काठमाडौँ, असार ३१ । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीहरूले बुधबार बिहान मुख्यमन्त्री यामलाल कँडेलसमक्ष सामूहिक राजीनामा बुझाएका छन् ।
Advertisement
केन्द्रको सत्ता समीकरण र प्रदेश तहमा भएको पूर्वसहमतिअनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न कांग्रेस मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाउनेहरूमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजया बुढा छन् ।