• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको प्रदर्शन


  •   शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन १। ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का केही प्रावधान अव्यावहारिक रहेको भन्दै शैक्षिक परामर्श व्यवसायीहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

    Advertisement

    नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आह्वानमा आयोजित प्रदर्शनमा सहभागी व्यवसायीहरूले नियमावली संशोधन गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले विभिन्न माग उल्लेख गरिएका प्लेकार्ड बोकेर काठमाडौंका मुख्य सडकमा प्रदर्शन गरेका हुन्।

    यसअघि इक्यानले हातमा कालोपट्टी बाँधेर सांकेतिक विरोध जनाएको थियो। सरोकारवालासँग पर्याप्त छलफल नगरी नियमावली जारी गरिएको र यसका केही प्रावधानले शैक्षिक परामर्श क्षेत्रलाई प्रत्यक्ष असर पार्ने भन्दै संघले चरणबद्ध आन्दोलन गरिरहेको जनाएको छ।

    इक्यानका अनुसार हाल कायम गरिएको एक वर्षे सञ्चालन अनुमतिपत्र को अवधि कम्तीमा पाँच वर्ष हुनुपर्ने माग गरिएको छ। बारम्बार अनुमति नवीकरण गर्नुपर्ने व्यवस्थाले संस्थाहरूलाई अनावश्यक प्रशासनिक झन्झट र आर्थिक भार थप्ने संघको भनाइ छ।

    त्यस्तै, शैक्षिक मेला, सेमिनार तथा प्रदर्शनी आयोजना गर्न शिक्षा मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गर्ने व्यवस्था हटाउनुपर्ने माग पनि व्यवसायीहरूले राखेका छन्। यस्तो प्रावधानले शैक्षिक गतिविधिको सञ्चालनमा बाधा पुग्ने उनीहरूको तर्क छ।

    संघले लामो समयदेखि सञ्चालनमा रहेका संस्थाहरूमा नयाँ मापदण्ड तत्काल बाध्यकारी रूपमा लागू गर्नु उपयुक्त नहुने उल्लेख गर्दै आवश्यक संक्रमणकालीन व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

    यस्तै, विदेशी कलेज तथा विश्वविद्यालयबाट प्राप्त हुने सेवा शुल्क रोक्ने व्यवस्था खारेज गर्नुपर्ने, दोहोरो कर तथा आय–व्यय विवरण बुझाउने प्रावधान हटाउनुपर्ने, विद्यार्थीलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने, संस्थागत ग्रेडिङ प्रणाली तथा धरौटीसम्बन्धी प्रावधान संशोधन गर्नुपर्ने माग पनि इक्यानले अघि सारेको छ।

    प्रदर्शनमा सहभागी व्यवसायीहरूले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउने नाममा ल्याइएका केही प्रावधान व्यवहारमा कार्यान्वयन गर्न कठिन रहेको दाबी गरेका छन्। उनीहरूले सम्बन्धित सरोकारवालासँग व्यापक छलफल गरेर मात्रै नियमावली कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।

    इक्यानले आफ्ना मागप्रति सरकारले समयमै ध्यान नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ। संघले संवाद र सहमतिका माध्यमबाट समस्याको समाधान खोज्न सरकारलाई आग्रह गर्दै शैक्षिक परामर्श क्षेत्रको हितलाई ध्यानमा राखेर नियमावली संशोधन गर्नुपर्नेमा जोड दिएको छ।

    शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.