• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

विकास निर्माणमा भएका अनियमिता विरुद्ध राजमो दाङ आन्दोलनको तयारीमा


  •   शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित
  • दाङ । जिल्लाको विकास निर्माणमा हुने अनियमितता विरुद्ध राष्ट्रिय जनमोर्चा दाङ आन्दोलनको तयारीमा छ । कोरोना भाइरसका कारण तत्कालै आन्दोलनमा जान सम्भव नभएको भन्दै राजमो दाङले सहज परिस्थितिसँगै आन्दोलनमा जाने गरी तयारी गरेको हो ।

    Advertisement

    राजमो दाङका अध्यक्ष गणेश आचार्यको हस्ताक्षरमा २०७७ साउन १६ गते सार्वजनिक गरिएको प्रेसविज्ञप्तीमा सो जानकारी दिइएको छ । सोही दिन राजमोका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको प्रमुख आतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    कोरोना भाइरसको महामारी, जिल्लाव्यापी सङ्गठनात्मक अभियान, प्राकृतिक श्रोतसाधनको उपयोगप्रतिको दुरूपयोग, बाढीपहिरो, किसानका समस्यालगायतका विषयमा प्रकाश पारिएको विज्ञप्तीको पूर्ण पाठ यस्तो छ :

    “१. कोरोना भाइरसको सङ्क्रमण नरोकिएको र यसको जोखिम झनै बढ्ने सम्भावना विद्यमान रहेकाले यसबाट जोगिनका लागि गरिने पूर्व सावधानीमा ख्याल नगरेको देखिएको छ । सार्वजनिक यातायात र सरकारी कार्यालयमा भिडभाड बढेको छ । यसलाई नियन्त्रण गर्न अनुरोध गर्ने निर्णय भएको छ । यसका साथै जिल्लामा उपचारको समस्या देखिएको हँुदा सरुवारोग अस्पतालको व्यवस्था गर्न सरकारसित माग गर्ने निर्णय भएको छ ।

    २. गत फागुन महिनाभरि जिल्लाव्यापी सङ्गठनात्मक अभियान चलेको र त्यस अभियानमा हजारौँको सङ्ख्यामा नयाँ सदस्य थपिएको हँुदा भाद्र मसान्तसम्म ती सबै सदस्यलाई सङ्गठित गर्ने निर्णय भएको छ ।

    ३. जिल्लाका विकास योजनामा चरम लापरबाही भएको, समयसीमाभित्र योजना सम्पन्न नभएको, अनुदान काम गर्नेलाई होइन, कागज मिलाउनेलाई हुने गरेको, आफ्नोअनुकूलमा भए बजेट हाल्ने, नत्र नहाल्ने भनेर जनप्रतिनिधि प्रस्तुत भएको, योजनामा भ्रष्टाचार हुने गरेको, सेवा–सहयोग, सहुलियत र सुविधा लक्षित वर्गलाई होइन, पहुँचमा हुनेका नजिककालाई हुने गरेकोलगायतका धेरै जनगुनासो आउने गरेका छ्न । यस कुराप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले यसको विरोध गर्ने र अहिले कोरोना भाइरसका कारण असहज भएकाले आगामी दिनमा यसका विरुद्धको कार्यक्रम नै बनाउने निर्णय भएको छ ।

    ४. प्राकृतिक श्रोतको विषयमा सधैँ किचलो हुने गरेको छ । त्यहाँ हुने अनियमितता, चलखेल र ठुलो भोल्युममा हुने नाफाका कारण अपराधजन्य कामसमेत हुने गरेका छन् । त्यसैले त्यस प्रकारका कार्यको हाम्रो पार्टीले निन्दा गर्दछ । सरकारको मापदण्ड विपरीत हुने सम्पूर्ण उत्खनन् बन्द गर्न जोड दिने निर्णय गरियो ।

    ५. अहिले बर्खाको समय भएकाले प्राकृतिक प्रकोप बढिरहेका छ्न । डुबान र पहिरो बर्खाका दुबै समस्या हाम्रोमा रहेका छ्न । यसका साथै अन्य रोग र खेतीमा सलहलगायतको प्रकोपको सम्भावना पनि त्यत्ति नै रहेको छ । त्यसैले यस विरुद्धको तयारीका लागि सरकारसित अनुरोध गर्ने निर्णय भएको छ ।

    ६. अहिले किसानका लागि मलको ठुलो समस्या उत्पन्न भएको छ । आवश्यक समयमा मल भएन भने उत्पादनमा पनि धेरै कमी हुने छ । त्यसैले तत्काल मलको व्यवस्था गर्न सरकारसित अनुरोध गर्ने निर्णय भएको छ ।

    ७. स्थानीय वडा कार्यालयले टोल विकास संस्था गठन गर्दा सबैलाई जानकारी नगराउने गरेको गुनासो आइरहेको छ । त्यस प्रकारको कार्यशैलीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । टोल विकास समिति गठन गर्दा सर्वदलीय र सर्वपक्षीय भेला गर्न अनुरोध गर्ने निर्णय भएको छ ।”

    शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.