• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

आनन्दराज शर्माद्वारा प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथि खतरा बढेकाले एकताबद्ध संघर्षको आह्वान


  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा

    Advertisement

    काठमाडौँ, असार १४ । युगज्योति प्रा.लि.का अध्यक्ष आनन्दराज शर्माले वर्तमान सरकारका प्रारम्भिक गतिविधिले प्रेस स्वतन्त्रता, नागरिक अधिकार तथा लोकतान्त्रिक उपलब्धिमाथि गम्भीर चुनौती सिर्जना गरिरहेको भन्दै सञ्चार क्षेत्र एकताबद्ध भएर संघर्षमा उत्रिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

    नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले आज पत्रकार महासङघको केन्द्रीय कार्यालय सङ्चार ग्राम, काठममाडौँमा “नेपाल पत्रकार महासंघको आन्दोलन र काठमाडौँ शाखाको भावी योजना विषयक” सम्पादक/प्रकाशकसँग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा मन्तव्य राख्नै नेता शर्माले सो धारणा राख्नुभएको हो ।

    नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले सरकारले छोटो अवधिमै देखाएको कार्यशैलीले मुलुकको भविष्यप्रति गम्भीर चिन्ता उत्पन्न गराएको बताउनुभयो । पत्रकारिता क्षेत्र सधैँ सरकारका गलत गतिविधिमाथि खबरदारी गर्ने लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएकाले आगामी दिन पत्रकारका लागि पनि सहज नहुने संकेत देखिएको उहाँको भनाइ थियो।

    शर्माले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने, सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर पार्ने, आलोचनात्मक आवाजलाई निरुत्साहित गर्ने तथा सरकारको पक्षमा मात्रै बोल्ने प्रवृत्तिलाई प्रोत्साहन गर्ने गतिविधि बढ्दै गएको आरोप लगाउनुभयो । यस्ता कार्य लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको उल्लेख गर्दै उहाँले समयमै प्रतिरोध गर्न नसके देश फाँसीवादी प्रवृत्तितर्फ उन्मुख हुन सक्ने चेतावनी दिनुभयो ।

    उहाँले विश्वका विभिन्न मुलुकमा प्रेस स्वतन्त्रतामाथि दबाब बढिरहेको उल्लेख गर्दै नेपालमा पनि त्यस्तै प्रकारको अवस्था सिर्जना हुने संकेत देखिएको बताउनुभयो । लामो राजनीतिक संघर्ष, लोकतन्त्र स्थापना र नागरिक अधिकारको संरक्षणमा नेपाली पत्रकारिताले निर्वाह गरेको ऐतिहासिक भूमिकालाई कुनै पनि अवस्थामा कमजोर हुन नदिन उहाँले आग्रह गर्नुभयो ।

    पत्रकारहरू व्यक्तिगत रूपमा फरक राजनीतिक आस्थासँग आबद्ध हुन सक्ने भए पनि सत्ता जसको भए पनि जनविरोधी, राष्ट्रहितविपरीत तथा लोकतन्त्रविरोधी गतिविधिमाथि निर्भीक रूपमा खबरदारी गर्नु पत्रकारिताको मूल दायित्व भएको शर्माको भनाइ थियो ।

    नेपाल पत्रकार महासंघले अघि सारेका आन्दोलनका कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै उहाँले प्रेस स्वतन्त्रता, सञ्चारकर्मीको हकहित तथा लोकतान्त्रिक अधिकारको रक्षाका लागि थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न आग्रह गर्नुभयो ।

    काठमाडौँ शाखाको भूमिकाले देशभरका पत्रकारलाई सकारात्मक सन्देश प्रवाह गर्न सक्ने उल्लेख गर्दै शर्माले शाखाले अझ जिम्मेवार, प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यता र काठमाडौँ शाखा अध्यक्ष शोभा आर्यालको अध्यक्षताबाट अगाडि बढेको थियो ।

    कार्यक्रममा सम्पादक समाजका अध्यक्ष पुरु रिमालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन काठमाडौं शाखा सचिव रमेश बोहराले र स्वागत मन्तव्य हेम रानाले गर्नुभएको थियो ।

    कार्यक्रममा किशोर श्रेष्ठ, राम प्रसाद दाहाल, आनन्दराज शर्मा, के.वी. सम्राट, शान्ताराम बिडारी, सूर्य सुवेदी, टंक कार्की, मदन श्रेष्ठ, दामोद प्रसाद दवाडी, डा. केशव देवकोटा, नवराज न्यौपाने, कल्पना शर्मा, रोजिना थापा, रामचन्द्र बस्नेत लगायतले आसन ग्रहण तथा सुझाव दिएका थिए ।

    आइतबार, असार १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.