• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रधानमन्त्री शाहमा शक्ति केन्द्रीकृत गर्ने महत्त्वाकाङ्क्षा बढेको हो ?


  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहमा शक्तिकेन्द्रित गर्ने महत्त्वाकाङ्क्षा बढ्न थालेको हो ? यतिखेर राजनीतिक वृत्तमा यस खालको आशङ्का उत्पन्न भएको छ ।

    Advertisement

    अर्थमन्त्री र अर्थमन्त्रालयको अधिकारलाई खारेज गराएसँगै परराष्ट्र मामिलामा उनको यस्तै अर्को महत्त्वाकाङ्क्षा खुलेको हो ।

    यस सन्दर्भमा प्रधानमन्त्री बालेन्द्रले परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नदिई आफ्ना प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (बेन) लाई दिल्ली पठाएर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गराएका छन् ।

    जुलाई महिनाको पहिलो साता भएको भनिएको कुमार बेन र अजित डोभलको भेटवार्ताबारे परराष्ट्र मन्त्रालयलाई अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन । प्रधानमन्त्री वा उनका सल्लाहकार बेनले यसबारे परराष्ट्र मन्त्रालयसँग केही कुरा गरेका छैनन् ।

    परराष्ट्रका एक उच्च अधिकारीले उक्त भेटवार्ता भएको पुष्टि गरे पनि छलफलको एजेन्डाबारे मन्त्रालयलाई कुनै जानकारी नदिइएको बताए ।

    प्रधानमन्त्री, मन्त्री वा सरकारका कुनै पनि उच्च प्रतिनिधिले विदेशी नेता वा प्रतिनिधिसँग गोप्य नभेट्ने बालेन सरकारको अघोषित नीति र अहिलेसम्मको अभ्यास विपरीत प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनले डोभलसँग एकल भेट गरे ।

    प्रधानमन्त्री बालेनका दूतका रूपमा बेनले डोभलसँग गरेको भेटमा उनीहरूबिच के कुरा भयो भन्ने नेपाल सरकारको कुनै पनि रेकर्डमा रहने छैन, किनभने त्यहाँ परराष्ट्र मन्त्रालयका कुनै पनि प्रतिनिधि उपस्थित थिएनन् ।

    कुमार बेनको गुपचुप दिल्ली भ्रमणबारे सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने भने जानकार रहेको पाइएको छ ।
    पार्टीका केही निकट नेताले यो भेटवार्ताबारे जिज्ञासा राख्दा सभापति लामिछानेले बेनले आफूलाई जानकारी गराएरै दिल्ली गएका हुन् भन्ने जबाफ दिएको बताइएको छ ।

    पार्टीसित सरकारको सन्तुलन ?

    रास्वपा सभापति लामिछाने आफ्ना दुई निकट नेता विपिन आचार्य र दीपक बोहोरालाई लिएर जेठ तेस्रो साता दिल्ली भ्रमणमा गएका थिए । सत्तारूढ भाजपाको निम्तोमा दिल्ली गएका लामिछानेले प्रधानमन्त्री मोदी, विदेशमन्त्री एस जयशङ्करदेखि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललगायत उच्चस्तरीय नेतासँग भेटवार्ता गरेका थिए ।

    लामिछानेले भारतबाट पाएको भव्य स्वागतका कारण दिल्लीको संस्थापन पक्षसँगको सम्पर्कमा आफू पछाडि पर्ने संशय प्रधानमन्त्रीलाई उत्पन्न भएको कि भन्ने आशङ्का गरिएको छ । यही संशयका कारण उनले परराष्ट्रलाई बाइपास गरेर आफ्ना विश्वासपात्र बेनलाई कूटनीतिक भेटघाटमा सक्रिय गराएको हुन सक्ने अनुमान गरिएको छ ।

    बेनलाई भारत पठाएर प्रधानमन्त्री बालेन्द्रले दिल्लीसँग रास्वपामार्फत होइन, सिधै आफूले सम्पर्क स्थापित गर्न चाहेको सन्देश दिएको चर्चा राजनीतिक वृत्तमा छ ।

    पार्टीभित्रको शक्ति सन्तुलन ठिक ठाउँमा राख्न पनि यो सम्पर्क उपयोगी हुने प्रधानमन्त्रीको टिमले सोचेको हुन सक्ने रास्वपाका एक नेता बताउँछन् । यसरी भारतसँगको सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र र रास्वपा पार्टीबिच प्रतिस्पर्धाजस्तो देखिन थालेको छ ।

    भारतमा आशङ्का

    पछिल्लो समय भारतीय सञ्चारमाध्यममा बालेन सरकार विरुद्ध नेपालमा जनआक्रोश बढ्दै गएको, उनको राजीनामा मागिएको र यो सरकार सात महिनाभन्दा बढी नटिक्ने खालका समाचार लगातार आइरहेका छन् । भाजपा निकट अखबार र च्यानलमा समेत यस्तो समाचार आएका छन् ।

    आफैमा अपुष्ट ती समाचार कतै भारतीय संस्थापन पक्षले दिएको सङ्केत त होइन भन्ने आशङ्काले पनि प्रधानमन्त्री बालेन र उनको टिम कूटनीतिक रूपमा आफै सक्रिय हुन थालेको एक रास्वपा नेताको अनुमान छ ।

    बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.