• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर


  •   बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
  • सुदूरपश्चिम, ६ साउन । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको करिब ६२.२६ प्रतिशतमात्र खर्च गरेको छ । चालुतर्फको खर्च अपेक्षाकृत सन्तोषजनक रहे पनि विकास निर्माण तथा योजना कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने ६० प्रतिशतभन्दा तल सीमित भएको छ ।

    Advertisement

    प्रदेश लेखानियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार प्रदेश सरकारले रु ३३ अर्ब ४३ करोड २५ लाख ३३ हजार बजेटमध्ये रु २० अर्ब ८१ करोड ५१ लाख ११ हजार ६२ खर्च गरेको छ । यो कुल बजेटको ६२.२६ प्रतिशत हो । यसमा चालुतर्फ रु १३ अर्ब ५९ करोड २८ लाख ४७ हजार ४०० विनियोजन गरिएकामा रु नौ अर्ब २४ करोड ८६ लाख ३८ हजार ९३७ अर्थात् ६८.०४ प्रतिशत खर्च भएको छ । यस्तै, पुँजीगततर्फ रु १९ अर्ब ८२ करोड ९६ लाख ८६ हजार विनियोजन गरिएकामा रु ११ अर्ब ५६ करोड ६४ लाख ७२ हजार १२४ अर्थात् ५८.३३ प्रतिशत खर्च भएको छ ।

    मन्त्रालयगत आधारमा सामाजिक विकास मन्त्रालयले चालुतर्फ ७६.३५ र पुँजीगततर्फ ६३.६१ प्रतिशत गरी समग्रमा ७१.५३ प्रतिशत खर्च गरेको छ । मन्त्रालयका लागि चालुतर्फ रु चार अर्ब ११ करोड ६० लाख ५४ हजार ४०० र पुँजीगततर्फ रु दुई अर्ब ५० करोड ७२ लाख ९४ हजार ११७ विनियोजन गरिएको थियो ।

    त्यसपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालुतर्फ ६८.८९ प्रतिशत र पुँजीगततर्फ ७३.६७ प्रतिशत खर्चसहित ७१.४६ प्रतिशत खर्च भएको छ । यस मन्त्रालयका लागि चालुतर्फ रु एक अर्ब दुई करोड ५६ लाख ५६ हजार ३७५ र पुँजीगततर्फ रु एक अर्ब १९ करोड ५३ लाख १४ हजार ९८६ विनियोजन गरिएको थियो ।

    यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुतर्फ ६५.१० र पुँजीगततर्फ ५९.८४ गरी ६०.०५ प्रतिशत खर्च गरेको छ । यस मन्त्रालयका लागि चालुतर्फ रु छ अर्ब २० लाख छ हजार ४७० र पुँजीगततर्फ रु एक अर्ब ४६ करोड ८४ लाख २३ हजार विनियोजन गरिएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालुतर्फ ५९.५० र पुँजीगततर्फ ५१.७६ गरी ५८.६८ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को चालु ५१.५४ र पुँजीगत ५२.९८ गरी ५१.८० प्रतिशत रकम खर्च भएको छ ।

    यस्तै, आर्थिक मामिला मन्त्रालयको चालु ५३.९८ र पुँजीगत ३८.३१ गरी ५२.०५ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु २९.४३ र पुँजीगत ३१.७२ गरी कुल ३०.७६ प्रतिशत खर्च भएको छ ।

    सबैभन्दा कम खर्च गर्ने कानुन मन्त्रालयका लागि चालुतर्फ रु एक अर्ब ४३ करोड २४ लाख सात हजार ८०० र पुँजीगततर्फ रु एक अर्ब ९७ करोड ४४ लाख तीन हजार विनियोजन गरिएको थियो ।

    प्रदेशका निकायगत विवरणअनुसार सबैभन्दा बढी प्रदेश व्यवस्थापिकाका लागि कुल रु १९ करोड १५ लाख ७६ हजार १८७ बजेट विनियोजन गरिएकामा चालुतर्फ ७५.३९ र पुँजीगत ५६.१८ गरी ७३.१८ प्रतिशत खर्च भएको छ । यस्तै, प्रदेश लोकसेवा आयोगका लागि रु ११ करोड ९५ लाख ५० हजार बजेट विनियोजन गरिएकामा चालुतर्फ ५६.४३ र पुँजीगत ९९.७७ प्रतिशत खर्च भएको छ भने प्रदेश नीति तथा योजना आयोगका लागि रु पाँच करोड ९४ लाख ४३ हजार विनियोजन गरिएकामा चालुतर्फ ४९.६६ र पुँजीगत ७८.१२ प्रतिशत खर्च भएको छ ।

    प्रदेशले स्थानीय तहका लागि विनियोजन गरेको रु तीन अर्ब ६३ करोड ९५ लाख ५० हजारमध्ये रु दुई अर्ब ७४ करोड ९५ लाख १२ हजार ३५७ अर्थात् ७५.५५ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।

    लेखा नियन्त्रक वासुदेव जोशीले पूर्वाधार विकास, निर्माणाधीन आयोजना र विकास कार्यक्रमको कार्यान्वयन अपेक्षित गतिमा हुन नसकेकाले प्रदेश सरकारको समग्र पुँजीगत खर्च ६० प्रतिशतभन्दा तल सीमित हुन पुगेको बताउनुभयो । हरेक वर्षजस्तै चालु खर्च हुने र पुँजीगत खर्च कमजोर रहने प्रवृत्ति यस वर्ष पनि दोहोरिएको उहाँले बताउनुभयो ।

    लेखानियन्त्रक जोशीले भन्नुभयो “विगतका वर्षहरूका आधारमा समेत हाम्रो समग्र खर्च क्षमता औसतमा ६० देखि ७० र पुँजीगततर्फ ६० प्रतिशतमुनि नै हो । गत वर्ष भने समग्रमा ६९ प्रतिशत र पुँजीगततर्फ करिब ६७ प्रतिशत भयो, तर यस वर्ष जेनजी आन्दोलन, कर्मचारीको अभावलगायत कारणले केही समस्या भएको देखिन्छ ।”

    अब तयारी पुगेका योजनामा बजेट विनियोजन, समयमै कार्यान्वयन, खरिद तथा ठेक्का व्यवस्थापन प्रक्रिया सुधार्ने र आयोजना व्यवस्थापनलाई प्रभावकारी बनाउन सके प्रदेशको पुँजीगत खर्चमा उल्लेख्य सुधार ल्याउन सकिने उहाँको विश्वास छ ।

    बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.