• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

बाढीले तीन हजार हेक्टर धानखेती नष्ट


  •   शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
  • टीकापुर । कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको हो ।

    Advertisement

    भजनी–८ गोडचौराका गोपीराम चौधरीको धानखेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उहाँको ढाइ बिघा जमिनमा रोपिएको धानखेती नष्ट भएको हो । बाढीले सबै धानखेती नष्ट भएकाले उहाँको परिवारमा खाद्य सङ्कट आउने गुनासो गर्दै उहाँले भन्नुभयो, ‘यही खेतीको भरमा परिवारको पेट भरिन्छ, अब सबै नष्ट भयो । खेतमा धान रोपिएको थियो थिएन पत्तै छैन नहुने अवस्था आयो ।’

    गोडचौराका धनराज तिमिल्सिनाको पनि एक बिघा जमिन धानखेती पूर्णरुपमा नष्ट भएको छ । ‘यस वर्ष डेढ बिघा क्षेत्रफलमा धान रोपेका थियौँ । दश कट्ठामा अलिअलि धान बचेको छ । बाँकी सबै नष्ट भयो’, तिमिल्सिनाले भन्नुभयो, ‘घर कसरी चलाउने, गुजारा कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।’ भजनी–३ शत्रुधन चौधरीको पाँच कट्ठा क्षेत्रफल धान खेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उहाँले यस वर्ष सात कट्ठा जमिनमा धानखेती गर्नुभएको थियो । बाढीले खेती नष्ट हुँदा उहाँ पनि चिन्तामा हुनुहुन्छ । ‘यति खेतमा फलेको धानले खान पुग्थ्यो, बाँकी घर खर्च ज्यालादारी गरेर चलाउँथे’, चौधरीले भन्नुभयो, ‘अब परिवारको पेट कसरी पाल्ने भन्ने चिन्ता बढेको छ ।’

    उहाँजस्तै भजनी नगरपालिका क्षेत्रमा सयौँ किसानका करिब तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफल धानखेती नष्ट भएको कृषि शाखा भजनीका प्रमुख कमल चौधरीले जानकारी दिनुभयो । ‘बाढी डुबान क्षेत्रमा हप्तासम्म पानी जमेर रहेकाले अधिकांश किसानको धान गलेर नष्ट भएको हो’, कृषि शाखा प्रमुख चौधरीले भन्नुभयो, ‘कतिपय किसानको खेत पटान र कटानमा परेको छ । अधिकांश खेती पानी जमेर सडेको छ ।’

    बाढीको डुबानले धानखेती नष्ट भएकाको लगत लिने कार्य आजदेखि सञ्चालन हुने र क्षतिको विवरणका आधारमा नगरपालिकाले राहत सहयोग गर्ने उहाँले बताउनुभयो । बाढीका कारण यता टीकापुर नगरपालिका ३, ६, ७ र ९ मा दर्जनौँ बिघा धानखेती नष्ट भएको छ ।

    बाढीपछि नदी कटान बढेपछि टीकापुर–८ श्रीलङ्कामा नदी कटान तीव्र भएको छ । टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले कर्णाली नदीले दर्जनौँ बिघा धानखेती कटान गरेको बताउनुभयो । ‘नगरपालिकाले बाढीबाट कृषितर्फ भएको क्षतिको विवरण सङ्कलन थालेको छ’, ठकुल्लाले भन्नुभयो, ‘विपद् व्यवस्थापन समितिले निर्णय गरेर राहतका कार्यक्रम ल्याउँछौँ ।’ (रासस)

    शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान
    भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम
    खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द
    गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप
    एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी
    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • २.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    • ३.
      खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

    • ४.
      गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

    • ५.
      एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

    • ६.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • ७.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ८.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.