दैलेखबजार । दैलेखमा राष्ट्रिय जनमोर्चाको आयोजनामा संविधान संशोधनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य रत्नविक्रम रानाप्यासीको प्रमुख आतिथ्यमा २०८३ असार ३ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विषयकेन्द्रित अवधारणापत्र प्रमुख अतिथि प्यासीले प्रस्तुत गर्नुभएको थियो ।
अवधारणापत्रमाथि केन्द्रीय रहेर उक्त कार्यक्रममा नेकपा दैलेखका संयोजक मायाराम अधिकारी, नेकपा (एमाले) का जिल्ला सचिवालय सदस्य यामनारायण उपाध्याय, नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष कमल शर्मा, पत्रकार महासङ्घ दैलेखकै पूर्व सभापति अमरबहादुर सुनारलगायतले मन्तव्य राख्नुभएको थियो ।
राजमो दैलेखका सचिव नरबहादुर सिंहको सञ्चालन तथा जिल्ला अध्यक्ष कमलबहादुर बरई अध्यक्षतामा उक्त कार्यक्रम अघि बढेको थियो ।

जिल्ला भेला पनि
सो अवसरमा राजमो दैलेखको पनि भेला सम्पन्न भएको थियो ।
भेलाले कमलबहादुर बरई अध्यक्ष रहनुभएको नौ सदस्यीय जिल्ला समिति गठन गरेको थियो ।
समितिको उपाध्यक्षमा मानबहादुर चन्द, सचिवमा नरबहादुर सिंह, कोषाध्यक्षमा कृष्ण केसी तथा सदस्यमा खगेन्द्र थापा, थुमबहादुर विष्ट, तुलाराम विष्ट, भागिराम न्यौपाने, सीता शाही र भीमसिंह विष्ट रहनुभएको छ ।
बरईको अध्यक्ष तथा सिंह सञ्चालनमा अघि बढेको उक्त भेलामा राजमो केन्द्रीय सदस्य प्यासीको आतिथ्य रहेको थियो ।