• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अति गरे खति हुन्छ : सांसद विश्वकर्मा


  •   शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, असार २६ । राष्ट्रिय सभाका सदस्य राजशे विश्वकर्मा (तुलप्रसाद)ले पठाओ चालक गणेश नेपालीको मृत्यु घटनालाई दुःखद र निन्दनीय भन्दै सरकारको कडा आलोचना गरेका छन् । राष्ट्रिय सभाको २१औँ अधिवेशनअन्तर्गत शुक्रबार (२०८३ असार २६) बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसद विश्वकर्माले नयाँ सरकार गठनपछि विभिन्न दुःखद र विवादास्पद घटनाहरू भइरहेको दाबी गरे।

    Advertisement

    उनले हिरासतभित्र मृत्यु हुने घटना, सुकुम्बासी बस्तीमा डोजर चलाइने कार्य तथा गरिब तथा विपन्न समुदायमाथि दमन भइरहेको आरोप लगाए । सरकारलाई सचेत गराउँदै ‘अति गरे खति हुन्छ’ विश्वकर्माले भने ।

    उनले मुगुको सोरु गाउँपालिकाका २५ वर्षीय गणेश नेपाली कृषि विषयमा अध्ययन गरेका शिक्षित युवा भए पनि रोजगारीको अभावका कारण पठाओ सेवा सञ्चालन गरेर परिवारको जीविकोपार्जन गर्दै आएको बताए ।

    सांसद विश्वकर्माका अनुसार गत बिहीबार त्रिपुरेश्वरस्थित काठमाडौं महानगरपालिका कार्यालय परिसरमा मोटरसाइकल पार्क गरेपछि नगर प्रहरीले उनको मोटरसाइकलमा ह्विल लक लगाएको थियो । त्यसक्रममा भएको विवादपछि उनलाई जरिवाना गरिएको र करिब १० हजार रुपैयाँ तिर्न भनिएको उनले बताए । आर्थिक अवस्था कमजोर भएकाले उनले दाजुसँग सहयोग मागे पनि रकम जुट्न नसकेको विश्वकर्माको भनाइ थियो ।

    त्यसपछि निराश बनेका गणेश नेपालीले आफ्‌नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको उल्लेख गर्दै सांसद विश्वकर्माले घटनास्थलमा रहेका सुरक्षाकर्मी र सम्बन्धित निकायले उनलाई बचाउन आवश्यक पहल नगरेको आरोप लगाए। उनले आगो लगाएपछि मात्रै उनलाई अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको बताए।

    घटनाप्रति दुःख व्यक्त गर्दै सांसद विश्वकर्माले सरकारलाई जनतामाथि हुने दमन र उत्पीडन रोक्न आग्रह गरे। उनले “हाम्रा पुर्खाले भनेझैँ, अति गरे खति हुन्छ” भन्दै गरिब, सुकुम्बासी, दलित, अल्पसंख्यक तथा निमुखा नागरिकमाथिको दमनले सरकारलाई दीर्घकालीन रूपमा नकारात्मक असर पार्ने चेतावनी दिए ।

    शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.