• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सिक्किम सुरुङ दुर्घटनामा नौ जनाको मृत्यु


  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
  • नयाँदिल्ली । भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने अझै १५ जना सुरुङभित्र फसेका छन् । विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य कठिन बनेको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

    Advertisement

    दुर्घटना सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी जलविद्युत् परियोजनाको सुरुङमा भएको हो । त्यसबेला मजदुरहरू सुरुङ निर्माणको काम गरिरहेका थिए ।

    सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरणका निर्देशक राजीव रोकाले सुरुआतमा २५ देखि २७ जना मजदुर फसेको अनुमान गरिएको बताउँदै हालसम्म नौ जनाको शव निकालिएको जानकारी दिनुभयो । उहाँका अनुसार अझै १५ जना सुरुङभित्र रहेको अनुमान गरिएको छ र उनीहरूको उद्धारका लागि अभियान जारी छ ।

    प्रारम्भिक जानकारीअनुसार सुरुङ भत्किनुको कारण विस्फोट हुन सक्ने अनुमान गरिएको भए पनि त्यसको वास्तविक कारण अझै स्पष्ट हुन सकेको छैन । दुर्घटना सुरुङको गहिरो भागमा भएकाले अनुसन्धानमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । पछिल्ला केही दिनयता यस क्षेत्रमा परेको भारी मनसुनी वर्षाले पनि दुर्घटनामा भूमिका खेलेको हुन सक्ने अनुमान गरिएको छ ।

    उद्धार कार्यमा सबैभन्दा ठूलो चुनौती सुरुङभित्र चट्टानबाट निस्किएको विषाक्त मिथेन ग्यास बनेको छ । अक्सिजन उपकरणसहितका विशेष उद्धार टोलीलाई मात्र सुरुङभित्र प्रवेश गर्न अनुमति दिइएको छ । राजीव रोकाले ग्यासको मात्रा अत्यधिक भएकाले उद्धार अभियान जटिल बने पनि अभियान तीव्र रूपमा जारी रहेको बताउनुभयो । खानी दुर्घटनामा उद्धारको अनुभव भएका विशेष दक्ष टोलीलाई समेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

    भारतमा ठूला पूर्वाधार निर्माणका क्रममा हुने यस्ता दुर्घटना बारम्बार दोहोरिने गरेका छन् । वातावरणविद्हरूले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेका विकास निर्माणका गतिविधिले प्राकृतिक जोखिम बढाएको चेतावनी दिँदै आएका छन् ।

    यसअघि सन् २०२३ मा उत्तराखण्ड राज्यमा निर्माणाधीन सडक सुरुङ भत्किँदा ४१ जना मजदुर १७ दिनसम्म सुरुङभित्र फसेका थिए ।

    उनीहरूलाई लामो उद्धार अभियानपछि सकुशल बाहिर निकालिएको थियो ।

    मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.