• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

जनताको सेवामै बितेको जीवन : सहयोद्धा मीनराज रानामगरप्रति भावपूर्ण श्रद्धाञ्जली


  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित
  • ध्रुव बस्याल ##

    Advertisement

    जन्म र मृत्यु जीवनका अपरिहार्य सत्य हुन् तर केही मानिस यस्ता हुन्छन्, जो शारीरिक रूपमा बिदा भए पनि आफ्ना विचार, कर्म र योगदानका कारण कहिल्यै मर्दैनन् । उनीहरू जनताको मनमा, समाजको स्मृतिमा र इतिहासका पानामा सधैँ जीवित रहन्छन् । स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख, राष्ट्रिय जनमोर्चाका नेता, नेकपा (मसाल) प्युठान सचिवालय सदस्य तथा विभिन्न जनवर्गीय मोर्चामा सक्रिय भूमिका निर्वाह गर्नुभएका मीनराज रानामगर त्यस्तै दुर्लभ व्यक्तित्व हुनुहुन्थ्यो ।

    आज पनि मनले उहाँको निधन स्वीकार्न सकेको छैन । केही दिनअघि मात्रै बजेट, विकास र स्वर्गद्वारीको भविष्यबारे उहाँसँग आत्मीय कुराकानी भएको थियो । हाँस्दै, नयाँ योजनाका सपना बाँड्दै फोनबाट बिदा भएका हामी, यति छिट्टै उहाँकै सम्झनामा श्रद्धाञ्जली लेख्नुपर्ने दिन आउला भन्ने कल्पना पनि गरेका थिएनौँ । साँच्चै, जीवन कति अनिश्चित रहेछ ? कहिलेकाहीँ “फेरि भेटौँला” भनेर छुट्टिएको संवाद नै जीवनको अन्तिम संवाद बन्न पुग्दो रहेछ ।

    धनबाङको माटोमा जन्मिएका मीनराज रानामगरले आफ्नो जीवन कहिल्यै आफ्ना लागि मात्र बाँच्नुभएन । सामाजिक भाव बोकेका युवा समाज परिवर्तनको यात्रा सङ्घर्ष, विचार र जनसेवाप्रतिको अटुट निष्ठाले भरिएको थियो । उहाँका लागि राजनीति अवसरको भर्‍याङ थिएन, जनताको सेवाको बाटो थियो । पार्टीले दिएको प्रत्येक जिम्मेवारी उहाँले इमानदारीपूर्वक पूरा गर्नुभयो । सङ्गठनको हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्ने उहाँको जीवनशैली नै उहाँको सबैभन्दा ठुलो परिचय बन्यो ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा स्वर्गद्वारी नगरपालिका–२ को वडाअध्यक्ष निर्वाचित भएपछि उहाँले विकासलाई भाषणमा होइन, व्यवहारमा उतार्नुभयो । गाउँगाउँ पुगेर जनताको कुरा सुन्ने, विकासका योजना आफैँ अनुगमन गर्ने र सानोभन्दा सानो समस्यालाई पनि आफ्नै जिम्मेवारी ठान्ने उहाँको कार्यशैलीले जनताको मन जित्यो । यही विश्वासले उहाँलाई पछि उपप्रमुखको जिम्मेवारीसम्म पुर्‍यायो ।

    उपप्रमुख भएपछि पनि उहाँमा पदको कुनै अहङ्कार देखिएन । उहाँ कार्यालयभन्दा जनतामाझ बढी देखिनुहुन्थ्यो । विकासका योजना कागजमा सम्पन्न भएको होइन, जनताको जीवनमा परिवर्तन आएको हेर्न चाहनुहुन्थ्यो । विडम्बना ! जीवनको अन्तिम दिन पनि उहाँ जनताकै काममा, योजनाको अनुगमनमा निस्किनुभएको थियो तर नियतिले अर्को निर्णय गरिसकेको रहेछ । स्वर्गद्वारी–२ बाङ्गेसल्लाको भिरमा भएको सवारी दुर्घटनाले एउटा असल जनप्रतिनिधिको जीवनयात्रा त्यहीँ रोकिदियो ।

