• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राजमो भन्छ– प्रदेशसभा खारेज गर्नु सकारात्मक


  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रदेशसभा खारेज गर्नेसम्बन्धी राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयलाई सकारात्मक बताएको छ ।

    Advertisement

    कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीको हस्ताक्षरमा २०८३ असार १२ गते प्रेसवक्तव्य जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो ।

    प्रदेशसभा खारेज गर्ने निर्णयबाट प्रशासनिक संरचनालाई सरल बनाउन, आर्थिक व्यवभार घटाउन र विद्यमान संरचनाको पुनरवलोकनसम्बन्धी बहसलाई बल पुग्ने पार्टीको ठहर छ ।

    त्यस्तै रास्वपाको महाधिवेशन दस्तावेजमा धर्मनिरपेक्षताबारे मौन रहनुबाट राजनीतिक संशय उत्पन्न भएको वक्तव्यमा उल्लेख छ । यस सम्बन्धमा रास्वपाले राजावादी वा भारतको संस्थापन पक्षसँग नजिक हुने सम्भावनातर्फ राजमोले इङ्गित गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनबाट पारित भएका केही निर्णयप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा हाम्रो धारणा निम्नानुसार सार्वजनिक गर्दछौँ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनले प्रदेश सभा खारेज गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । हाम्रो पार्टीले उक्त निर्णयलाई सकारात्मक रूपमा लिन्छ । प्रदेशसभाको खारेजीले राज्यको प्रशासनिक संरचनालाई सरल बनाउन, अनावश्यक रूपमा बढ्दै गएको आर्थिक व्ययभार घटाउन तथा मुलुकमा विद्यमान संरचनाको पुनरावलोकनसम्बन्धी बहसलाई थप बल पुर्‍याउने विश्वास हाम्रो पार्टीको छ ।

    लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता २०६२–६३ को जनआन्दोलनका ऐतिहासिक उपलब्धि मात्र नभई नेपालको वर्तमान संविधानका आधारभूत स्तम्भ पनि हुन् तर राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनले धर्मनिरपेक्षताको विषयमा कुनै स्पष्ट धारणा सार्वजनिक नगर्नुले गम्भीर राजनीतिक संशय उत्पन्न गरेको छ । यस्तो मौनता धर्मनिरपेक्षताप्रतिको प्रतिबद्धतामा अस्पष्टता मात्र नभई राजावादी शक्ति वा भारतको संस्थापन पक्षसँग निकट राजनीतिक दृष्टिकोण अवलम्बन गर्ने सम्भावना बलियो देखिन्छ । हाम्रो पार्टी धर्मनिरपेक्षता कमजोर पार्ने वा त्यस विरुद्ध हुने कुनै पनि प्रकारका षड्यन्त्र, प्रयास वा राजनीतिक गतिविधिलाई स्वीकार गर्ने छैन र संविधानका यी उपलब्धिको दृढतापूर्वक रक्षा गर्न प्रतिबद्ध रहनेछ ।”

    शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.