• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

बालेन शाहको अभिव्यक्तिप्रति अखिल नेपाल युवक संघको आपत्ति


  •   सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
  • काठमाडौं, जेठ १७ । अखिल नेपाल युवक संघले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संघीय संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उक्त भनाइ संसदको अभिलेखबाट हटाउन माग गरेको छ।

    Advertisement

    संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्री शाहले संसदको विशेष समयमा नेपालले समेत भारतीय भूभाग मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

    विज्ञप्तिमा नेपाल–भारत सीमा विवाद ऐतिहासिक, राजनीतिक तथा कूटनीतिक विषय भएको उल्लेख गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भूभाग रहेको तथ्य ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा विभिन्न प्रमाणहरूले पुष्टि गरेको दाबी गरिएको छ। संघले नेपाली जनताले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएको स्मरण गराएको छ।

    युवक संघले प्रधानमन्त्रीजस्तो जिम्मेवार सार्वजनिक पदमा रहेको व्यक्तिबाट नेपालको राष्ट्रिय अडान कमजोर बनाउने, तथ्यहीन तथा भ्रमपूर्ण अभिव्यक्ति आउनु दुःखद र आपत्तिजनक भएको जनाएको छ। साथै उक्त अभिव्यक्तिले राष्ट्रिय हित र सार्वभौमिकतासँग सम्बन्धित संवेदनशील विषयलाई हल्का रूपमा लिइएको आभास दिएको आरोप पनि लगाएको छ।

    विज्ञप्तिमा इतिहासले नेपालले आफ्नो भूभाग गुमाएको पीडा भोगेको देखाए पनि अन्य देशको भूमि अतिक्रमण गरेको तथ्य स्थापित नभएको उल्लेख गरिएको छ। यस्ता अभिव्यक्तिले देशभित्र र बाहिर गलत सन्देश प्रवाह गर्न सक्ने संघको भनाइ छ।

    अखिल नेपाल युवक संघले सम्माननीय सभामुखसमक्ष प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ। साथै प्रधानमन्त्रीलाई आफ्नो भनाइबारे आत्मसमीक्षा गर्न, उक्त अभिव्यक्ति फिर्ता लिन तथा राष्ट्रियता र राष्ट्रिय स्वाधीनतासम्बन्धी विषयमा जिम्मेवार र परिपक्व अभिव्यक्ति दिन आग्रह गरेको छ।

    संघका अध्यक्ष गणेश अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता तथा भौगोलिक अखण्डतासम्बन्धी विषय कुनै व्यक्ति विशेषको लोकप्रियता वा क्षणिक चर्चाको विषय बन्न नसक्ने उल्लेख गरिएको छ।

    संघले सम्पूर्ण युवा तथा देशभक्त नेपालीहरूलाई राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको पक्षमा एकताबद्ध रहन समेत आह्वान गरेको छ।

    सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.