• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

४५ वर्षदेखि जनताको स्वर गुञ्जाइरहेको ‘रक्तिम’ (फोटो फिचर सहित)


  •   बिहिबार, असार १८, २०८३ मा प्रकाशित
  • रुपन्देही। जनवादी, प्रगतिशील र क्रान्तिकारी गीत–संगीतका माध्यमबाट जनताको मनमा बस्न सफल रक्तिमले चार दशकभन्दा लामो यात्रामा आफूलाई एउटा सशक्त सांस्कृतिक आन्दोलनका रूपमा स्थापित गरेको छ।

    Advertisement

    शनिबार बुटवलमा आयोजित ‘विशेष रक्तिम साँझ–२०८३’ ले यही सांस्कृतिक यात्राको निरन्तरता र प्रभावलाई फेरि एकपटक पुष्टि गर्‍यो । करिब ४१ डिग्री सेल्सियसको अत्यधिक गर्मीका बीच आयोजना गरिएको कार्यक्रममा सहभागीहरूको उत्साह भने कतै कम देखिएन ।

    खचाखच भरिएको बुटवल उद्योग वाणिज्य संघको सभाहल बाहिर पनि सहभागीहरूको बाक्लो उपस्थिति थियो । लाइन व्यवस्थापनमा केही समस्या हुँदा धेरै दर्शक पसिनाले निथ्रुक्क भिजे । विद्युत् अवरोधका कारण कार्यक्रम सुरु हुन पनि करिब एक घण्टा ढिलो भयो । तर, ती सबै असहजताका बाबजुद दर्शक अन्तिमसम्म हलमा बसे, कलाकारसँगै गाए, नृत्यमा झुमे र कलाकारलाई भरपूर ऊर्जा दिए ।

    रक्तिमका संस्थापकदेखि नयाँ पुस्तासम्मका करिब चार दर्जन कलाकारले कार्यक्रममा प्रस्तुति दिएका थिए । राजनीतिक कार्यक्रममा कम उपस्थिति जनाउने धेरै समर्थक पनि रक्तिमको कार्यक्रममा भने स्वतः आकर्षित हुने गरेको देखिन्थ्यो । त्यसमा पनि संस्थापक अध्यक्ष तथा चर्चित जनगायक जीवन शर्माप्रतिको सम्मान र आकर्षण विशेष थियो । उनले चार दशकअघि गाएका गीतहरू अहिले पनि उत्तिकै सान्दर्भिक र जनप्रिय छन् । समय बदलिएको छ, शासन व्यवस्था फेरिएको छ, तर ती गीतका सन्देश र भावनाले आज पनि दर्शकलाई उत्तिकै स्पर्श गरिरहेका छन् ।

    कार्यक्रममा ८४ वर्षीय राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि अन्त्यसम्म सहभागी रहे । उनीसँगै पुरानो पुस्ताका धेरै नेता–कार्यकर्ताले चासोपूर्वक कार्यक्रम अवलोकन गरे । उनीहरूको अनुहारमा पुराना संघर्ष र आन्दोलनका सम्झनाहरू झल्किरहेका थिए भने युवा पुस्ता गीत र नृत्यमा रमाइरहेको देखिन्थ्यो । यसले रक्तिमले पुस्तान्तरणको सेतु निर्माण गरिरहेको अनुभूति गरायो ।

    कार्यक्रमको सुरुवात सामूहिक गीत ‘हामी एक बनौँ’ बाट गरिएको थियो । रक्तिमका महासचिव हेमराज आश्रमको रचना र संगीत रहेको यो गीतले छिन्नभिन्न बनेको नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताका लागि आह्वान गरेको अनुभूति गरायो । विभिन्न राजनीतिक धारमा विभाजित कम्युनिस्ट पृष्ठभूमिका व्यक्तिहरू एउटै हलमा उपस्थित रहेका बेला प्रस्तुत गरिएको यो गीतले विशेष अर्थ बोकेको थियो । राजनीतिक रूपमा विभाजित भए पनि सांस्कृतिक रूपमा एकताको सन्देश दिन खोजिएको प्रस्ट देखिन्थ्यो ।

    त्यसपछि ‘कम्युन संस्कृति’ शीर्षकको नृत्यसहितको प्रस्तुति मञ्चन गरियो । रक्तिमका अध्यक्ष गिरिप्रसाद बुढा र महासचिव हेमराज आश्रमको रचना तथा संगीत रहेको यो प्रस्तुतिले सामूहिकता, समानता र श्रम संस्कृतिको पक्षमा सन्देश दिएको थियो । नृत्य, संगीत र अभिनयको सम्मिश्रणले दर्शकलाई निकै आकर्षित गर्‍यो ।

    देश र परिवेशसँग सम्बन्धित प्रस्तुतिअन्तर्गत ‘आएन परदेशी’ लघु गीति नाटकले नेपाली समाजको वास्तविकता झल्काएको थियो । जीवन शर्माको रचना र संगीत तथा हेमराज आश्रमको नाट्य रूपान्तरण रहेको यो प्रस्तुतिले वैदेशिक रोजगारीका कारण परिवारमा आउने विछोड, प्रतीक्षा र भावनात्मक पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गर्‍यो । विदेशिएको श्रीमान्‌को प्रतीक्षामा वर्षौँ बिताएकी पत्नीको मनोविज्ञान र गाउँघरको सामाजिक यथार्थले धेरै दर्शकलाई भावुक बनाएको थियो ।

    ‘फेरि पनि हुकुमी शासन चल्दैछ’ शीर्षकको प्रस्तुतिले भने समय परिवर्तन भए पनि शासकीय प्रवृत्तिमा खासै परिवर्तन नआएको संकेत गरेको थियो । जीवन शर्माको रचना र संगीत रहेको यो गीत चार दशकभन्दा बढी समयदेखि गाइँदै आएको छ । दर्शकहरूले गीतसँगै स्वर मिलाउँदा यसको लोकप्रियता र सान्दर्भिकता अझ स्पष्ट हुन्थ्यो । राजनीतिक व्यवस्था बदलिँदा पनि जनताको अपेक्षा पूरा हुन नसकेको सन्देश गीतले बोकेको थियो ।

    (प्रस्तुत समाचार रामप्रसाद आचार्यले नेपाल प्रेसकाका लागि लेखनुभएको हो । हामीले यो समाचारको संक्षिप्त अंशमात्रै प्रकाशित गरेका छौँ ।)

     

    बिहिबार, असार १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.