• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

वालेन्द्र शाह सरकारको १०० दिन


  •   बिहिबार, असार १८, २०८३ मा प्रकाशित
  • प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिन पूरा गरेको छ । सरकारका प्रवक्ताहरूका अनुसार देश ‘मिसन मोड’ मा छ, अर्थतन्त्र पुनर्जागृत हुँदैछ, सुशासन स्थापित हुँदैछ र नेपाल १०० खर्बको अर्थतन्त्रतर्फ दौडिरहेको छ । तर सडक, बस्ती र जनताको वास्तविक जीवनमा पुगेर हेर्दा सरकारको यो चित्रणभन्दा बिल्कुल फरक दृश्य देखिन्छ—भोक, बेरोजगारी, महँगी, निराशा र होल्डिङ सेन्टरमा रात काटिरहेका सुकुम्वासीहरू ।

    Advertisement

    सरकारले आफ्‌नो १०० दिनको समीक्षा गर्दा उपलब्धिका लामो सूची सार्वजनिक गरेको छ । १०० खर्बको अर्थतन्त्र, डिजिटल शासन, कानुनी सुधार र आर्थिक पुनरुत्थानका आकर्षक नारा प्रस्तुत गरिएका छन्। सरकारको दाबी अनुसार अर्थतन्त्रलाई ‘मिसन मोड’मा अघि बढाइएको छ ।

    तर सपना बेच्नु र परिणाम दिनुबीच ठूलो अन्तर हुन्छ । सरकार अहिले त्यही अन्तरको चपेटामा परेको देखिन्छ । १०० दिनमा सरकारका मन्त्रीहरूले पत्रकार सम्मेलन धेरै गरे, भाषण धेरै दिए, भविष्यका योजना धेरै सुनाए तर जनताले अनुभूति गर्ने परिवर्तन भने अत्यन्त न्यून रह्यो ।
    सबैभन्दा ठूलो विडम्बना भूमिहीन र सुकुम्वासीहरूको अवस्थाले उजागर गरेको छ । चुनावअघि सम्मानजनक आवास, व्यवस्थित बसोबास र सामाजिक न्यायको वाचा गरिएको थियो । तर आज पनि हजारौँ परिवार होल्डिङ सेन्टरमा रोग, अशिक्षा, अभावमा जीवन बिताउन बाध्य छन् । वर्षा सुरु भइसकेको छ, तर उनीहरूको भागमा अझै आश्वासन मात्र परेको छ । सरकार होल्डिङ सेन्टरमा रात काटेकाहरूलाई २५ हजार रुपैयाँ दिएर मुक्त हुने सोंचमा भएको अनुभूति हुन्छ ।

    सरकार सुशासनको नारा लगाइरहेको छ । ‘लाइन होइन, अनलाइन’ भन्ने आकर्षक अवधारणा प्रस्तुत गरिएको छ । तर पेट खाली भएका नागरिकका लागि अनलाइन सेवा होइन, रोजगारी र जीविकोपार्जनको व्यवस्था प्राथमिक आवश्यकता हो । डिजिटल प्रस्तुतीकरणले गरिबको चुल्हो बल्दैन ।

    १०० खर्बको अर्थतन्त्रको सपना सुनाउँदा सरकारले एउटा तथ्य बिर्सिएको छ—अर्थतन्त्र भाषणले होइन, उत्पादनले बढ्छ । उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् । कृषि क्षेत्र संकटग्रस्त छ । हजारौँ युवा दैनिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश पलायन भइरहेका छन् । देशभित्र अवसरको अभाव छ, तर सरकार भविष्यका आकर्षक ग्राफ र स्लाइड प्रस्तुत गर्न व्यस्त छ ।

    सरकारले विप्रेषण वृद्धि र विदेशी मुद्रा सञ्चितिलाई उपलब्धिको रूपमा देखाएको छ । तर यो सफलता सरकारको नीतिको परिणामभन्दा विदेशिन बाध्य नेपाली युवाको पसिनाको कमाइ हो । यदि लाखौं नेपाली युरोप, जापान, भारत, खाडी, मलेसिया लगायत विश्वका विभिन्न देशहरूमा श्रम बेच्न बाध्य नभएका भए आज अर्थतन्त्रको वास्तविक अवस्था कस्तो हुन्थ्यो भन्ने प्रश्नको उत्तर सरकारसँग छैन ।

    सरकारले प्रशासनिक खर्च कटौती, कानुनी सुधार र लगानीमैत्री वातावरणको चर्चा गरेको छ । तर लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा छन् । बजारमा उत्साह छैन । निर्माण व्यवसायीहरू भुक्तानीको समस्या झेलिरहेका छन् । साना तथा मझौला व्यवसायी बैंकको ऋण र घट्दो व्यापारका कारण संकटमा छन् ।

    राजनीतिक रूपमा हेर्दा पनि सरकार आफ्‌नो १०० दिनमै जनअपेक्षाको दबाबमा परेको छ । निर्वाचनका बेला प्रस्तुत गरिएको परिवर्तनको सपना अहिले परीक्षणको चरणमा छ । तर सरकारको कार्यशैली हेर्दा यथार्थभन्दा प्रचारमा बढी जोड दिएको आरोप बलियो बन्दै गएको छ ।
    जनताले सरकारसँग चमत्कारको अपेक्षा गरेका थिएनन् । कम्तीमा समस्या बुझेको, पीडित वर्गको पक्षमा उभिएको र परिणाममुखी काम गरेको सरकार चाहेका थिए । दुर्भाग्यवश, पहिलो १०० दिनको समीक्षाले देखाएको तस्वीर फरक छ—सरकारसँग सपना धेरै छन्, तर जमिनमा देखिने उपलब्धि थोरै ।

    खुला आकाशमुनि र होल्डिङ सेन्टरमा रात काटिरहेका भूमिहीनहरू, रोजगार खोज्दै विमानस्थलको लाइनमा उभिएका युवाहरू, महँगीले थलिएका मध्यमवर्गीय परिवारहरू र व्यवसाय बन्द गर्ने अवस्थामा पुगेका उद्यमीहरूका लागि सरकारका ‘मिसन मोड’ र ‘१०० खर्ब’ का भाषण अहिले व्यंग्य जस्तै लाग्न थालेका छन् ।

    १०० दिनको निष्कर्ष सरल छ— सरकारले आशा जगाउने शब्द धेरै खर्चियो, तर जनताको जीवनमा परिवर्तन ल्याउने काम अझै देखाउन सकेको छैन । यदि यही गति रह्यो भने इतिहासले यो १०० दिनलाई उपलब्धिको होइन, ठूलो सपना देखाएर जनअपेक्षा पूरा गर्न नसकेको कालखण्डका रूपमा सम्झिनेछ ।

    बिहिबार, असार १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.