• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साहित्यकार गणेश खड्काको “नक्शामा नभएको देश” सेसेल्समा लोकार्पण


  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
  • भिक्टोरिया । साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काद्वारा लिखित, साहित्यकार तथा सम्पादक रमेश दाहालद्वारा सम्पादित तथा मिलाप पब्लिकेशन प्रा.लि., काठमाडौंद्वारा प्रकाशित नियात्रा–निबन्धसङ्ग्रह “नक्शामा नभएको देश” को अफ्रिका लोकार्पण पूर्वी अफ्रिकी राष्ट्र सेसेल्स को राजधानी भिक्टोरिया मा सम्पन्न भएको छ।

    Advertisement

    ७ जुन २०२६ मा आयोजित उक्त कार्यक्रमको सभापतित्व एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्दले गरेका थिए। कार्यक्रममा एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज बि.क. प्रमुख अतिथि तथा एनआरएनए अफ्रिका क्षेत्रीय महिला संयोजक खेसेना लिङ्देन विशेष अतिथिका रूपमा उपस्थित थिए। एनआरएनए सेसेल्सकी महिला उपाध्यक्ष पवित्रा भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाई स्वागत गरेकी थिइन्।

    प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै मनोज बि.क.ले नेपाली समाजमा अपेक्षाकृत कम परिचित रहेको सेसेल्सबारे लेखकले आफ्नो भ्रमण, अनुभव र अवलोकनलाई कलात्मक ढङ्गले पुस्तकका रूपमा प्रस्तुत गरेको उल्लेख गरे। उनले “नक्शामा नभएको देश” केवल साहित्यिक कृति मात्र नभई एक महत्वपूर्ण ऐतिहासिक दस्तावेजसमेत भएको बताउँदै यसले नेपाली पाठकलाई नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास व्यक्त गरे।

    कार्यक्रममा बोल्दै कृतिका लेखक गणेश खड्काले पुस्तक तयार पार्ने क्रममा आफूले निकै मेहनत र अनुसन्धान गर्नुपरेको स्मरण गरे। उनले सेसेल्समा रोजगारीका लागि जान लागेको कुरा गर्दा धेरैले पत्याउन नसकेको, कतिपयले “संसारमा सेसेल्स भन्ने देश पनि छ र?” भनेर प्रश्न गरेको, यहाँसम्म कि नक्शामा खोज्दा समेत धेरैले देशको अवस्थिति पहिचान गर्न नसकेको प्रसङ्ग सुनाए। यही जिज्ञासा र खोजको परिणामस्वरूप सेसेल्सको इतिहास, समाज, संस्कृति र नेपाली समुदायबारे अध्ययन गर्दै उक्त पुस्तक लेख्न प्रेरणा मिलेको उनले बताए।

    पुस्तकका सम्पादक रमेश दाहाल ले आफ्नो आमुखमार्फत यस कृतिलाई नेपाली पाठकका लागि केवल पढ्ने सामग्री मात्र नभई आत्मनिरीक्षणको एक सशक्त माध्यमका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यस कृतिले समाज, सपना र यथार्थलाई पुनर्विचार गर्न प्रेरित गर्दै समकालीन नेपाली नियात्रा–निबन्ध साहित्यमा एक महत्वपूर्ण, गम्भीर र स्मरणीय योगदान पुर्‍याएको छ।

    प्रकाशक मिलाप पब्लिकेशन प्रा.लि.का अध्यक्ष कृष्ण भुसाल ले लेखक नेपाल फर्किएपछि पुस्तकमाथि बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन्।

    एनआरएनए सेसेल्स र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका महादेशीय च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा च्याप्टरका सदस्य तथा कवि महेन्द्र भट्टराईले विमोचित कृति “नक्शामा नभएको देश” माथि समीक्षात्मक परिचर्चा गरेका थिए। कार्यक्रमको सहजीकरण अनेसास अफ्रिका च्याप्टरका महासचिव कवि आर.सी. राई तथा सदस्य कवि गायत्री कुलुङले गरेका थिए।

    कार्यक्रममा उपस्थित साहित्यप्रेमी, समाजसेवी तथा नेपाली समुदायका प्रतिनिधिहरूले कृतिको सफल प्रकाशन तथा लोकार्पणप्रति लेखकलाई बधाई ज्ञापन गर्दै पुस्तकले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

    बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.