• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

उपप्रमुख मिनराज राना र नेता इन्दलप्रसाद केवटको निधनप्रति राष्ट्रिय जनमोर्चाद्वारा श्रद्धाञ्जली


  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित
  • प्यूठान, असार १४ । राष्ट्रिय जनमोर्चाले प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख तथा पार्टीका सल्लाहकार मिनराज राना र रुपन्देहीका पार्टी नेता इन्दलप्रसाद केवटको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

    Advertisement

    जनमोर्चाद्वारा जारी शोक वक्तव्यअनुसार उपप्रमुख रानाको असार १३ गते स्वर्गद्वारीबाट धनबाङतर्फ जाँदै गरेको सरकारी गाडी भीरबाट खसेर दुर्घटना हुँदा मृत्यु भएको हो। राना राष्ट्रिय जनमोर्चाका होनहार, जुझारु, इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ सदस्यका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गद्वारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो।

    वक्तव्यमा रानाले पार्टीको आन्दोलन तथा प्यूठानको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिएको छ। साथै सामाजिक जीवनमा लोकप्रिय जनप्रतिनिधिका रूपमा स्थापित रानाको निधनले पार्टी र जिल्लाको राजनीतिक आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाइएको छ।

    त्यसैगरी, रुपन्देही जिल्ला रोहिणी गाउँपालिका–५ निवासी तथा राष्ट्रिय जनमोर्चाका नेता इन्दलप्रसाद केवटको ७३ वर्षको उमेरमा असार १३ गते निधन भएको जनाइएको छ। केवट पार्टीका इमान्दार, कर्तव्यनिष्ठ, अनुशासित तथा स्वच्छ छवि भएका नेताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँ राष्ट्रिय जनमोर्चा रोहिणी गाउँकमिटीका पूर्वअध्यक्ष समेत रहनुभएको थियो।

    राष्ट्रिय जनमोर्चाले केवटको निधनबाट रुपन्देही जिल्लाको कम्युनिस्ट आन्दोलन र पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ।

    पार्टी अध्यक्ष चित्रबहादुर के.सी.द्वारा जारी वक्तव्यमा दिवंगत नेता राना र केवटप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन तथा पार्टीका सम्पूर्ण सदस्यहरूप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गरिएको छ।

    हार्दिक श्रद्धाञ्जली

    “प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका उपप्रमुख कामरेड मिनराज रानाको १३ गते स्वर्गद्वारीबाट धनबाङ्तर्फ जाँदै गरेको सरकारी गाडी भीरबाट खसेर दुर्घटनाग्रस्त हुँदा उक्त दुर्घटनामा परी मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गम्भीर दुःख व्यक्त गर्दै सन्तप्त समस्त परिवारजनसहित राष्ट्रिय जनमोर्चा प्यूठान जिल्लाका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक समवेदना र गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।

    कामरेड मिनराज राना हाम्रो पार्टीको होनाहार, जुझारु, इमान्दार, अनुशासित, प्रतिवद्ध र कर्तव्यनिष्ठ सदस्य हुनुहुन्थ्यो । उहाँले राष्ट्रिय जनमोर्चा प्यूठानको सल्लाहकार हुनुहुन्थ्यो । २०७९ को स्थानीय निर्वाचनमा उहाँ राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गद्वारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । हाम्रो पार्टीको आन्दोलनमा उहाँको धेरै महŒवपूर्ण भूमिका रहेको थियो । उहाँ सामाजिक जीवनमा सहज भिजेको स्वर्गद्वारी नगरपालिकाका जनताको प्रिय जनप्रतिनिधि हुनुहुन्थ्यो । यसरी उहाँको मृत्युले प्यूठानको कम्युनिस्ट आन्दोलनका साथै हाम्रो पार्टीको आन्दोलनमा अपूरणीय क्षति हुन गएको छ ।

    रुपन्देही जिल्ला रोहिणी गाउँपालिका–५ निवासी कामरेड इन्दलप्रसाद केवटको ७३ वर्षको उमेरमा २०८३ असार १३ गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजन तथा रुपन्देही जिल्लाका राष्ट्रिय जनमोर्चाका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक समवेदना तथा गहिरो सहानुभूति प्रकट गर्दछौँ ।

    कामरेड इन्दलप्रसाद केवट हाम्रो पार्टीको इमान्दार, कर्तव्यनिष्ट, अनुशासित र अत्यन्त स्वच्छ छवि भएको सदस्य हुनुहुन्थ्यो । तराई–मधेशका जनसमुदायमा उहाँ आदरणीय व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय जनमोर्चा रोहीणी गाउँकमिटीको पूर्वअध्यक्ष हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनका साथै रुपन्देही जिल्लाको कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति हुन गएको छ ।अन्तमा हामीले कामरेड मिनराज राना तथा कामरेड इन्दलप्रसाद केवट दुवै जना कमरेडहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”

    २०८३ असार १४ गते ।

    चित्रबहादुर के.सी.
    अध्यक्ष

    आइतबार, असार १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.