• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने


  •   मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास बैंक ९एडिबी०ले नेपालमा आफ्नो

    Advertisement

    सहयोग विस्तार गरिरहेको छ । यसै सन्दर्भमा एडिबीले नेपालमा सन् २०२९ सम्म आफ्नोे सहयोग २.४ अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ ।

    नेपालको दुईदिने भ्रमणमा रहनुभएका एडिबीका अध्यक्ष मासातो कान्डाले भन्नुभयो, “नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा एडिबीले आफ्नो सहयोग विस्तार गरिरहेको छ, सन् २०२९ सम्ममा हाम्रो सहयोग २.४ अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा छ ।”

    नेपालका लागि एडिबीको देशीय साझेदारी रणनीति २०२५–२०२९ अन्तर्गत उक्त रकम उपलब्ध गराइनेछ । यस सहयोगले रोजगारी सृजना, निजी क्षेत्र विकास, दिगो पूर्वाधार, सार्वजनिक सेवा प्रवाह, उत्थानशीलता, महिला तथा पछाडि पारिएका र जोखिममा रहेका समूहहरूको सशक्तीकरण तथा डिजिटल रूपान्तरणलाई प्राथमिकता दिनेछ । साथै सह–वित्तीय तथा हरित र स्थानीय मुद्रामा जारी गरिने बन्डजस्ता नवीन वित्तीय साधनमार्फत थप स्रोत परिचालन गरिने बताइएको छ ।

    उहाँको नेपाल भ्रमणका क्रममा एडिबीले आफ्नो वार्षिक प्रतिबद्धताको हिस्साका रूपमा कुल १६५ मिलियन अमेरिकी डलरबराबरका दुई ऋण सम्झौतामा हस्ताक्षर गरेको एडिबीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    त्यसमध्ये ११५ मिलियन अमेरिकी डलरको परियोजनामार्फत आठ लाख ५० हजारभन्दा बढी नागरिकलाई भरपर्दो तथा सुरक्षित खानेपानी र सरसफाइ सेवा उपलब्ध गराइने छ । त्यस्तै, ५० मिलियन अमेरिकी डलरको नीतिगत ऋणमार्फत नेपालको सीमा नाकामार्फत वस्तु आवागमन प्रणालीलाई आधुनिकीकरण गरिनेछ । यसले व्यवसायहरूको लागत घटाउन, कार्यक्षमता बढाउन तथा डिजिटलीकरण र सरलीकृत प्रक्रियामार्फत प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न सहयोग पुर्याउने बताइएको छ । त्यस्तै यस वर्ष एडिबीको वार्षिक ऋण सहयोग ६६० मिलियन अमेरिकी डलरसम्म पुग्ने अपेक्षा गरिएको छ ।

    एडिबीका अध्यक्ष मासातो कान्डाले आज प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको थियो । एडिबी र नेपालबीचको साझेदारीको ६० वर्ष पूरा भएको अवसरमा भएको उक्त भेटमा नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना तथा लगानी प्रवर्द्धनका लागि एडिबीको सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

    सोही अवसरमा अध्यक्ष कान्डाले एडिबीको सहयोगमा सञ्चालित परियोजनाहरूको स्थलगत अवलोकन गर्दै एडिबीको सहयोगको प्रभाव प्रत्यक्ष रूपमा अवलोकन गर्नुभएको थियो । उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योससँग मिलेर काठमाडौँमा विद्युत् आपूर्ति सुदृढ गर्न सहयोग गर्ने दुई वटा सबस्टेशनको भर्चुअल उद्घाटन गर्नुभएको थियो ।

    त्यसपछि शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगै अध्यक्ष कान्डाले सन् २०१५ को भूकम्पपछि पुनर्निर्माण गरिएको विद्यालयको भ्रमण गर्नुभएको थियो । यो परियोजना विपद् जोखिम व्यवस्थापन तथा मानव पूँजी विकासमा एडिबीको लगानीको हिस्सा हो ।

    त्यस्तै सोमबार अध्यक्ष काण्डा र अर्थमन्त्री डा स्वर्णिम वाग्लेबीचको भेटमा व्यावसायिक वातावरण सुधार, लगानी परिचालन तथा सरकारका आर्थिक वृद्धि र उत्थानशीलतासम्बन्धी प्राथमिकताहरूमा एडिबीको सहयोगसम्बन्धी छलफल भएको थियो । अध्यक्ष कान्डाले निजी क्षेत्रका प्रमुख नेतृत्वकर्ताहरूसँग पनि भेटवार्ता गर्दै नेपालमा लगानी, निजी क्षेत्र विकास तथा रोजगारी सृजनामा रहेका अवसर र चुनौतीहरूबारे विचार आदानप्रदान गर्नुभएको थियो ।

    एडिबी एसिया तथा प्रशान्त क्षेत्रमा दिगो, समावेशी तथा उत्थानशील आर्थिक वृद्धिलाई समर्थन गर्ने अग्रणी बहुपक्षीय विकास बैंक हो । आफ्ना सदस्य राष्ट्रहरू र साझेदारहरूसँग मिलेर जटिल चुनौतीहरूको समाधान खोज्दै एडिबीले नवीन वित्तीय उपकरण र रणनीतिक साझेदारीहरूको उपयोगमार्फत जनजीवन रूपान्तरण, गुणस्तरीय पूर्वाधार निर्माण तथा पृथ्वीको संरक्षणमा योगदान पुर्याउँदै आएको छ ।

    सन् १९६६ मा स्थापना भएको एडिबीका ६९ सदस्य राष्ट्र छन्, जसमध्ये ५० सदस्य एसिया तथा प्रशान्त क्षेत्रका हुन् ।

    मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • २.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ३.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ४.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ५.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ६.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ७.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ८.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.