• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘१०० दिनमै सुशासन होइन, सत्ता दुरुपयोग’ : सरकारविरुद्ध संसदमा प्रतिपक्षको कडा प्रहार


  •   मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
  • काठमाडौं, असार ३० । सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा प्रतिनिधिसभा सरकारको कार्यसम्पादनमाथि केन्द्रित बहसले तातेको छ। प्रतिपक्षका सांसद युवराज दुलालले सरकारको १०० दिने कार्यकाललाई सुशासन, लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक अधिकारका दृष्टिले ‘निराशाजनक’ भएको टिप्पणी गर्दै प्रधानमन्त्रीदेखि संवैधानिक निकायसम्मको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

    Advertisement

    प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले सरकारको ‘मधुमास’ समाप्त भइसकेकाले अब प्रधानमन्त्री संसदमा उपस्थित भएर जनताप्रति प्रत्यक्ष जवाफदेही हुनुपर्ने बताए। संसद सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्ने सर्वोच्च लोकतान्त्रिक संस्था भए पनि सरकारले त्यसको गरिमामाथि नै प्रहार गरिरहेको उनको आरोप थियो।

    दुलालले सरकारको आर्थिक व्यवस्थापन असफल भएको दाबी गर्दै सरकारी तथ्यांकअनुसार महँगी गत वर्षको तुलनामा दोब्बर पुगेको उल्लेख गरे। बढ्दो मूल्यवृद्धिले गरिब, मजदुर, किसान र साना व्यवसायी सबैभन्दा बढी प्रभावित भएको उनको भनाइ थियो। “कर्मचारीको तलब बढाएर सरकारले सफलता देखाउन खोजेको छ, तर दैनिक ज्यालादारी गर्ने र स्वरोजगारमा निर्भर नागरिकको जीवन झन् कष्टकर बन्दै गएको छ,” उनले भने।

    सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अमानवीय व्यवहार गरेको आरोप पनि उनले लगाए। बिना पूर्वसूचना बस्ती हटाइएको, प्रभावितलाई होल्डिङ सेन्टरमा राखिए पनि न्यूनतम मानवीय सुविधा उपलब्ध नगराइएको तथा बाढी प्रभावित अवस्थामा समेत राज्य मौन बसेको उनको दाबी थियो। नागरिकको विरोध दबाउन भिजिलान्टे समूह परिचालन गरिएको आरोप लगाउँदै उनले यस्तो प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिए।

    सुशासनको नारा व्यवहारमा नदेखिएको भन्दै दुलालले संवैधानिक तथा सार्वजनिक संस्थामा राजनीतिक हस्तक्षेप बढेको आरोप लगाए। नेपाल दूरसञ्चार प्राधिकरण, विश्वविद्यालय तथा निर्वाचन आयोगलगायत निकायमा प्रक्रिया र मापदण्डभन्दा राजनीतिक निकटतालाई प्राथमिकता दिइएको, प्रशासनिक संयन्त्रमाथि अनावश्यक दबाब सिर्जना गरिएको तथा उत्तरदायित्वविहीन सल्लाहकारमार्फत राज्य सञ्चालन गर्न खोजिएको उनको भनाइ थियो।

    सत्तारुढ दलको राजनीतिक भूमिकामाथि पनि उनले प्रश्न उठाए। प्रतिपक्षमा रहँदा वैदेशिक ऋण, नागरिक आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता र सुशासनका विषयमा सरकारविरुद्ध चर्को आवाज उठाउने दलहरू सत्तामा पुगेपछि ठीक उल्टो व्यवहारमा उत्रिएको उनको आरोप थियो। “हिजो नागरिकको पक्षमा उभिने दाबी गर्नेहरू आज नागरिककै आवाज नियन्त्रण गर्न उद्यत देखिएका छन्,” उनले संसदमा भने।

    दुलालले प्रधानमन्त्रीलाई तत्काल संसदमा उपस्थित गराई सरकारको १०० दिनको प्रगति र चुनौतीबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे। साथै गृहमन्त्रीको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक गर्न, भदौ २३ र २४ का घटनासम्बन्धी अनुसन्धान अघि बढाउन, भिजिलान्टे परिचालनमा संलग्नमाथि कानुनी कारबाही गर्न, सहकारी र मिटरब्याज पीडितलाई न्याय दिलाउने प्रक्रियाको प्रगति सार्वजनिक गर्न तथा प्रतिनिधिसभा नियमावली २०८३ का विवादित व्यवस्थाको पुनरावलोकन गर्न सरकारसँग माग गरे।

    संसदमा सरकारको १०० दिने कार्यसम्पादनलाई लिएर उठेका यी प्रश्नहरूले आगामी दिनमा सरकार–प्रतिपक्षबीच राजनीतिक बहस अझ तीव्र हुने संकेत गरेका छन्। सरकारबाट आउने जवाफ र त्यसपछि चालिने कदमलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।

    मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.