• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मसालका प्रवक्ताद्वारा अर्थमन्त्रीमाथि निष्पक्ष छानबिनको माग


  •   बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
  • काठमाडौं, असार ४ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि करको दर हेरफेर गरी एक कम्पनीलाई फाइदा पुर्‍याउने उद्देश्यले गोप्य सूचना चुहावट गरेको भन्ने विषयमा निष्पक्ष र तटस्थ छानबिन गर्न माग गरेको छ।

    Advertisement

    नेपाल कम्युनिस्ट पार्टी (मसाल) को केन्द्रीय कार्यालयद्वारा पार्टी प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा असार ४ गते बुधबार सार्वजनिक गरिएको वक्तव्यमा पार्टीले उक्त प्रकरणबारे संसदमा उठेका विषय तथा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्‌नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

    वक्तव्यमा करको दर हेरफेर र गोप्य सूचना चुहावटसम्बन्धी आरोपबारे सत्यतथ्य पत्ता लगाउन न्यायिक वा संसदीय छानबिन विशेष समिति गठन गर्नुपर्ने मागलाई पार्टीले समर्थन गरेको उल्लेख छ ।

    पार्टीले यस्ता प्रकृतिका घटनामा विगतमा पनि छानबिन समिति गठन भएका उदाहरण रहेको स्मरण गराउँदै अर्थमन्त्री र सरकारद्वारा छानबिनको आवश्यकता अस्वीकार गरिनु उचित नभएको जनाएको छ । वक्तव्यमा सरकार र अर्थमन्त्रीको छानबिनप्रतिको असहमतिले उक्त प्रकरणमा अर्थमन्त्रीको संलग्नताबारे थप शंका उत्पन्न गरेको दाबी गरिएको छ।

    साथै, यो विषयमा अर्थमन्त्री मात्र नभई सरकारका उच्च तहको समेत संलग्नता रहेको हुन सक्ने गम्भीर प्रश्न उठेकाले त्यसलाई बेवास्ता गर्न नहुने पार्टीको भनाइ छ।

    प्रस्तुत छ वक्तव्य :

    “अर्थमन्त्री स्वर्णीम वाग्लेले एउटा कम्पनीलाई लाभ पुर्‍याउने नियतले करको दर हेरफेर गरी गोप्य सूचना चुहावट गरेको भनेर संसदभित्र उठेको विषय र सार्वजनिक सञ्चार माध्यममा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ ।

    करको दर हेरफेर गरी गोप्य सूचना चुहावट प्रकरणमा अर्थमन्त्री स्वर्णीम वाग्लेमाथि निष्पक्ष र तटस्थ छानवीन हुनुपर्दछ । त्यसका लागि न्यायिक वा संसदीय छानवीन विशेष समिति गठन गरिनुपर्ने मागलाई हाम्रो पार्टीले समर्थन गर्दछ । विगतमा घटेका यस प्रकारका प्रकरणमा सत्यतथ्य छानवीन समिति गठन भएका नजीरहरू पनि छन् ।

    न्यायिक वा छानवीन गठनको आवश्यकतालाई अस्वीकार गर्ने अर्थमन्त्री र सरकारको जोडलाई सही मान्न सकिन्न । छानवीन समिति गठन सम्बन्धी सरकार र अर्थमन्त्रीको विरोधबाट करको दर हेरफेर सम्बन्धी गोप्य सूचना चुहावटमा अर्थमन्त्रीको भूमिका रहेकोमा शङ्कालाई बलियो बनाइरहेको छ । त्यो कार्यमा एक्लै अर्थमन्त्रीको मात्र सहभागिता नभएर स्वयं सरकार प्रमुखकै संलग्नतामा त भएको छैन ? भन्ने गम्भीर प्रश्नलाई उपेक्षा गर्न मिल्दैन ।”

    २०८३ असार ०४ गते ।

    बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.