• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सुकुम्वासी समस्या समाधानार्थ तीन किसान सङ्गठनले अगाडि सारे पाँच बुँदे माग


  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
  • काठमाडौँ । तीन किसान सङ्गठनले सुकुम्वासी समस्या समाधानबारे तीन बुँदे माग अगाडि सारेका छन् ।

    Advertisement

    २०८३ असार १२ गते शुक्रबार संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले सो माग अगाडि सारेका हुन् ।

    सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई सुनिश्चित र सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने, बालबालिकाका लागि शिक्षाको व्यवस्था गर्नुपर्ने, अशक्त र बिरामीको नि:शुल्क उपचार सरकारले गर्नुपर्ने, उजाडिएका सुकुम्वासी वा गैरसुकुम्वासीको तथ्याङ्क सार्वजनिक गर्नुपर्ने तथा काम गर्ने उमेरका जनशक्तिलाई रोजगारी दिनुपर्ने उनीहरूको माग छ ।

    प्रेसवक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष रामदुलार महतोको हस्ताक्षर रहेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “शासनसत्तामा आउनासाथ रास्वपाको बालेन सरकारले सुकुम्वासी बस्तीमाथि डोजर चलाएर आफ्नो सुशासनको सुुरुआत गरेको र सुकुम्वासीलाई होल्डिङ सेन्टरमा कैदीबन्दीजस्तै थुनामा राखेर समाधान खोज्ने भनेको थियो । बस्ती उजाडिएको ती सुकुम्वासीलाई अहिले पाँच दिनभित्र ती होल्डिङ सेन्टर छोड्न उर्दी सुनाएर उनीहरूमाथि बिचल्लीको थप अर्को चरणको सुशासन प्रदर्शन गरेको छ । अव्यवस्थित बसोबासीका लालपुर्जा र जीवन धान्ने रोजगारी पाइएला भनेर आशा गरिरहेका सुकम्वासीका भविष्य यसरी अनिश्चित र अन्यौलपूर्ण तुल्याइएको छ ।

    सुकुम्वासीलाई यसरी बिचल्ली तुल्याउने, सुनिश्चित बसोबास र समुचित रोजगारीको व्यवस्था नगरी उनीहरूको जीवनमाथि खेलबाड गर्ने गैरजिम्मेवार र दमनकारी सरकारी कदमको हामी तीन किसान सङ्गठन घोर निन्दा र भत्र्सना गर्दछौँ ।

    कुनै पूर्वतयारी नगरी हचुवाको भरमा सुकुम्वासी बस्तीमाथि डोजर आक्रमण गर्ने र बिचल्ली पारेर छोड्ने सरकारले सुकुम्वासी समस्या हल गर्नेभन्दा उनीहरूमाथि थप समस्या थोपर्ने जुन काम गर्दैछ, यसले आवास, रोजगारी, शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक संवैधानिक हकको पनि धज्जी उठाएको छ ।

    अत: हामी तत्काल निम्नलिखित माग पूरा गर्न र दीर्घकालीन रूपमा यस समस्याको सही समाधान खोज्न जोडदार माग गर्दछौं :

    १. तत्काल सम्पूर्ण सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई सुनिश्चित र सुरक्षित बसोबासको व्यवस्था तुरुन्त मिलाऊ ।

    २. सुकुम्वासीका छोराछोरीले पढ्न, लेख्न पाउने समुचित व्यवस्था गर ।

    ३. बिरामी र अशक्त सुकुम्वासीका सम्पूर्ण उपचारखर्च सरकारले व्यहोर्ने व्यवस्था गर ।

    ४. बस्ती उजाडिएका सुकुम्वासी र गैरसुकुम्वासीको विवरण सार्वजनिक गर ।

    ५. सम्पूर्ण सुकुम्वासीलाई दीर्घकालीन रूपमा आवास, शिक्षा, स्वास्थ्य सबै हिसाबले सुरक्षित बसोबास र काम गर्ने उमेरका सबैलाई रोजगारी दिने व्यवस्था गर ।”

    शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.