• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सात वर्षमै अस्ताए राजनीतिकका तीन योद्धा राना दाजुभाइ


  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित
  • प्युठान । एउटा परिवार, तीन सक्रिय राजनीतिकर्मी दाजुभाइ, र सात वर्षको अन्तरालमा लगातार तीन शोक । यस्तो पीडादायी घटनाले प्युठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङ, खाल मात्रै होइन, समग्र जिल्लालाई नै स्तब्ध बनाएको छ ।

    Advertisement

    शनिबार स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा निधन भएपछि राना परिवारले आफ्‌ना तीन भाइलाई अल्पायुमै गुमाएको दुःखद अध्याय पूरा भएको छ । यसअघि साइला भाइ भीम राना मगर र माइला भाइ योगेश राना मगरको पनि कम उमेरमै निधन भइसकेको थियो ।

    सेवाकै क्रममा अन्तिम यात्रा

    ५० वर्षीय मीनराज राना मगर २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेससँगको गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका तर्फबाट स्वर्गद्वारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । उनी राष्ट्रिय जनमोर्चाको जिल्ला सचिवालय सदस्यसमेत थिए ।

    शनिबार पोषण कार्यक्रमको अनुगमन सकेर आफैं गाडी चलाउँदै फर्किने क्रममा भएको दुर्घटनामा उनको ज्यान गएको हो । वाङ्गेसल्ला स्थायी घर भए पनि उनी सानो व्यवसाय सञ्चालन गर्दै जलुके क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

    स्थानीयका अनुसार मीनराज सरल, मिलनसार र जनताका समस्यामा जुनसुकै बेला पनि उपस्थित हुने जनप्रतिनिधिका रूपमा परिचित थिए ।

    सात वर्षमा तीन भाइ गुमायो परिवार

    मीनराज राना मगर राना परिवारका जेठा सन्तान थिए । उनीभन्दा पहिले नै उनका दुई भाइको पनि असामयिक निधन भइसकेको थियो ।

    २०७५ साल असोजमा ३८ वर्षको उमेरमा साइला भाइ भीम राना मगरको हृदयघातका कारण निधन भएको थियो । त्यसको करिब अढाई वर्षपछि २०७७ साल चैतमा माइला भाइ योगेश राना मगरको ४१ वर्षको उमेरमा जन्डिसका कारण मृत्यु भएको थियो ।

    तीनै भाइ समाजसेवा र राजनीतिमा सक्रिय थिए । सात वर्षभित्रै तीनै जनाको निधन भएपछि राना परिवारमाथि परेको पीडालाई स्थानीयले ॅबज्रपात’को संज्ञा दिएका छन् ।

    राजनीतिमा छुट्टै पहिचान

    राना परिवारका तीनै दाजुभाइले राष्ट्रिय जनमोर्चाको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    भीम राना मगर विद्यार्थी राजनीतिबाट उदाएका नेता थिए । उनी अखिल (छैटौं) का जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवालय सदस्यसम्म पुगेका थिए । उनी रक्तिम सांस्कृतिक अभियानसँग पनि आबद्ध थिए ।

    योगेश राना मगर पनि संगठन निर्माण र सामाजिक अभियानमा सक्रिय थिए । मीनराज भने जनप्रतिनिधिका रूपमा जनताको दैनिक समस्या समाधानमा निरन्तर खटिने नेताका रूपमा चिनिन्थे ।

    युवक संघ प्युठानका नेता कुवेर भण्डारीका अनुसार प्युठानमा नेकपा (मसाल) को राजनीतिमा मीनराज, योगेश र भीम राना मगर अग्रपंक्तिमा गनिने नाम थिए ।

    पालिकाले गुमायो जनताको नेता

    स्वर्गद्वारी नगरपालिका–२ का वडाध्यक्ष बुद्धिराम पुनका अनुसार मीनराज राना मगर नागरिकको सेवामा सधैं अग्रसर रहने जनप्रतिनिधि थिए ।

    उनले जनताको सेवाभन्दा ठूलो जिम्मेवारी अरू केही नठान्ने स्वभावका मीनराजको असामयिक निधनले स्वर्गद्वारी नगरपालिका मात्र होइन, समग्र जिल्लाको राजनीतिक र सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको बताए ।

    शोकमा परिवार र गाउँ

    राना परिवारमा अहिले कान्छा भाइ लोकेन्द्र राना मगर र बहिनी मनिषा राना मगर छन् । दिवंगत मीनराजका श्रीमती र तीन छोरा छन् ।

    एकपछि अर्को गर्दै तीन सक्रिय दाजुभाइलाई गुमाउनु केवल एउटा परिवारको पीडा मात्र होइन, समाजसेवा र राजनीतिमा सक्रिय एउटा पुस्ताको असामयिक अन्त्य पनि हो । उनीहरूले समाज परिवर्तनका लागि देखाएको प्रतिबद्धता र जनतासँग बनाएको सम्बन्ध अहिले पनि स्थानीयका स्मृतिमा जीवित छ । तर सात वर्षभित्रै तीनै दाजुभाइको असामयिक निधनले राना परिवारसँगै प्युठानको राजनीतिक वृत्तलाई गहिरो शोकमा डुबाएको छ ।

    आइतबार, असार १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.