• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

जेनजीको भनिएको सरकारले युवा तथा खेलकुद मन्त्रालयको बजेट कटौती गर्‍यो : सांसद विश्वकर्मा


  •   शुक्रबार, असार १९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रियसभाका सांसद तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार राजेश विश्वकर्मा (तुलप्रसाद) ले सरकारप्रति आरोप लगाउँदै भन्नुभएको छ–’जेनजीको भनिएको वर्तमान सरकारले युवा तथा खेलकुद मन्त्रालयको बजेट कटौती गरेको छ ।’

    Advertisement

    २०८३ असार १९ गते शुक्रबार राष्ट्रियसभाको एकाइसौँ अधिवेशनअन्तर्गत विनियोजन विधेयक–२०८३ माथिको छलफलमा भाग लिँदै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    ‘यो सरकारले आफूलाई जेनजी आन्दोलनबाट आएको बताउँछ’ उहाँले भन्नुभयो– ‘तर युवा तथा खेलकुद मन्त्रालयको बजेट घटाउँदै जान्छ ।’
    उहाँले युवाका रोजगारी तथा खेलकुद क्षेत्रको विकासतर्फ अपेक्षित ध्यान दिन नसकेकोमा सरकारको आलोचना गर्नुभयो ।

    नवप्रवर्तन मन्त्रालय बन्नु स्वागतयोग्य

    छलफलको क्रममा उहाँले अहिलेको सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयको नाममा नवप्रवर्तन शब्द थप गरेकोमा स्वागत गर्नुभयो ।

    गत कालका सरकारले विज्ञान, प्रविधि, अझ आविष्कारको क्षेत्रमा ध्यान नदिएको सन्दर्भ उल्लेख गर्दै उहाँले यसलाई स्वागत गर्नुभयो । त्यसका साथै उहाँले सरकारको कमजोरीको पनि आलोचना गर्नुभयो ।

    ‘नवप्रवर्तन मन्त्रालयको साइनबोर्ड झुन्ड्याएर मात्रै हुँदैन’ उहाँले भन्नुभयो– ‘त्यसका लागि बजेट र योजना हुनुपर्दछ तर त्यसो नगरेर खाली विभाग मात्रै बनाएर सरकारले नवप्रवर्तनको क्षेत्रका ध्यान नदिएको महसुस भइरहेको छ ।’

    भौतिक पूर्वाधार क्षेत्रको बजेट

    भौतिक पूर्वाधारको क्षेत्रका बर्सेनि विनियोजन हुने बजेटको सन्दर्भमा त्यसको खर्च नहुने समस्यातर्फ उहाँले मन्तव्यको
    क्रममा प्रश्न उठाउनुभयो ।

    ‘भौतिक पूर्वाधारको क्षेत्रमा विनियोजन हुने बजेट समयमै खर्च नगर्ने समस्या हामीकहाँ प्रशस्त छ’ उहाँले भन्नुभयो– ‘त्यससँगै भ्रष्टाचार, ढिलासुस्ती र अनियमिता यस मन्त्रालयका मुख्य समस्या हुन् । यसलाई रोक्नेतर्फ सरकारले गम्भीर पहलकदमी गरेको देखिन्न ।’

    उहाँले यी बेथिती नरोकीकन भौतिक पूर्वाधारलगायतका क्षेत्रले अपेक्षित प्रगति गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।

    रोजगारीमा जोड दिनुपर्ने आवश्यकता

    छलफलको क्रममा उहाँले बर्सेनि पाँच लाख युवा जनशक्ति श्रमबजारमा आउने तथ्याङ्कतर्पm उल्लेख गर्दै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिन सरकारसित आग्रह गर्नुभयो ।

    ‘प्रत्येक वर्ष पाँच लाख युवा श्रमबजारमा आउँछन्, विद्यार्थीहरू विद्यालयबाट ड्रपआउट भएर भारततर्फ रोजगारीका लागि जान्छन्‌’ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो– ‘सरकारले यी युवाको रोजगारीका लागि बजेट छुट्याउन सकेको छैन ।’

    महिलाको जीवनस्तर उठाउन आवश्यक

    उहाँले मधेस तथा कर्णाली प्रदेशका महिलाको जीवनस्तर उठाउनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    ‘भित्री मधेसका दलित तथा जनजातिका महिलाको जीवनस्तर दयनीय छ’ उहाँले भन्नुभयो– ‘उनीहरूको जीवनस्तर उच्च बनाउने काममा सरकारले सन्तोषजनक प्रकारले काम गरेको देखिन्न ।

    यसै सन्दर्भमा नेपालमा पुरुषभन्दा महिलाले बढी धूमपान गर्ने गरेकोमा उनीहरूको स्वास्थ्यप्रति बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    शिक्षा र स्वास्थ्यको कर आपत्तिजनक

    बजेटमार्फत सरकारले शिक्षा र स्वास्थ्यमा कथित समानता कर लगाएकोमा सांसद विश्वकर्माले त्यसप्रति आपत्ति प्रकट गर्नुभयो ।

    ‘सरकारले चलचित्र हलमा लगाइएको कर मिनाहा गर्छ’ उहाँले भन्नुभयो– ‘तर अस्पताल धाउने बिरामीमा लागि समानता कर थोपरिरहेको अवस्था छ ।’

    त्यस्तै उहाँले शिक्षामा कथित समानता कर लगाएर गरिब विद्यार्थी तथा अभिभावकको ढाड सेक्ने काम गरेको आरोपसमेत लगाउनुभयो ।

    शुक्रबार, असार १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.