• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

युद्ध र शान्तिको समस्याबारे बुद्धिजीवी सङ्घको अन्तरक्रिया


  •   बिहिबार, असार १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल बुद्धिजीवी सङ्घको आयोजनामा ‘वर्तमान विश्वमा युद्ध र शान्तिको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह तथा क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) की प्रमुख संयोजक मोनिका गार्टनरको प्रमुख आतिथ्यमा २०८३ असार १८ गते बागबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतमको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित सहभागीलाई युद्ध विरोधी अन्तर्राष्ट्रिय मोर्चाका उपाध्यक्ष सुवास जिसीले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा महामन्त्री सिंह र प्रमुख अतिथि गार्टनरले लिखित मन्तव्य प्रस्तुत गर्नुभएको थियो । महामन्त्री सिंहको मन्तव्य राष्ट्रिय जनमोर्चाका नेता वासुदेव पोखरेलले वाचन गर्नुभएको थियो भने अङ्ग्रेजी रूपान्तर भीष्म जोशीले गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै राजमो कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीले युद्ध र शान्तिका ऐतिहासिक पाटा हुने गरेको दाबी गर्नुभयो ।

    विश्वमा आफ्नो प्रभुत्व कायम राख्न साम्राज्यवादीले युद्ध जारी राख्ने बताउँदै उहाँले कम्युनिस्ट क्रान्तिकारीले त्यसको क्रान्तिकारी उपयोग गर्ने गरेको इतिहास सम्झिनुभयो ।

    उहाँले भन्नुभयो– ‘प्रथम विश्वयुद्धबाट रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो भने दोस्रो विश्वयुद्धपछि चीनमा सर्वहारा क्रान्ति सम्पन्न भयो ।’

    अध्यक्ष नेपालीले कम्युनिस्ट, वामपन्थी र सम्पूर्ण साम्राज्यवादी शक्तिको सहकार्यमा विश्वव्यापी रूपमा युद्ध विरोधी शान्ति अभियान अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    आइकोरका सदस्य क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वलीले आधारभूत रूपमा युद्धको मुख्य स्रोत निजी सम्पत्ति रहेको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘निजी सम्पत्तिको आधारमा एकाधिकार पुँजीवाद अर्थात् साम्राज्यवादी स्वार्थ प्रभुत्वमा रहँदासम्म युद्ध भइरहन्छ ।’

    लेनिनलाई उद्धृत गर्दै उहाँले साम्राज्यवादी युद्धको अन्त्य सर्वहारा वर्गले गर्ने बताउनुभयो ।

    युद्धको विरुद्ध शान्ति कायम गर्न साम्राज्यवाद विरोधी मोर्चा निर्माण गर्दै सर्वहारा क्रान्तिको तयारी गर्नुपर्ने सैद्धान्तिक आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय सङ्घसंस्था कमजोर हुनुको कारणले युद्ध झन् भयावह बन्दै गएको धारणा राख्नुभयो ।

    प्रथम र दोस्रो विश्वयुद्धको अनुभवबाट संयुक्त राष्ट्र सङ्घ गठन भएको उदाहरण दिँदै उहाँले भन्नुभयो– ‘अहिले राष्ट्र सङ्घजस्ता अन्तर्राष्ट्रिय सङ्घसंस्था कमजोर भएकाले साम्राज्यवादी अमेरिका हाबी भएको छ ।

    साम्राज्यवादले लादेको युद्ध रोक्न सर्वप्रथम देशभक्तिको भावना जागृत गराउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    ‘दोस्रो आवश्यकता युद्धको विरोधमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता हो’ उहाँले भन्नुभयो– ‘तेस्रो आवश्यकता अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई प्रभावकारी बनाउनुपर्दछ ।’

    सम्बोधनको क्रममा उहाँले जेनजी आन्दोलनकै निरन्तरतास्वरूप फागुन २१ गतेको चुनाव भएर साम्राज्यवादपरस्त शक्ति अहिले सत्तारूढ भएको बताउनुभयो ।

    नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले वर्तमान विश्व अघोषित तेस्रो विश्वयुद्धको सङ्घारमा रहेको दाबी गर्नुभयो ।

    अहिले सर्वसत्तावादी तथा फासिवादी सोचका कारण युद्ध भइरहेको बताउँदै उहाँले यही कारणले अहिले इरान, युक्रेन, गाजासँगै भेनेजुयला प्रकरण अगाडि आएको बताउनुभयो ।

    अर्कोतर्फ उहाँले अमेरिकी साम्राज्यवादले नक्कली युद्धको अवस्था पनि सिर्जना गरिरहेको पनि बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘अहिलेसम्म अमेरिकाले ५१ ओटा देशमा राजनीतिक कू गरेको अवस्था छ । उसले अन्तर्राष्ट्रिय सन्धिसम्झौता तथा कूटनीतिक सम्बन्धलाई निषेध गरिरहेको छ ।’

    मन्तव्यको क्रममा उहाँले विश्वशान्तिका लागि संसारभरिका उत्पीडित राष्ट्रका जनता एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    राजनीतिक विश्लेषक श्याम श्रेष्ठले अहिलेका साम्राज्यवादी युद्धमा फौज, मिडिया, पैसा र प्रविधि सबै एकैसाथ उपयोग भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘यी सबै माध्यम एकैसाथ प्रयोग भइरहेकाले अहिलेका युद्ध भयावह प्रकृतिका देखिएका छन् ।’

    मन्तव्यको क्रममा साम्राज्यवादी प्रभुत्व हाबी भइरहे पनि विषयको अर्को पाटोस्वरूप विश्व बहुधु्रवीय बन्दै गइरहेकोतर्फ हाम्रो ध्यान जानुपर्ने बताउनुभयो ।

    नाटोको विषयलाई लिएर अमेरिका र युरोपियन युनियनमाझ मतभेद बढ्दै गइरहेको उहाँले दाबी गर्नुभयो ।

    विश्वभरिका शान्तिप्रेमी जनताले विज्ञानसँगै साम्राज्यवाद विरोधी अभियान अगाडि बढाउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    अखिल नेपाल प्रगतिशील बुद्धिजीवी सङ्घका महाद्वीप पोखरेलले अहिले साम्राज्यवादीले प्राकृतिक स्रोतसाधन जहाँ जहाँ छ, त्यहाँ त्यहाँ युद्ध मच्याउने गरेको बताउनुभयो ।

    नेपाल पनि प्राकृतिक स्वरूपले परिपूर्ण रहेको बताउँदै उहाँले एमसिसी पारित गर्दा मसाल र नेमकिपाले मात्रै विरोध गरेको स्मरण गर्नुभयो ।

    पोखरेलले भन्नुभयो– ‘फेरि पनि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपिपी पारित नगर्नु सही कदम थियो ।’

    अहिले देशमा अमेरिकी डिजाइनमा कठपुतली सरकार बनेको स्पष्ट पार्दै उहाँले कम्युनिस्ट भनिएकाले वामपन्थी चरित्र गुमाउनु चिन्ताको विषय रहेको भनाइ राख्नुभयो ।

    कार्यक्रममा जर्मन कम्युनिस्ट पार्टी (एमएलपिडी) का नेता थोमसको पनि आतिथ्य रहेको थियो ।

            

    बिहिबार, असार १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.