काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री बालेन्द्र शाहको भौगोलिक अखण्डता विरोधी अभिव्यक्तिको विरोध गरेको छ ।
Advertisement
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८३ जेठ १८ गते प्रेसवक्तव्य जारी गर्दै राजमोले विरोध गरेको हो ।
वक्तव्यमा भनिएको छ– “प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसद्मा कतिपय स्थानमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने जुन अभिव्यक्ति दिएका छन्, त्यो पूरै गलत छ । हामीले उनको त्यस प्रकारको अभिव्यक्तिको कडा विरोध गर्दछौँ ।”
जेठ १७ गते प्रतिनिधिसभाका सांसदका उत्तर दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए ।
ऐतिहासिक तथ्य प्रमाणको अभावमा सो अभिव्यक्ति दिइएको भन्दै उनको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ ।

