काठमाडौं । प्रतिनिधिसभाको बैठक छ दिनपछि बस्ने गरी स्थगित गरिएको छ। शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गरेपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजेका लागि बोलाएका हुन्।
Advertisement
बैठकबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश स्वीकृत भएका छन्।
सरकारले संसद् अधिवेशन सुरु हुनुअघि जारी गरेका आठ अध्यादेशमध्ये यी चार अध्यादेश प्रतिनिधिसभाबाट अनुमोदन भएका हुन्। अध्यादेश स्वीकृत भएसँगै ती सम्बन्धी प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ।