्रमा हुने ज्यादती र अतिक्रमण, सीमाक्षेत्रमा हुने लागुऔषधको अवैध ओसारपसार, नदीजन्य पदार्थको अत्यधिक दोहन र अवैध तस्करी, सुकुम्वासी, अव्यवस्थित बसोबासी र सडक व्यापारीमाथिको गैरसंवैधानिक धरपकड र बलप्रयोग, अचाक्ली महँगी र कालोबजारी, सहकारी ठगी र नागरिकको बिचल्ली तथा करप्रणालीमा सुधारजस्ता विषयमा पार्टीको धारणा राखिएको छ ।
ज्ञापनमा उपर्युक्त विषयमा ठोस कदम उठाउन नेपाल सरकार र स्थानीय प्रशासनसँग माग गरिएको छ ।