    यो केवल एउटा दुर्घटना थिएन, जनताको सेवामा समर्पित एउटा जीवन कर्तव्यकै मैदानमा रोकिएको क्षण थियो । उहाँ केवल नेता मात्र हुनुहुन्थेन, उहाँ अभिभावक हुनुहुन्थ्यो, सहयोद्धा हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो । निराश मनलाई हौसला दिने, अप्ठ्यारोमा साथ दिने र जनताको दुःखलाई आफ्नै दुःख सम्झने दुर्लभ मानिस हुनुहुन्थ्यो । उहाँसँग ठुलो पदको लोभ थिएन, व्यक्तिगत महत्त्वाकाङ्क्षा थिएन । उहाँको सबैभन्दा ठुलो सम्पत्ति जनताको माया, विश्वास र सम्मान थियो ।

    जीवनले उहाँलाई धेरै पीडा पनि दियो । प्रतिभाशाली भाइ भीम रानामगरको असामयिक निधन, त्यसपछि अर्को भाइ योगेशको बिछोड । यी घटनाले उहाँलाई पटकपटक भित्रैदेखि भत्कायो तर आफ्ना व्यक्तिगत पीडालाई मनभित्रै दबाएर उहाँ समाज, पार्टी र जनताप्रतिको जिम्मेवारीबाट कहिल्यै पछि हट्नुभएन । सायद त्यसैले उहाँ सबैका लागि नेता मात्र होइन, भरोसाको अर्को नाम बन्नुभयो ।

    आज उहाँको बिदाइसँगै तीन छोराले आफ्ना पिता गुमाएका छन् । परिवारले आफ्नो अभिभावक गुमाएको छ । धनबाङले आफ्नो असल छोरा गुमाएको छ । स्वर्गद्वारीले जनताको प्रिय उपप्रमुख गुमाएको छ । पार्टीले एउटा निष्ठावान् सिपाही गुमाएको छ । हामी सबैले एउटा आत्मीय सहयात्री गुमाएका छौँ । बारम्बार मनमा एउटा प्रश्न उठ्छ, त्यो अन्तिम यात्रामा तपाईंले के सोच्नुभयो होला ? अझै कति योजना बाँकी थिए, कति सपना अधुरा थिए तर अब ती सबै प्रश्न सधैँका लागि अनुत्तरित रहनेछन् ।

    आज पनि त्यो अन्तिम संवाद, त्यो आत्मीय मुस्कान र विकासका योजनाबारे गरेका कुरा स्मृतिमा ताजै छन् । समयले शरीरलाई हामीबाट टाढा लैजान सक्छ तर यस्ता सम्झना कहिल्यै मेट्न सक्दैन । प्रिय सहयोद्धा, तपाईं आज हामीबिच शारीरिक रूपमा हुनुहुन्न तर तपाईंले देखाउनुभएको इमानदारी, सादगी, सङ्घर्ष, जनताप्रतिको समर्पण र निष्ठा सधैँ जीवित रहनेछ । तपाईंको जीवनले हामीलाई एउटा ठुलो पाठ सिकाएको छ । राजनीति पदका लागि होइन, जनताको सेवाका लागि हुनुपर्छ । साँचो नेता भाषणले होइन, कर्मले चिनिन्छ । तपाईंले छोडेर जानुभएका अधुरा सपनालाई पूरा गर्ने प्रयास नै तपाईंप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । तपाईंले देखाउनुभएको बाटोमा हिँड्ने सङ्कल्पसहित, अलविदा, प्रिय सहयोद्धा मीनराज रानामगर ।

    तपाईंको शरीर हामीबाट टाढिएको होला तर तपाईंका विचार, तपाईंको सङ्घर्ष र तपाईंले कमाएको सम्मान सधैँ हाम्रो मनमा जीवित रहनेछ । भावपूर्ण हार्दिक श्रद्धाञ्जली ! लालसलाम, प्रिय सहयोद्धा !

    आइतबार, असार १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब
    मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.